नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन १, २०८३ बागेश्वरी पोस्ट
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन

सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैनः लिङ्देन

नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारको प्रारम्भिक कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारको सुरुवाती संकेत आशाजनक नरहेको बताएका छन् ।

शुक्रबार नेपालगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले जनताको ठूलो अपेक्षाका बीच गठन भएको सरकारले आशा जगाउने काम गर्नुपर्ने भए पनि हालसम्मका गतिविधिले त्यस्तो संकेत नदेखिएको टिप्पणी गरे । उनले राप्रपाले भने जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरे ।

अध्यक्ष लिङ्देनका अनुसार बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटमा स्वास्थ्य बीमा, रासायनिक मलको अभाव, स्वास्थ्य, शिक्षा र विजुलीमा लगाइएको कर, सुकुम्बासी समस्या, संविधान संशोधनलगायतका विषयमा सरकारको धारणा माग्नुका साथै राप्रपाका तर्फबाट सुझाव पनि प्रस्तुत गरिएको थियो । प्रधानमन्त्रीले ती विषय समाधानका लागि सरकार गम्भीर रहेको जवाफ दिएको उनले बताए ।

पार्टीका महामन्त्री डा. धवल शमशेर राणाले पार्टी छोडेर अघि बढाएको राजसंस्था पुनःस्थापनाको अभियानबारे सोधिएको प्रश्नमा लिङ्देनले राप्रपाको धारणा फरक रहेको स्पष्ट पारे । उनले आन्दोलन वा विद्रोहबाट होइन, राष्ट्रिय सहमतिको आधारमा मात्र राजसंस्था पुनःस्थापना हुनुपर्ने पार्टीको अडान रहेको बताए ।

"उहाँहरू आन्दोलन र विद्रोहबाट राजसंस्था ल्याउन चाहनुहुन्छ, तर हामी राष्ट्रिय सहमतिमार्फत राजसंस्था पुनःस्थापना हुनुपर्छ भन्नेमा छौं, उनले भने- "राजा अभिभावकीय भूमिकामा रहनुपर्छ भन्ने हाम्रो धारणा हो ।"

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेता प्रेमबहादुर भण्डारी, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठ लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP