नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • महासंघ बाँकेको बैठकः पत्रकारिताको मर्यादा जोगाउन आग्रह, उपाध्यक्षमा मल्ललाई जिम्मेवारी हस्तान्तरण
महासंघ बाँकेको बैठकः पत्रकारिताको मर्यादा जोगाउन आग्रह, उपाध्यक्षमा मल्ललाई जिम्मेवारी हस्तान्तरण
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन २, २०८३ बागेश्वरी पोस्ट
महासंघ बाँकेको बैठकः पत्रकारिताको मर्यादा जोगाउन आग्रह, उपाध्यक्षमा मल्ललाई जिम्मेवारी हस्तान्तरण

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचारसंहिता विपरीतका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शाखाको कार्यसमिति बैठकले ‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै र जुनसुकै अवस्थामा पनि स्वतः पहुँच र प्रभाव स्थापित हुन्छ भन्ने गलत मानसिकताबाट प्रेरित गतिविधिले पत्रकारिता पेशाको गरिमा, पेशागत आचारसंहिता, नैतिक मूल्य–मान्यता तथा जनविश्वासमा प्रश्न उठाएको निष्कर्ष निकालेको हो ।

महासंघ बाँकेले पत्रकारिताको नाममा गरिने गैरजिम्मेवार, अमर्यादित तथा आचारसंहिता विपरीतका गतिविधि पत्रकारिता कर्मको परिभाषाभित्र नपर्ने स्पष्ट पारेको छ । शाखाले सत्य, तथ्य, निष्पक्षता, व्यावसायिकता, जिम्मेवारी, जवाफदेहिता र उत्तरदायित्वमा आधारित पत्रकारिता अभ्यास गर्न सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बाँकेको पर्यटकीय क्षेत्र गाभर भ्यालीमा बसेको बैठकले पत्रकारिताको विश्वसनीयता कायम राख्न पेशागत मर्यादा र आचारसंहिताको पालना अनिवार्य रहेको जनाएको छ ।

बैठकले नेपाल पत्रकार महासंघ बाँकेको २०८१ मंसिर २८ गते सम्पन्न निर्वाचनमा खुला उपाध्यक्ष पदमा बराबर मत प्राप्त गरेका तिलक गाउँले र रेजिना मल्लबीच भएको सहमति अनुसार उपाध्यक्ष गाउँलेले आफ्नो आधा कार्यकाल पूरा गरेपछि बाँकी कार्यकालका लागि रेजिना मल्ललाई जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

यसैगरी, शाखाले गत आर्थिक वर्षमा वार्षिक कार्ययोजना अनुसार सञ्चालन गरिएका कार्यक्रम तथा गतिविधि उपलब्धिमूलक र प्रभावकारी रहेको समीक्षा गर्दै आगामी आर्थिक वर्षमा पत्रकारको पेशागत क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण तथा सदस्य हितलाई प्राथमिकतामा राखेर थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको सचिव कृष्ण ओलीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैठकले बाँकेको प्रमुख पर्यटकीय गन्तव्य गाभर भ्याली र होमस्टे संस्कृतिको प्रवद्र्धन, स्थानीय पर्यटन विकास तथा प्राकृतिक सम्पदाको संरक्षण, वातावरणीय सचेतना अभिबृद्धिका लागि सम्बन्धित निकाय र सरोकारवालासँग सहकार्य गर्दै प्रचारप्रसार तथा जनचेतनामूलक गतिविधिमा सक्रिय सहभागिता जनाउने निर्णय समेत गरेको छ ।


प्रकाशित मिति: शनिबार, साउन २, २०८३  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महासंघ बाँकेको बैठकः पत्रकारिताको मर्यादा जोगाउन आग्रह, उपाध्यक्षमा मल्ललाई जिम्मेवारी हस्तान्तरण
महासंघ बाँकेको बैठकः पत्रकारिताको मर्यादा जोगाउन आग्रह, उपाध्यक्षमा मल्ललाई जिम्मेवारी हस्तान्तरण
बोलेरो जिप ४ सय मिटर तल खसेर दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
बोलेरो जिप ४ सय मिटर तल खसेर दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
उच्च अदालत नेपालगञ्ज इजलासको ६२.६ प्रतिशत मुद्दा फर्छ्योट
उच्च अदालत नेपालगञ्ज इजलासको ६२.६ प्रतिशत मुद्दा फर्छ्योट
जन्मदिनमा केसीद्वारा मानव सेवा आश्रमलाई भोजन सेवाका लागि २५ हजार सहयोग
जन्मदिनमा केसीद्वारा मानव सेवा आश्रमलाई भोजन सेवाका लागि २५ हजार सहयोग
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP