नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार २०, २०८३ बागेश्वरी पोस्ट
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगञ्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेको आयोजनामा शनिबार नेपालगञ्जमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले बाँकेलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।

जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख तथा समितिका सदस्य सचिव सुनिता पौडेलले पूर्ण खोप सुनिश्चितता घोषणा सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

प्रतिवेदन अनुसार घरधुरी सर्वेक्षणका क्रममा बाँकेमा १६ देखि २३ महिनासम्मका ११ हजार ५ सय ६४ जना बालबालिकाको खोप अवस्था यकिन गरिएको थियो । तीमध्ये १० हजार ७ सय ९९ जना अर्थात् ९४ प्रतिशत बालबालिकाले सबै आवश्यक खोपको मात्रा प्राप्त गरेको पाइएको थियो । बाँकी ७६५ जना बालबालिकामध्ये १८ जना शून्य डोज र ७४७ जना ड्रपआउट बालबालिका पहिचान भएका थिए ।

ती सबै बालबालिकालाई खोज तथा खोप अभियान सञ्चालन गरी राष्ट्रिय निर्देशिका अनुसार आवश्यक खोप प्रदान गरिएको र बाँकेका आठ वटै स्थानीय तहका सबै ११ हजार ५ सय ६४ जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउन सफल भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख पौडेलले जानकारी दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री घिमिरेले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नु उपलब्धिको अन्त्य नभई दिगोपनाको सुरुवात भएको बताए । उनले कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण निर्माण गर्नु सबै तहको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायबीचको समन्वयलाई निरन्तर सुदृढ गर्नुपर्नेमा जोड दिए ।

मन्त्री घिमिरेले खोपले बालबालिकालाई विभिन्न संक्रामक तथा ज्यानै जोखिममा पार्ने रोगबाट जोगाउने भएकाले अभिभावकलाई समयमै आफ्ना बालबालिकालाई सबै खोप लगाउन आग्रह गरे । उनले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारसँगै नियमित खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको समेत बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु चौधरी, स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादु बम, जिल्ला खोप समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, साझेदार संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय बाँकेमा खोप फाकल पर्सन देवनारायण उपाध्यायले गरेका थिए ।
 


प्रकाशित मिति: शनिबार, असार २०, २०८३  १४:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
रक्तजन्य रोगबारे अभिमुखीकरण
रक्तजन्य रोगबारे अभिमुखीकरण
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP