नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन ७, २०८३ बागेश्वरी पोस्ट
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !

नेपालगञ्ज । नेपालगञ्जमा विभिन्न कम्युनिष्ट दलका नेता तथा कार्यकर्ता एकै मञ्चमा उभिँदै ४८औँ पुष्पलाल स्मृति दिवस मनाएका छन् ।

नागरिक सरोकार मञ्चको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिष्ट शक्तिहरूबीच एकता अपरिहार्य रहेको धारणा राखे । उनीहरूले व्यक्तिगत अहंकार, दम्भ र विभाजनको राजनीति त्यागेर साझा उद्देश्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमालेका पुराना नेताहरु नन्दलाल रोकाय, बाबुराम गौतम, देवराज भार, नेकपाका तिलक परियार, पूर्णाकुमारी सुवेदी, महेश्वर गहतराज लगायतले कम्युनिष्ट शक्तिहरू एकताबद्ध भएमा मुलुकको राजनीतिक स्थायित्व र विकासमा सकारात्मक योगदान पुग्ने बताए । उनीहरूले कम्युनिष्ट एकताका लागि बाँकेबाटै सशक्त सन्देश र दबाब सिर्जना गर्नुपर्ने धारणा पनि व्यक्त गरे ।

नागरिक सरोकार मञ्चका संयोजक मधुसुदन रिजालले स्वागत मन्तव्य राखेको कार्यक्रमको विषय प्रवेश नरेन्द्रजंग पिटरले गरेका थिए । वक्ताहरूले नेपालका प्रथम जनवादी कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको राजनीतिक योगदान, विचार र मार्गदर्शन आज पनि सान्दर्भिक रहेको उल्लेख गरे ।

लामो समयपछि एमाले, नेकपा, क्रान्तिकारी कम्युनिष्ट पार्टी लगायत विभिन्न वामपन्थी दलका नेताहरू एउटै कार्यक्रममा सहभागी हुनु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।

यता, नेपाली कांग्रेससँग प्रदेश तहमा एमालेको सहकार्यबारे विभिन्न राजनीतिक चर्चा चलिरहेका बेला जिल्लास्तरमा भने कम्युनिष्ट शक्तिहरूबीच संवाद र सहकार्यको वातावरण बन्न थालेको संकेत यस कार्यक्रमले दिएको सहभागीहरूको भनाइ छ । कार्यक्रम संचालन पत्रकार झलक गैरेले गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  २१:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP