नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार १५, २०८३ बागेश्वरी पोस्ट
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड

नेपालगञ्ज । आप्रवासी कामदारहरूको एचआईभी एड्स, प्रजनन स्वास्थ्य सेवामा अनेकन चुनौती देखिएकाले तिनको संयुक्त रुपमा सामना गर्नुपर्ने आवश्यक्ता औंल्याइएको छ । आप्रवासी कामदारहरूको एचआईभी एड्स तथा प्रजनन् स्वास्थ्य सञ्जाल, नेपालको आयोजनामा सोमबार नेपालगञ्जमा सम्पन्न क्रस बोर्डर बैठकमा सो कुरा औंल्याइएको हो ।  नेपाल–भारतका सम्वद्ध सरकारी प्रतिनिधि, स्वास्थ्य संस्था, गैरसरकारी संस्था, नागरिक समाजका अगुवा, सञ्चारकर्मी, अधिकारकर्मी, आप्रवासी कामदार प्रतिनिधि लगायत सम्वद्धहरुको सहभागिता रहेको बैठकमा भारत जाने कामदारहरुले अझै पनि एचआईभी÷एड्स रोकथाम, उपचार सेवामा भेदभाव, औषधी उपचार (सेवन) मा असहजता, कानूनी अड्चन लगायतका समस्या झेल्नु परिरहेकोले एकल पहलले मात्रै सो समस्या सम्वोधन नहुने भन्दै दुई देशीय सहकार्यात्मक एकतामा जोड दिइएको छ । 

नेपाल–भारत सीमा क्षेत्रका आप्रवासी कामदारहरूको स्वास्थ्य अधिकार, एचआईभी÷एड्स रोकथाम तथा प्रजनन् स्वास्थ्य, क्षय रोग, मलेरिया मुद्दाहरूमा गहन छलफल भएको थियो । सहभागी सरोकारवालाहरूले भारतमा जाने कामदारहरूको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तिनै तहको सरकार, नागरिक संघ संस्था र भारत सरकारबीचको सहकार्यलाई जोड दिएका थिए । सीमा क्षेत्रमा एचआईभी परीक्षण, परामर्श सेवा, उपचार पहुँच विस्तार र नितिगत पहल गर्न पनि वक्ताले माग गरे । आप्रवासी कामदारहरूको एचआईभी एड्स तथा प्रजनन् स्वास्थ्य सञ्जालका निर्देशक सञ्जीव अधिकारीले आप्रवासी कामदारहरूको स्वास्थ्य अवस्था, सामना गरिरहेको स्वास्थ्य समस्या, चुनौती र समाधानका उपायहरूबारे विस्तृत प्रकाश पारे । सीमा पारि काम गर्न जाने नेपाली कामदारहरू एचआईभी÷एड्स र यौनिक तथा प्रजनन् स्वास्थ्यको जोखिममा रहेको तथ्य प्रस्तुत गर्दै उनले समस्या समाधानका लागि दुबै देशको सरकारको अग्रसरता जरुरी रहेको औंल्याए । क्रस बोर्डर बैठकले सहकार्यको आधार तयार पार्ने पनि उनले विश्वास ब्यक्त गरे । 

भेरी अस्पतालका एचआईभी फोकल पर्सन, फिजिसियन डा संकेत रिसालले एचआईभी संक्रमितले दिर्घ रुपमा औषधी खान पर्ने भएकाले आप्रवासी हुँदा औषधी उपचारमा सहज पहुँच नहुने प्रमुख समस्या रहेको अवगत गराए । अस्पताल या स्वास्थ्य संस्थाको कागजातका आधारमा कुनै पनि संक्रमितले कहीं पनि सहजै औषधी उपचार पाउने व्यस्था मिलाउन सरकारी पहलकदमी आवश्यक भएको उनको भनाई थियो । भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विवेक महतोले एचआईभी संक्रमण नियन्त्रणका लागि चिकित्सा सेवा भन्दा सचेतना र साझा सहकार्यमा जोड दिन आग्रह गरे ।  

यूएनडिपीका प्रतिनिधि डा. समिर मैनालीले सरोकारवालाबीचको अनुभव आदानप्रदानले आगामी रणनीति र योजना बनाउन सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे । भेरी अस्पताल एआरटी डिपार्टमेन्टका एआरटी काउन्सिलर ईन्द्र सैनीले भेरी अस्पतालले एचआईभी संक्रमितलाई परामर्श, उपचार सेवा सहज बनाउँदै आएको उललेख गर्दै हालसम्म १८ सय २३ जना संक्रमित देखिएकोमा अहिले ६ सय ५९ जनाले एआरटी सेवन गरिरहेको जनकारी दिए ।   

नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष शुक्रऋषि चौलागाईले एचआईभी लगायतका स्वास्थ्य सचेतनामा सञ्चारमाध्यमको अहम् भूमिका रहन सक्ने संकेत गर्दै सहकार्यको पहलकदमीको अवश्यकतामा जोड दिए । टीआई सर्वनाम संस्थान बहराइचका कार्यक्रम संयोजक सन्दीप कुमार सिंहले भारतीय सूचना पद्धति आईसीटिसी बहराइचमा नेपाल एचआईभी संत्रmमितहरुको नामाकंन गरेपछि जुनसुकै ठाउँबाट एआरटी सेन्टरबाट औषधी प्राप्त गर्न सक्ने  विश्वास दिलाए । एआईभी संक्रमित, अभियन्ता तथा दैलेख प्लसका अध्यक्ष खेम राज विकले आप्रवासी हुँदाको संक्रमित अनुभव, सामाजिक संघर्ष र हालको समाज सेवाबारे बोले । 

आप्रवासी कामदारहरूको एचआईभी एड्स तथा प्रजनन् स्वास्थ्य सञ्जालका संस्थापक एवं गैसस महासंघ लुम्बिनी अध्यक्ष सुशिला बेल्बासेद्वारा सहजीकरण गरिएको कार्यक्रममा जुनकिरी महिला समूहका कार्यक्रम संयोजक रविन्द्र सिंह राठोरले एचआईभी संक्रमितको अवस्था, संघसंस्थाले निर्वाह गरिरहेको भूमिका र सहकार्य लगायतका विषयमा बोल्दै धन्यवाद ज्ञापन गरेका थिए । आप्रवासी कामदारहरूको एचआईभी एड्स तथा प्रजनन् स्वास्थ्य सञ्जालका महासचिव बालकृष्ण गैरेले कार्यक्रमको उद्येश्यबारे प्रकाश पारेका थिए भने राष्ट्रिय मानव अधिकार आयोग प्रतिनिधि अनुपमा फुयाँल, एन सार्कका प्रमुख मजिद अली, टिबी नेपालका प्रमुख कमल ढकाल, भेरी असपतालका एचटीसी काउन्सिलर होमनाथ सुवेदी लगायतले धारणा राखेका थिए । आप्रवासी कामदारहरूको स्वास्थ्य अधिकार सुनिश्चित गर्न क्रस बोर्डर बैठक महत्वपूर्ण कदम सावित हुने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: सोमबार, असार १५, २०८३  २१:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
रक्तजन्य रोगबारे अभिमुखीकरण
रक्तजन्य रोगबारे अभिमुखीकरण
पत्रकारहरुको नाक, कान तथा घाँटी परीक्षण
पत्रकारहरुको नाक, कान तथा घाँटी परीक्षण
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP