नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, कात्तिक २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बिरेन्द्रनगरमा GEDSI प्रोफाइलमाथि छलफल
बिरेन्द्रनगरमा GEDSI प्रोफाइलमाथि छलफल
बागेश्वरी पोस्ट
आइतबार, असार २८, २०८३ बागेश्वरी पोस्ट

सुर्खेत । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) मैत्री बनाउने उद्देश्यले बिरेन्द्रनगर नगरपालिकाले तयार गरेको GEDSI प्रोफाइलको प्रमाणीकरण तथा परिष्करणका लागि सरोकारवालाबीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।

नगर प्रमुखको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय विपद् व्यवस्थापन समिति (LDMC), स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र (LEOC), वडा विपद् व्यवस्थापन समिति (WDMC), नागरिक समाज संस्था (CSOs), नगरपालिकाका विषयगत शाखाका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण ग्रामीणमुखी युवा अभियान नेपाल (ROYM-Nepal) ले गरेको थियो ।

कार्यक्रममा नगरपालिकाका विभिन्न विषयगत समिति तथा शाखाहरूबाट संकलित तथ्याङ्कको प्रमाणीकरण, विश्लेषण र आवश्यक परिमार्जनबारे विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले तथ्याङ्कको शुद्धता, विश्वसनीयता, पूर्णता तथा स्थानीय वास्तविकतासँगको सान्दर्भिकतामाथि सुझाव दिँदै GEDSI प्रोफाइललाई अझ प्रभावकारी र व्यवहारिक बनाउने विषयमा महत्वपूर्ण धारणा राखेका थिए ।

छलफलका क्रममा GEDSI प्रोफाइलको आवश्यकता, यसको प्रयोग क्षेत्र तथा स्थानीय सरकारका नीति, योजना र बजेट निर्माण प्रक्रियामा यसको उपयोगितामाथि विशेष जोड दिइयो । साथै विपद् पूर्व तयारी, प्रतिकार्य, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यक्रमलाई समावेशी र प्रमाणमा आधारित बनाउन प्रोफाइलले महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूको धारणा थियो ।

कार्यक्रममा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति, आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका समुदाय लगायत अन्य सीमान्तकृत समूहहरूको अवस्था, आवश्यकता, जोखिम तथा क्षमताको विश्लेषणलाई स्थानीय विपद् व्यवस्थापन प्रणालीमा संस्थागत गर्नुपर्ने आवश्यकतामाथि पनि जोड दिइएको थियो ।

सहभागीहरूले GEDSI प्रोफाइललाई तथ्याङ्क संकलनमा मात्र सीमित नराखी स्थानीय तहमा समावेशी विकास, विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील योजना निर्माणका लागि मार्गदर्शक दस्तावेजका रूपमा प्रयोग गर्नुपर्ने बताएका थिए । प्रोफाइलमा समावेश तथ्याङ्क र विश्लेषणले स्थानीय विपद् तथा जलवायु अनुकूलन योजना, वार्षिक विकास योजना, बजेट विनियोजन, सुरक्षित पूर्वाधार निर्माण, सुरक्षित आश्रयस्थल व्यवस्थापन तथा आधारभूत सेवा प्रवाहलाई थप समावेशी बनाउन महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो ।

कार्यक्रमबाट प्राप्त सुझाव समावेश गरी GEDSI प्रोफाइललाई अन्तिम रूप दिई बिरेन्द्रनगर नगरपालिकाबाट औपचारिक रूपमा प्रमाणीकरण तथा अनुमोदन गरिने जनाइएको छ । प्रमाणीकरणपछि उक्त प्रोफाइल नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास योजना निर्माण तथा GEDSI उत्तरदायी स्थानीय शासन प्रणाली संस्थागत गर्ने आधारभूत सन्दर्भ दस्तावेजका रूपमा प्रयोग गरिनेछ ।

उक्त कार्यक्रम UN Women को सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (SUPER-II) अन्तर्गत सम्पन्न भएको हो । परियोजनामार्फत स्थानीय तहमा विपद् व्यवस्थापनका सम्पूर्ण चरणमा GEDSI अवधारणालाई मूलप्रवाहीकरण गर्दै समावेशी, उत्तरदायी तथा प्रमाणमा आधारित स्थानीय शासन प्रणाली सुदृढ गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।


प्रकाशित मिति: आइतबार, असार २८, २०८३  २१:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरियनपुरमा भीषण आगलागी, करोडौंको क्षति
कोरियनपुरमा भीषण आगलागी, करोडौंको क्षति
सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशीको मृत्यु
सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशीको मृत्यु
बाघढड्डीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना गम्भीर घाइते
बाघढड्डीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना गम्भीर घाइते
राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
राप्तीसोनारीमा दुई कार ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP