नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार १७, २०८३ बागेश्वरी पोस्ट
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था

नेपालगञ्ज । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपालगञ्ज कारागारको स्थलगत अनुगमन गर्दै कारागारको भौतिक अवस्था, सुरक्षा व्यवस्थापन, कैदीबन्दीको जीवनयापन तथा प्रशासनिक चुनौतीबारे जानकारी लिएको छ । समिति सदस्य सुरेन्द्र चौधरी र मो. इश्तियाक राईसहितको टोलीले कारागार निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे कारागार प्रशासन, सुरक्षा निकाय र कैदीबन्दीसँग छलफल गरेको हो ।

अनुगमनका क्रममा जेलर नृपजंग शाहीले वि.सं. २००० सालतिर निर्माण भएको कारागार अहिले अत्यन्त जीर्ण अवस्थामा पुगेको जानकारी गराउँदै ३५० जना क्षमताको कारागारमा हाल ८७२ जना कैदीबन्दी राख्नुपरेको बताए । क्षमता भन्दा निकै ठूलो संख्यामा कैदीबन्दी हुँदा व्यवस्थापन, सुरक्षा तथा आधारभूत सेवा प्रवाहमा ठूलो दबाब परेको उनको भनाइ थियो । उनका अनुसार यति ठूलो संख्याका कैदीबन्दीका लागि एक जना मात्र स्वास्थ्यकर्मी कार्यरत छन्, जसका कारण स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको छ । छुट्टै ट्रान्सफर्मर, उच्च क्षमताका सीसीटीभी क्यामेरा, इन्भर्टर लगायत अत्यावश्यक पूर्वाधार तत्काल व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए । कर्मचारी दरबन्दी न्यून हुँदा नियमित प्रशासनिक काम समेत प्रभावित भएको उनले बताए । साथै कारागारभित्र नगद ल्याउन–लैजान कडाइ गरिएको जानकारी पनि उनले दिए ।

May be an image of one or more people and text

कैदीबन्दीहरूले अनुगमन टोलीसमक्ष सिदाका लागि प्रतिव्यक्ति दैनिक उपलब्ध गराइने ८० रुपैयाँको रकम बढाउन माग गरेका छन् । उनीहरूले कैद कट्टीको सुविधा, सन्तुलित आहार, पर्याप्त सुत्ने व्यवस्था, जीर्ण भवनको मर्मतसम्भार तथा खेलकुद पूर्वाधार विकासमा ध्यानाकर्षण गराएका छन् । पटक–पटक अनुगमन हुने गरे पनि समस्याको दीर्घकालीन समाधान हुन नसकेको भन्दै उनीहरूले गुनासो समेत गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले नौवस्ता कारागारमा पर्याप्त स्थान उपलब्ध भए पनि कैदीबन्दी त्यहाँ जान इच्छुक नहुँदा नेपालगञ्ज कारागारमा चाप व्यवस्थापन गर्न कठिनाइ भइरहेको बताए । कारागार प्रशासनका अनुसार हाल रहेका कुल कैदीबन्दीमध्ये ४१ प्रतिशत लागूऔषध कारोबारसम्बन्धी मुद्दाका छन् भने १५ प्रतिशत जबर्जस्ती करणी मुद्दाका कैदीबन्दी रहेका छन् ।

अनुगमनका क्रममा सशस्त्र प्रहरीका कारागार कमाण्डर डिएसपी लक्ष्मण सिंह थापा र नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायब निरीक्षक मोहनलाल ओलीले कारागारको सुरक्षा अवस्था तथा विद्यमान चुनौतीबारे जानकारी गराएका थिए । कारागार शिक्षक ज्योति प्रकाश पौडेलले सुरक्षा संवेदनशीलता र सहजताको दृष्टिले कैदीबन्दीले सबै तहका परीक्षा कारागारभित्रैबाट दिन सक्ने व्यवस्था मिलाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

अनुगमन टोलीमा सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरीका गणपति प्रहरी उपरीक्षक भीमबहादुर चन्द, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला अनुसन्धान कार्यालय बाँकेका उपअनुसन्धान निर्देशक हरिश विष्ट, जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी प्रतित सिंह राठौर, राज्य व्यवस्था तथा सुशासन समितिका शाखा अधिकृत सदन राई तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बुधबार, असार १७, २०८३  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP