नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार १४, २०८३ बागेश्वरी पोस्ट
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३६ हजार भन्दा बढी बिरामीले सेवा लिएका छन् । समुदायस्तरबाट सञ्चालन भइरहेको यो संस्था नेपालकै कान रोगको उपचारमा विशेषज्ञता हासिल गरेको एक मात्र सामुदायिक अस्पतालका रुपमा परिचित छ । अस्पतालका प्रबन्ध निर्देशक चेतनारायण चौधरीका अनुसार आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि जेठ मसान्तसम्म ३६ हजार ४३ जना बिरामीले ओपिडी सेवा लिएका छन् ।

तीमध्ये २३ हजार २१९ जना महिला र १२ हजार ८२४ जना पुरुष रहेका छन् । यसबाट पुरुषको तुलनामा महिलाको सेवा उपयोग उल्लेख्य रुपमा बढी रहेको देखिएको छ । सोही अवधिमा अस्पतालले ६७० वटा शल्यक्रिया सम्पन्न गरेको छ । तीमध्ये ४०१ जनाको टिम्पानोप्लास्टी (कानको जाली फेर्ने शल्यक्रिया), २१७ जनाको एमआरएम (कानको हड्डी खाने रोगको शल्यक्रिया) तथा ५५ जनाको माइनर शल्यक्रिया गरिएको चौधरीले जानकारी दिए । ब्रिनोजमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका बिरामीसँगै सीमावर्ती भारतबाट समेत उपचारका लागि आउने गरेका छन् ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म बाँकेबाट २२ हजार २१३, बर्दियाबाट ३ हजार २२, सुर्खेतबाट १ हजार १०२, दाङबाट ८६३, कैलालीबाट ८५४, जाजरकोटबाट ४५०, सल्यानबाट ३९४, दैलेखबाट २८७, रुकुमबाट २६९, जुम्लाबाट ३८, डोल्पाबाट ३६ र हुम्लाबाट २७ जनाले सेवा लिएका छन् । त्यस्तै ६ हजार ५७४ जना भारतीय नागरिकले पनि अस्पतालबाट उपचार सेवा लिएका छन् भने अन्य जिल्लाका १९७ जना बिरामीले सेवा उपयोग गरेका छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालबाट ३५ हजार ५३७ जनाले ओपिडी सेवा लिएका थिए भने ७८४ वटा शल्यक्रिया गरिएको थियो । यस वर्ष ओपिडी सेवा लिनेको संख्या बढेको छ ।

अस्पतालमा हाल दुई जना ईएनटी (नाक, कान, घाँटी) विशेषज्ञ शल्यचिकित्सकबाट दैनिक ओपिडी तथा शल्यक्रिया सेवा सञ्चालन भइरहेको छ । आकस्मिक सेवाका लागि 'अनकल' चिकित्सकको व्यवस्था समेत गरिएको चौधरीले बताए ।

 


प्रकाशित मिति: आइतबार, असार १४, २०८३  १७:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
रक्तजन्य रोगबारे अभिमुखीकरण
रक्तजन्य रोगबारे अभिमुखीकरण
पत्रकारहरुको नाक, कान तथा घाँटी परीक्षण
पत्रकारहरुको नाक, कान तथा घाँटी परीक्षण
मदिरा तथा लागुऔषध नियन्त्रणका लागि ज्ञापनपत्र
मदिरा तथा लागुऔषध नियन्त्रणका लागि ज्ञापनपत्र
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP