नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार २६, २०८३ बागेश्वरी पोस्ट
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु

नेपालगञ्ज । स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका बाँकेको राप्तीसोनारी गाउँपालिकाका नागरिकका लागि अब सामान्य स्वास्थ्य परीक्षणका लागि नेपालगञ्ज धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको छ । गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने अभियान अन्तर्गत राप्तीसोनारी गाउँपालिका–७ स्थित फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनमा आएसंगै स्थानीयले राहत पाएका छन् ।
 
गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले एक कार्यक्रमका बीच ल्याब सेवाको शुभारम्भ गर्दै स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताए । उनले गाउँपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने नीति अनुरूप ल्याब सेवा विस्तार गरिएको बताउँदै अब राप्तीसोनारीका आठ वटा वडामा ल्याब सेवा सञ्चालनमा आएको जानकारी दिए । "स्वास्थ्य परीक्षणका लागि नागरिकले नेपालगञ्ज वा कोहलपुर पुग्नुपर्ने अवस्था क्रमशः अन्त्य हुँदै गएको छ," अध्यक्ष पौडेलले भने- "गाउँमै सेवा उपलब्ध हुँदा समय, खर्च र सास्ती तीनै कुराको बचत हुने भएकाले यसको प्रत्यक्ष लाभ स्थानीय नागरिकले पाउनेछन् ।"

यसअघि सामान्य रगत, पिसाब वा अन्य प्रयोगशाला परीक्षणका लागि पनि पालिका बाहिर जानुपर्ने बाध्यता थियो । अहिले भने फत्तेपुर स्वास्थ्य चौकीमै ल्याब सेवा सञ्चालन भएपछि बिरामीले सहज, छिटो र कम खर्चमा परीक्षण सेवा पाउन थालेका छन् । विशेष गरी ज्येष्ठ नागरिक, गर्भवती महिला, दीर्घरोगी तथा आर्थिक रूपमा कमजोर परिवारलाई यसबाट ठूलो राहत मिल्ने वडा नम्बर ७ का अध्यक्ष राम लखन थारूले बताए । 

गाउँमै ल्याब सेवा सुरु हुनु स्थानीयका लागि महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ । "स्वास्थ्य सेवाको सहज पहुँच नागरिकको आधारभूत अधिकार हो । अब सामान्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ । यसले समयसँगै आर्थिक भार पनि घटाउनेछ," उनले भने । राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देबेन्द्र केसीका अनुसार पालिकाले चरणबद्ध रूपमा स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्दै ल्याब सेवा विस्तार गरेको हो । "आठ वटै वडामा ल्याब सेवा सञ्चालनमा आएपछि रोगको समयमै पहिचान, उपचारमा सहजता र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार आउने विश्वास गरेका छौं," उनले भने । 

स्थानीयवासीले पनि गाउँमै ल्याब सेवा उपलब्ध भएपछि स्वास्थ्य परीक्षण सहज भएको, अनावश्यक यात्रा र अतिरिक्त खर्चबाट मुक्ति मिलेको तथा आवश्यक सेवा समयमै प्राप्त गर्न सकिने वातावरण बनेको बताए ।


प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १३:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP