Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँके र बर्दियामा विश्व बाघ दिवस मनाइयो
बाँके र बर्दियामा विश्व बाघ दिवस मनाइयो
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन १३, २०८३ बागेश्वरी पोस्ट
बाँके र बर्दियामा विश्व बाघ दिवस मनाइयो

नेपालगञ्ज । विश्व बाघ दिवस २०२६ को अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिकामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बास नेपालको आयोजना तथा डिभिजन वन कार्यालय बाँके, राप्ती सोनारी गाउँपालिका–६, ताल परियोजना र इन्रुडेक कोहलपुरको सहकार्यमा आयोजित कार्यक्रममा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बाघ संरक्षण तथा स्थानीय समुदायको भूमिकाबारे छलफल गरिएको थियो ।

कार्यक्रममा राप्ती सब–डिभिजन वन कार्यालयका प्रमुख रामगणेश शाहले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सबै सरोकारवाला निकाय र स्थानीय समुदायबीच सकारात्मक सोच, समन्वय र सहकार्य आवश्यक रहेको बताए । ताल परियोजना कोहलपुरका भरतप्रसाद भट्टले अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा संरक्षणका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा ताल परियोजनाका प्रतीक शाह र इन्रुडेक कोहलपुरका विराट लामिछानेले पनि आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको प्रारम्भमा बास नेपालका निर्देशक हेमराज भट्टले विश्व बाघ दिवसको इतिहास, बाँके राष्ट्रिय निकुञ्जको स्थापना, बाघ संरक्षणका लागि भइरहेका प्रयास तथा वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जनसम्पर्क अधिकृत माधव कार्कीले गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै अध्यक्ष वर्माले बाघ संरक्षणमा समुदायको सक्रिय सहभागिता र सबै पक्षबीचको सहकार्य अपरिहार्य रहेको बताए । अन्तरक्रियामा विभिन्न सामुदायिक वनका पदाधिकारी, स्थानीयवासी तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

यसैबीच, विश्व बाघ दिवसकै अवसरमा बर्दियाको ठाकुरद्वारामा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयको आयोजना तथा बास नेपाल लगायत विभिन्न संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा बाघ संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र जैविक विविधता संरक्षणमा सरोकारवाला निकाय तथा स्थानीय समुदायको साझा प्रतिबद्धतामा जोड दिइएको थियो ।


प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  २१:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP