नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन १५, २०८३ बागेश्वरी पोस्ट
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल

नेपालगञ्ज । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बाँकेका प्रमुख राजनीतिक दलहरूले शान्ति, सद्भाव, सामाजिक एकता र कानुनी शासन कायम गर्न संयुक्त अपिल गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी बाँकेका नेताहरूले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका अफवाह, घृणा फैलाउने अभिव्यक्ति तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबै नागरिकलाई आग्रह गरेका हुन् ।

विज्ञप्तिमा सुनसरीको देवानगञ्जमा श्रावण १० गते राति भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै, त्यसपछिका प्रदर्शन तथा सिराहामा भएको झडपमा मृत्यु भएका गणेश यादवप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको छ । दलहरूले यस्ता घटनाले समाजमा अविश्वास, त्रास र विभाजन बढाउन सक्ने भएकाले सम्पूर्ण नागरिक, सामाजिक तथा धार्मिक अगुवा, युवा, राजनीतिक कार्यकर्ता, सञ्चारमाध्यम र सरकारलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक तथा उत्तेजनात्मक सामग्री प्रसारण वा साझा नगर्न समेत अपिल गरिएको छ ।

संयुक्त विज्ञप्तिमार्फत नेपाल सरकारसँग घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न तथा पीडित परिवारलाई न्याय र आवश्यक राहतको व्यवस्था गर्न माग गरिएको छ ।

बाँके धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको उत्कृष्ट उदाहरणका रूपमा परिचित रहेको उल्लेख गर्दै दलहरूले जिल्लामा कायम रहेको आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउँदै कुनै पनि विभाजनकारी गतिविधिलाई असफल पार्न सबै पक्षलाई एकजुट हुन आह्वान गरेका छन् ।

संयुक्त अपिलमा नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, रास्वपा बाँकेका सभापति विवेककुमार श्रेष्ठ, नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङ, नेकपा बाँकेका संयोजक दीपक जि.एम., श्रम संस्कृति पार्टी बाँकेका कार्यवाहक अध्यक्ष राजन राना मगर, राप्रपा बाँकेका सचिव रुद्रमणि न्यौपाने, जसपा नेपाल बाँकेका सचिव सूर्यलाल यादव, राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष जगदीश ढकाल, प्रलोपा बाँकेका अध्यक्ष दीपक शर्मा तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बाँकेका अध्यक्ष प्रेम थापाको हस्ताक्षर रहेको छ ।

नेपाली कांग्रेस बाँकेको आह्वानमा पार्टी कार्यालय नेपालगन्जमा शुक्रबार बसेको वैठकपछि संयुक्त अपिल जारी गरिएको हो । 

May be an image of text

 


प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १६:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP