नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जमा शनिबार विहान सद्भाव र्‍याली निकालिने
नेपालगन्जमा शनिबार विहान सद्भाव र्‍याली निकालिने
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन १५, २०८३ बागेश्वरी पोस्ट
नेपालगन्जमा शनिबार विहान सद्भाव र्‍याली निकालिने

नेपालगञ्ज । सुनसरी र सिराहामा भएका घटनापछि सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले नेपालगन्जमा शनिबार सद्भाव र्‍याली आयोजना गरिने भएको छ । र्‍याली बिहान ७:३० बजे बी.पी. चोकबाट सुरु भई धम्बोझी (वीरेन्द्र चोक) सम्म पुग्नेछ । जिल्ला प्रशासन कार्यालय बाँकेमा आज आयोजित सर्वपक्षीय/सर्वदलीय वैठकले यस्तो निर्णय गरेको हो । र्‍यालीमा सबै सरोकारवालाको सहभागिताका लागि आह्वान गरिएको छ ।

वैठकले सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता तथा सिराहामा साउन १४ गते भएको घटनामा मृत्यु भएका गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न तीन बुँदे निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए । सुनसरी घटनापछि देशका विभिन्न स्थानमा शान्ति र सद्भाव कायम राख्न पहल भइरहेको सन्दर्भमा बाँकेमा पनि यस्तो निर्णय गरिएको हो ।

बैठकले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, घटनामा घाइते भएकाहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कडा कारबाही गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

बैठकले यसअघि सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट सार्वजनिक स्थानमा डीजे/साउन्ड सिस्टम बजाउन लगाइएको प्रतिबन्ध कडाइका साथ कार्यान्वयन गर्ने निर्णयलाई पुनः कार्यान्वयनमा जोड दिएको छ । साथै, विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रममा हतियार प्रदर्शन नगर्ने, परम्परागत रूपमा प्रयोग हुने हतियारलाई प्रदर्शनात्मक नभई सांस्कृतिक प्रतीकका रूपमा मात्र प्रयोग गर्न आग्रह गरिएको छ ।

वैठकमा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, धार्मिक गुरुहरु, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति थियो । 

May be an image of text

 


प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १६:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा शनिबार विहान सद्भाव र्‍याली निकालिने
नेपालगन्जमा शनिबार विहान सद्भाव र्‍याली निकालिने
बाँके र बर्दियामा विश्व बाघ दिवस मनाइयो
बाँके र बर्दियामा विश्व बाघ दिवस मनाइयो
कोहलपुरमा सेप्टिक ट्यांकीमा फसेका तीन जना कामदारको मृत्यु
कोहलपुरमा सेप्टिक ट्यांकीमा फसेका तीन जना कामदारको मृत्यु
नेपालगञ्जमा पुनःनिर्मित ऐतिहासिक सालिकहरूको अनावरण, संविधान पिता कोइरालाको सालिक पनि निर्माण
नेपालगञ्जमा पुनःनिर्मित ऐतिहासिक सालिकहरूको अनावरण, संविधान पिता कोइरालाको सालिक पनि निर्माण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP