नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन २३, २०८३ बागेश्वरी पोस्ट
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार

नेपालगन्ज । दैलेखी समाज बाँकेको नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै पदभार सम्हालेको छ । समाजको १७ साउनमा सम्पन्न आठौँ अधिवेशनबाट पूर्णदेव गिरीको नेतृत्वमा सर्वसम्मत निर्वाचित १६ सदस्यीय कार्यसमितिलाई शनिबार नेपालगन्जमा निर्वाचन समितिका संयोजक तथा अधिवक्ता श्याम गौतमले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहणपछि नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई माला र प्रमाणपत्र प्रदान गर्दै पदभार ग्रहण गराइएको थियो । दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गिरीसँगै वरिष्ठ उपाध्यक्षमा सुरेश थापा, उपाध्यक्षमा पूर्णकुमारी थापा, सचिवमा गणेशबहादुर खड्का, सहसचिवमा हिरामणि दाहाल र कोषाध्यक्षमा शिवप्रसाद पाण्डेय चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा धर्मराज सुनार, इन्द्रबहादुर कार्की, विना थापा मगर, दीपक थापा, शंकरप्रसाद खनाल, विष्णुप्रसाद उपाध्याय, आशा लम्साल, देवबहादुर खड्का, पुष्कर सिजापती र प्रेमप्रकाश बीसी निर्वाचित भएका छन् ।

पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष गिरीले बाँके जिल्लाका विभिन्न स्थानमा रहेका दैलेखी बस्तीमा आजीवन सदस्यता विस्तार गर्नुका साथै वडा तहसम्म समाजको संगठन विस्तार गर्ने घोषणा गरे ।

समाजको आफ्नै भवन निर्माणलाई प्राथमिकतामा राख्दै अध्यक्ष गिरीले भवन निर्माणका लागि व्यक्तिगत रूपमा ५१ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरे । समाजको आफ्नै जग्गा नभएकाले पहिलो चरणमा उपयुक्त जग्गा खोजी गरी त्यसपछि भवन निर्माणको काम अघि बढाइने उनले बताए ।

अध्यक्ष गिरीले सहयोगको घोषणा गरेलगत्तै कोहलपुर निवासी समाजसेवी कमला मल्लले पनि भवन निर्माणका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिन् । अध्यक्ष गिरीले समाजको भवन निर्माण लगायतका अभियानमा सहयोग गर्न दैलेखी समाजसँग जोडिएका सम्पूर्ण दाता, शुभेच्छुक तथा समाजसेवीलाई आह्वान गरे ।

यसैबीच, शनिबार नै बसेको दैलेखी समाज बाँकेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले आठौँ अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने अतिथि, निर्वाचन समिति तथा प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकले आगामी दिनमा समाजको संस्थागत विकास, सदस्यता विस्तार र संगठन सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

 


प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  २१:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP