नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • उच्च अदालत नेपालगञ्ज इजलासको ६२.६ प्रतिशत मुद्दा फर्छ्योट
उच्च अदालत नेपालगञ्ज इजलासको ६२.६ प्रतिशत मुद्दा फर्छ्योट
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन १, २०८३ बागेश्वरी पोस्ट
उच्च अदालत नेपालगञ्ज इजलासको ६२.६ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२/८३ मा कुल लगत रहेका २ हजार १६३ मुद्दामध्ये १ हजार ३५४ वटा मुद्दा फर्छ्योट गर्दै ६२.६० प्रतिशत फर्छ्योट हासिल गरेको जनाएको छ ।

वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले अदालतले दुई वर्ष भन्दा पुराना सबै मुद्दा फर्छ्योट गर्न सफल भएको जानकारी दिए । उनका अनुसार असार मसान्तसम्म १८ महिना पूरा गरेका १५ वटा मुद्दा मात्र फर्छ्योट हुन बाँकी रहेका छन् । ती मुद्दा पनि साउनभित्रै टुंग्याउने लक्ष्य रहेको न्यायाधीश ज्ञवालीले बताए ।

अदालतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ६४२ र नयाँ दर्ता भएका १ हजार ५२१ गरी कुल २ हजार १६३ मुद्दा लगतमा रहेका थिए । तीमध्ये १ हजार ३५४ मुद्दा फर्छ्योट हुँदा ८०९ मुद्दा चालु अवस्थामा रहेका छन् ।

वार्षिक कार्ययोजना अनुसार अदालतले २ हजार ४९० मुद्दाको लगत रहने अनुमान गर्दै १ हजार ७४३ मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखेको थियो । सोही आधारमा लक्ष्य अनुसार ७७.७ प्रतिशत उपलब्धि हासिल भएको जनाइएको छ ।

विगत तीन आर्थिक वर्षको तथ्यांकले भने फर्छ्योट दरमा केही गिरावट देखाएको छ । आर्थिक वर्ष २०८०/८१ मा ७१.४१ प्रतिशत र २०८१/८२ मा ७५.७४ प्रतिशत फर्छ्योट भएको थियो भने आर्थिक वर्ष २०८२/८३ मा यो दर ६२.६० प्रतिशतमा झरेको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा अदालतमा आगजनी गरिएपछि चार महिना मुद्दा सुनुवाई रोकिएका कारण फछ्र्यौट दर घटेको न्यायाधीश ज्ञवालीको भनाइ छ ।

अदालतले जलेका मिसिलको प्राप्ति तथा प्रमाणीकरण कार्य पनि शतप्रतिशत सम्पन्न गरेको जनाएको छ । आर्थिक वर्षभर ७५३ वटा जलेका मिसिलको प्राप्ति र प्रमाणीकरण गरिएको न्यायाधीश ज्ञवालीले जानकारी दिए ।

यस्तै बाँके र बर्दिया जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/८३ मा दर्ता तथा जिम्मेवारी सरेका मुद्दामध्ये बाँकेमा २ हजार ७३३ र बर्दियामा १ हजार ३१२ मुद्दा फर्छ्योट भएका छन् ।

बाँके जिल्ला अदालतमा कुल ७ हजार ४७ वटा मुद्दामध्ये २ हजार ७३३ मुद्दा फर्छ्योट भएको छ भने ४ हजार ३१४ मुद्दा अझै विचाराधीन रहेका छन् । यस अनुसार बाँके जिल्ला अदालतको फर्छ्योट दर करिब ३८.८ प्रतिशत रहेको देखिन्छ ।

त्यस्तै, बर्दिया जिल्ला अदालतमा कुल १ हजार ९९४ मुद्दामध्ये १ हजार ३१२ मुद्दा फर्छ्योट भएको छ भने ६८२ मुद्दा बाँकी रहेका छन् । बर्दिया जिल्ला अदालतको फर्छ्योट दर करिब ६५.८ प्रतिशत रहेको छ । 

कार्यक्रममा न्यायाधीशहरु मुनेन्द्र प्रसाद अवस्थी, शकुन्तला घिमिरे, कोशलचन्द्र सुवेदी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीसहित पत्रकारहरुको उपस्थिति रहेको शाखा अधिकृत अमृता केसीले बताइन् । 

May be an image of dais and text


प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १७:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च अदालत नेपालगञ्ज इजलासको ६२.६ प्रतिशत मुद्दा फर्छ्योट
उच्च अदालत नेपालगञ्ज इजलासको ६२.६ प्रतिशत मुद्दा फर्छ्योट
जन्मदिनमा केसीद्वारा मानव सेवा आश्रमलाई भोजन सेवाका लागि २५ हजार सहयोग
जन्मदिनमा केसीद्वारा मानव सेवा आश्रमलाई भोजन सेवाका लागि २५ हजार सहयोग
नेपालगञ्जमा संवेदनशील र प्रभावकारी रिपोटिङ्गका लागि पत्रकारको क्षमता अभिवृद्वि कार्यक्रम
नेपालगञ्जमा संवेदनशील र प्रभावकारी रिपोटिङ्गका लागि पत्रकारको क्षमता अभिवृद्वि कार्यक्रम
नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना
नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP