नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • आज काग तिहार, यस्ता छन् कागका विशेषता
आज काग तिहार, यस्ता छन् कागका विशेषता
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक ९, २०७६ बागेश्वरी पोस्ट
आज काग तिहार, यस्ता छन् कागका विशेषता

नेपालगन्ज । यमपञ्चक अन्तर्गत आज (शनिबार) काग तिहार पर्व मनाइँदैछ। काग तिहारमा कागको पूजा गरी मीठामीठा परिकार खान दिने चलन छ। कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार पर्व मनाइन्छ। कागलाई यमराजको दूत मानिन्छ।

कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ।यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको धार्मिक मान्यता छ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भन्ने प्रचलनसमेत छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

आज कागलाई भोजन गराउँदा पितृले सोझै पाउँछन् भन्ने धार्मिक मान्यता छ। सत्ययुगमा अमृतपान गरेका हुनाले काग अजम्बरी चरा मानिन्छ । त्यो बेलामा देवता वर्गले एकअर्कासँग सञ्चार गर्न कागकै प्रयोग गर्ने गरेको किंवदन्ती छ।

मानवको विकाससँगै धर्तीमा विचरण गरेको प्राणी पनि काग हो भन्ने लोकोक्ति छ। चराविद् डा हेमसागर बराल घर नजिक बसे पनि वनमा बसे पनि काग मानिसको साथी भएकाले बताए।

चराविद् बरालका अनुसार कागले मानिसले फालेका फोहर खाएर वातावरण सफा पार्ने, रोगव्याधीबाट मानिसलाई बचाउने, भूकम्प, बाढीपहिरो, बाघ, भालु, सर्पजस्ता मानिसका लागि खतरनाक जीवका बारेमा कराएर जानकारी दिँदै सचेत गराउँने काग गर्छ।

चरा प्रजातिलाई गीतारु र विरुत वर्गमा विभाजन गरिएको छ। त्यसमध्ये स्वर सुरिलो नभए पनि काग गीतारु अर्थात् गीत गाउने वर्गमा पर्छ । गीत नगाउने वर्गमा चील, गरुड, बकुल्ला, जलहाँस, परेवा, सुगालगायतका चरा पर्छन्।

विश्वमा पाँच दर्जन प्रजातिका काग

चराविद् बरालका अनुसार विश्वभर झन्डै पाँच दर्जन प्रजातिका काग पाइन्छ। तीमध्ये नेपालमा छ प्रजातिका काग पाइन्छ। नेपालमा पाइने पहिलो प्रजातिमध्ये सबैभन्दा धेरै सङ्ख्यामा रहेको घर काग हो।

घर कागको घाँटी र छातीमा खरानी रङको फुस्रो रौँ र अन्यत्र कालो रङ हुन्छ । घर काग मानव बस्तीभित्रै बस्छ। यसको सङ्ख्या नेपालमा लाखौँको हाराहारीमा रहेको अनुमान छ।

तराईदेखि मध्य पहाडसम्म पाइने घर काग मानव जीवनसँगै अनुकूलन हुँदै जिउने गरेको पाइएको बरालले बताए।

दोस्रो प्रजातिमा कालो काग पर्छ । कालो काग मानव बस्तीबाट टाढा घना जङ्गलमा बस्छ। घर कागभन्दा केही ठूलो र टाउकोदेखि पुच्छरसम्म निक्खर कालो हुन्छ । यसले घर कागभन्दा कडा आवाज निकाल्छ। यसको उपस्थिति तराईदेखि मध्यपहाडी भेगमा पाइन्छ।

तेस्रो प्रजातिमा चार हजार मिटर उचाइमाथि अर्को थरी कालो काग पाइएको छ । यसले हिमाली भेगको रहनसहन बुझेको हुन्छ ।

चौथो प्रजातिमा राजा काग पर्छ । यो अन्य कागभन्दा आकारमा चीलजस्तै ठूलो हुन्छ। राजा कागको स्वर भने अन्य कागको जस्तो तिखो हुन्न।


प्रकाशित मिति: शनिबार, कात्तिक ९, २०७६  ०७:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP