नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ‘दौडिन्छिन् हजुरआमा’को दोस्रो संस्करण भदौ २१ गते हुने
‘दौडिन्छिन् हजुरआमा’को दोस्रो संस्करण भदौ २१ गते हुने
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ ७, २०८३ बागेश्वरी पोस्ट
‘दौडिन्छिन् हजुरआमा’को दोस्रो संस्करण भदौ २१ गते हुने

नेपालगञ्ज । जेष्ठ नागरिक महिलाको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै पुस्ताबीचको सम्बन्धलाई थप आत्मीय र सुदृढ बनाउने उद्देश्यले नेपालगञ्जमा आयोजना हुँदै आएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रमको दोस्रो संस्करण आगामी २०८३ भदौ २१ गते आयोजना हुने भएको छ ।

दैनिक नेपालगन्जको प्रकाशन संस्था सम्यक हब मिडिया प्रालिको आयोजना तथा नाट्टा बाँके च्याप्टरको सह–आयोजनामा कार्यक्रम हुन लागेको हो । आयोजकका अनुसार आइतबारदेखि कार्यक्रमका लागि सहभागिता दर्ता खुला गरिएको छ । कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन ।

कार्यक्रमको रणनीतिक साझेदारका रूपमा धारा नेपालगन्ज म्याराथनले सम्पूर्ण प्राविधिक जिम्मेवारी सम्हाल्नेछ । आयोजकले ‘दौडिन्छिन् हजुरआमा’लाई केवल दौड प्रतियोगिताका रूपमा नभई जेष्ठ महिलाको शारीरिक सक्रियता, आत्मविश्वास, सामाजिक सहभागिता र मनोसामाजिक खुसी प्रवद्र्धन गर्ने सामाजिक अभियानका रूपमा अघि बढाएको जनाएको छ ।

कार्यक्रम अन्तर्गत ५० वर्ष उमेर पूरा गरेका हजुरआमाहरूबीच दौड प्रतियोगिता हुनेछ । सहभागीहरूले नेपालगञ्जको बीपी चोकदेखि धम्बोझी चोकसम्मको १ हजार १ मिटर दूरी पार गर्नेछन् । प्रतियोगितामा जीत–हार भन्दा आफ्नै उमेर र क्षमतामाथि विश्वास गर्दै सक्रिय जीवनको उत्सव मनाउने विषयलाई प्राथमिकता दिइएको आयोजकको भनाइ छ । दौडअघि स्वास्थ्य शिविर समेत सञ्चालन गरिनेछ । शिविरमा स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण तथा आधारभूत उपचारको व्यवस्था गरिनेछ ।

यसअघि आयोजित पहिलो संस्करणमा ५० वर्ष भन्दा माथिका १५० भन्दा बढी हजुरआमा सहभागी भएका थिए । पहिलो संस्करणको प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिका–२० नयाँबस्ती थपुवाकी ५५ वर्षीया धनसरा बुढा प्रथम, नन्दमाया वली द्वितीय र नेपालगञ्जकी रेवती सिंह तृतीय भएकी थिइन् । पहिलो संस्करणमा हजुरआमाहरूको उत्साह, सहभागिता र आत्मविश्वासले कार्यक्रमलाई थप विस्तार गर्न प्रेरणा दिएको आयोजकले जनाएको छ । यही अनुभवलाई फराकिलो बनाउँदै यस वर्ष कार्यक्रमलाई दौडमा मात्र सीमित नराखी ‘भन्छिन् हजुरआमा’ अन्तरपुस्ता संवाद समेत आयोजना गरिने भएको छ ।

संवाद कार्यक्रममा ५० वर्ष पार गरेका हजुरआमा र नयाँ पुस्ताका ५० भन्दा बढी छोरीहरूबीच प्रत्यक्ष संवाद हुनेछ । हजुरआमाहरूले आफ्ना जीवनका संघर्ष, अनुभव, सपना, सिकाइ र भोगाइ सुनाउनेछन् भने नयाँ पुस्ताले ती अनुभव सुन्ने, बुझ्ने र संवादमार्फत सम्बन्धलाई नयाँ अर्थ दिने अवसर पाउनेछन् ।

आयोजकका अनुसार पुस्तान्तरण सम्पत्ति वा ज्ञानको हस्तान्तरणमा मात्र सीमित नभई जीवन भोगाइ र भावनाको हस्तान्तरण समेत हो । हजुरआमाका अनुभव र कथालाई नयाँ पुस्तासम्म पुर्याउँदै परिवार, समाज र इतिहाससँग जोड्ने तथा पुस्ताबीचको भावनात्मक दूरी घटाउने उद्देश्यले संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो ।

द गोल्डेन ग्रान्डमाकी संयोजक सजल गैरेका अनुसार, आगामी दिनमा अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै जेष्ठ नागरिक महिलाको स्वास्थ्य, सामाजिक सहभागिता, आत्मविश्वास तथा अन्तरपुस्ता सम्बन्धसँग जोडिएको वार्षिक कार्यक्रमका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ । कार्यक्रममा सहभागी हजुरआमा, नयाँ पुस्ताका छोरीहरू, परिवार, विद्यालय, सामाजिक संघसंस्था, निजी क्षेत्र, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण शुभेच्छुकलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ ।

‘दौडिन्छिन् हजुरआमा’ केवल दौड होइन, हजुरआमाको सम्मान, स्वस्थ बुढ्यौलीको प्रवद्र्धन र पुस्ताबीचको सम्बन्धलाई अझ आत्मीय बनाउने सामाजिक अभियानका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १९:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘दौडिन्छिन् हजुरआमा’को दोस्रो संस्करण भदौ २१ गते हुने
‘दौडिन्छिन् हजुरआमा’को दोस्रो संस्करण भदौ २१ गते हुने
प्रेस युनियन बाँकेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार सम्मानित
प्रेस युनियन बाँकेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार सम्मानित
प्रेस युनियन बाँकेमा खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
प्रेस युनियन बाँकेमा खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
पशु सेवा तालिम केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक
पशु सेवा तालिम केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP