नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मानव बेचबिखनको बदलिँदो स्वरूपबारे नेपालगञ्जमा अन्तरक्रिया
मानव बेचबिखनको बदलिँदो स्वरूपबारे नेपालगञ्जमा अन्तरक्रिया
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन ६, २०८३ बागेश्वरी पोस्ट
मानव बेचबिखनको बदलिँदो स्वरूपबारे नेपालगञ्जमा अन्तरक्रिया

नेपालगञ्ज । मानव बेचबिखन तथा असुरक्षित बसाइँसराइको बदलिँदो स्वरूपबारे नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फ्री अ गर्ल नेदरल्यान्ड्सको सहयोग तथा माइती नेपालको आयोजनामा बुधबार आयोजित कार्यक्रममा मानव बेचबिखनका नयाँ प्रवृत्ति, सीमावर्ती जिल्लाको अवस्था, उद्धार, पुनःस्थापना तथा न्यूनीकरणका लागि आवश्यक सामूहिक पहलका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले गत आर्थिक वर्षको तथ्यांक प्रस्तुत गर्दै नेपाल प्रहरी र माइती नेपालको समन्वयमा जोखिमपूर्ण यात्रामा रहेका ५७२ जनालाई जमुनाह सीमावर्ती नाकाबाट उद्धार गरिएको जानकारी दिए । उद्धार गरिएकामध्ये ९८ जना बाँके जिल्लाका रहेका छन् । बाँकी अन्य जिल्लाका छन् । उहाँका अनुसार उद्धार गरिएकामध्ये अधिकांश कोहलपुर, बैजनाथ, राप्तीसोनारी, खजुरा, डुडुवा, नरैनापुर र नेपालगञ्ज क्षेत्रका हुन् । त्यसमा सबैभन्दा बढी २९ जना कोहलपुरका छन् ।

खोजतलास तथा उद्धारका लागि निवेदन परेको संख्या ८१७ छ । जसमा बाँकेका मात्र १८७ जना छन् । त्यसमध्ये १८ बर्ष माथिका महिला ३३६ र पुरुष ३ जना छन् भने १८ बर्ष मुनिका बालबालिकामध्ये १७४ जना बालिका र १०४ जना बालक छन् । यसैगरी भारत तथा खाडी मुलुकबाट श्रम तथा यौन शोषणमा परेका महिला तथा बालबालिकाको संख्या ९ जना रहँदा बाँकेका ५ जना छन् ।

कार्यक्रममा भारत तथा तेस्रो मुलुकमा श्रम तथा यौन शोषणको जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार, सुरक्षित बसाइँसराइसम्बन्धी जनचेतना अभिवृद्धि, सीमा क्षेत्रमा निगरानी सुदृढीकरण तथा सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । साथै बाँके जिल्ला मानव बेचबिखनको स्रोत, ट्रान्जिट र गन्तव्य तीनै रूपमा प्रभावित रहेको तथ्य पनि औँल्याइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले मानव बेचबिखन जस्तो जघन्य अपराध नियन्त्रणका लागि सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह, सञ्चारमाध्यम तथा समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताए । उनले सुरक्षित बसाइँसराइसम्बन्धी जनचेतना विस्तार, रोजगारीका अवसर सिर्जना तथा जोखिममा रहेका समुदायलाई लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । स्थानीय सरकारले मानव बेचबिखन नियन्त्रण तथा पीडितको पुनःस्थापनाका लागि आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

अन्तरक्रियामा नेपाल प्रहरी, नेपालगञ्ज उपमहानगरपालिका, नेपाल पत्रकार महासंघ, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले मानव बेचबिखन नियन्त्रणका लागि कानुनी कार्यान्वयनसँगै समुदायस्तरमा सचेतना, आर्थिक सशक्तीकरण र सीमावर्ती क्षेत्रमा प्रभावकारी निगरानीलाई थप सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गार्ख बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक राजन प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष मन भण्डारी, अधिकारकर्मी प्रकाश उपाध्याय लगायत सरोकारवालाले आफ्ना धारणा एवम् सुझाबहरु राखेका थिए । 


प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  १९:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मानव बेचबिखनको बदलिँदो स्वरूपबारे नेपालगञ्जमा अन्तरक्रिया
मानव बेचबिखनको बदलिँदो स्वरूपबारे नेपालगञ्जमा अन्तरक्रिया
सरकारले हटायो शिक्षा–स्वास्थ्यको ३% समता कर
सरकारले हटायो शिक्षा–स्वास्थ्यको ३% समता कर
महासंघ बाँकेको बैठकः पत्रकारिताको मर्यादा जोगाउन आग्रह, उपाध्यक्षमा मल्ललाई जिम्मेवारी हस्तान्तरण
महासंघ बाँकेको बैठकः पत्रकारिताको मर्यादा जोगाउन आग्रह, उपाध्यक्षमा मल्ललाई जिम्मेवारी हस्तान्तरण
बोलेरो जिप ४ सय मिटर तल खसेर दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
बोलेरो जिप ४ सय मिटर तल खसेर दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP