नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार १५, २०८३ बागेश्वरी पोस्ट
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न

नेपालगञ्ज । नेपालगञ्जमा बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न भएको छ । बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलनसंगै गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको १०औँ अधिवेशन तथा २३औँ साधारणसभा नेपालगञ्जमा आइतबार नेपालगन्जमा सम्पन्न भएको हो । गैसस महासंघ बाँके शाखाका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी प्रमुख अतिथि रहेका थिए । त्यसैगरी गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष सञ्जय लम्साल, महासचिव देवी खड्का, कोषाध्यक्ष गोविन्द शाही र बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा महासंघका केन्द्रीय सचिव नमस्कार शाह, केन्द्रीय सदस्य धर्मलाल रोकाय, पूर्व वरिष्ठ उपाध्यक्ष गोपालनाथ योगी, लुम्बिनी प्रदेश अध्यक्ष जीतकुमारी बेल्बासे, इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महत, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, महासंघ बाँके शाखाका पूर्व अध्यक्षद्वय तेजविक्रम शाह र प्रभातकुमार ठकुरी, बर्दिया शाखाका पूर्व अध्यक्ष कृष्णजंग शाह तथा महासंघ बाँके शाखाका सल्लाहकार वसन्त गौतम लगायतको आतिथ्यता रहेको थियो ।

नागरिक सम्मेलनमा वक्ताहरूले लोकतान्त्रिक शासन प्रणाली सुदृढीकरण, सुशासन, सामाजिक उत्तरदायित्व, मानव अधिकार संरक्षण र दिगो विकासमा नागरिक समाजको भुमिका महत्वपूर्ण रहेको बताएका थिए । उनीहरूले नागरिक समाजले राज्यका नीति तथा कार्यक्रमलाई जनमुखी, पारदर्शी र जवाफदेही बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा सरकार, स्थानीय तह र नागरिक समाजबीच सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए । साथै, सामाजिक न्याय, समावेशी विकास, नागरिक सहभागिता तथा समुदायको सशक्तीकरणमा गैरसरकारी संस्थाहरूको भूमिका अझ प्रभावकारी बनाउन सबै सरोकारवालाबीच साझेदारी आवश्यक रहेको बक्ताहरुको भनाइ थियो ।

कार्यक्रममा बाँके जिल्लाका ६५ वटा गैरसरकारी संस्थाका प्रतिनिधिहरूसहित १२० भन्दा बढी सामाजिक अभियन्ता, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघ बाँके शाखाका सचिव रमेश सिटौलाले गरेका थिए भने उपाध्यक्ष मन भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाको बन्द सत्रमा महासंघ बाँके शाखाको सांगठनिक तथा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल गरिएको थियो । साथै, आगामी कार्यदिशा तय गर्दै नागरिक समाजलाई थप सशक्त, उत्तरदायी र प्रभावकारी बनाउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।
 


प्रकाशित मिति: सोमबार, असार १५, २०८३  २१:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP