नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ १, २०८३ बागेश्वरी पोस्ट
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सुरु भएको चार दिने तालिमको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे । 

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले डिजिटल युगको प्रतिस्पर्धामा पत्रकारलाई अझ सक्षम, दक्ष र आत्मविश्वासी बनाउन तालिम उपयोगी हुने विश्वास व्यक्त गरे । विष्टले नेपालगन्ज उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघसंग सहकार्य र समन्वय गरेर 'पत्रकार कल्याणकारी कोष' स्थापना गर्न लागेको जानकारी समेत दिए । त्यसका लागि कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको उनको भनाई छ । 'अब हामी छिट्टै सुरुको मूलधन १५ लाख हुने गरी अक्षयकोष खडा गर्दैछौं, त्यसमा प्रत्येक वर्ष ५ लाख थप्दै जान्छौं,' उनले भने-'जेठ १५ गते गणतन्त्र दिवसको दिन हामी घोषणा गर्छौं ।' नगर प्रमुख विष्टले मिडिया प्रवर्द्धन कार्यक्रमलाई पनि व्यवस्थित बनाउन कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै अबदेखि आर्थिक वर्षको प्रारम्भदेखि नै कार्यान्वयनमा जाने बताए । नेपालगन्ज उपमहानगरपालिकाले यस अघि नै संचार नीति भने बनाइसकेको छ ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारितामा एआईको विवेकपूर्ण प्रयोग आवश्यक रहेको बताए । चौलागाईले पत्रकारहरूले समय अनुसार आफूलाई अद्यावधिक गर्नुपर्नेमा जोड दिँदै तालिमले सीप र आत्मविश्वास विकास गर्ने विश्वास व्यक्त गरे । बाँके शाखा अध्यक्ष गिरीले पत्रकारहरुको क्षमता विकासका लागि एआई तालिम आयोजना गरिएको बताए । "आज विश्व तीव्र रूपमा प्रविधिमैत्री बन्दै गएको छ । पत्रकारिता पनि अब परम्परागत सीमा भन्दा बाहिर पुगिसकेको छ," गिरीले भने-'समाचार लेखन, तथ्य जाँच, भिडियो सम्पादन, सामग्री निर्माण, अनुसन्धान तथा सूचनाको विश्लेषणसम्म AI को प्रयोग हुन थालेको छ । यस्तो अवस्थामा पत्रकारहरूले समय अनुसार आफूलाई अद्यावधिक गर्नु अत्यावश्यक बनेको छ, त्यसैले यो तालिमको महत्व छ ।'

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बम, कार्यपालिका सदस्य वसन्त कनोजिया, वरिष्ठ प्रशासकीय अधिकृत कृष्ण प्रसाद जोशी, प्रशिक्षक जीवन भण्डारी, महासंघ बाँकेका पूर्व अध्यक्षहरु झलक गैरे, निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी लगायतको उपस्थिति थियो । 

तालिममा ४० जना पत्रकारहरुको सहभागिता रहेको सचिव कृष्ण ओलीले जानकारी दिए । तालिममा भण्डारी र उमंग निरौलाले सहजीकरण गर्ने ओलीले बताए ।


प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  १४:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
मूल्यवृद्धिविरुद्ध आन्दोलनः बाँकेमा निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए ज्ञापनपत्र
मूल्यवृद्धिविरुद्ध आन्दोलनः बाँकेमा निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए ज्ञापनपत्र
बाल विद्या माविमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
बाल विद्या माविमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP