नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • युनियन बाँकेको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण, पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय
युनियन बाँकेको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण, पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ ८, २०८३ बागेश्वरी पोस्ट
युनियन बाँकेको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण, पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ । युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले पत्रकारहरूलाई समस्या पर्दा सहयोग पु¥याउने उद्देश्यले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो ।

अध्यक्ष कमल खत्रीले आफ्नो कार्यकालको पहिलो निर्णयका रूपमा पत्रकारहरूको हित र कल्याणका लागि कोष स्थापना गर्ने निर्णय गरिएको बताए । ‘पत्रकारहरूलाई समस्या पर्दा कोषले केही राहत पु¥याउनेछ,’ अध्यक्ष खत्रीले भने, ‘रिपोर्टिङका लागि पत्रकारले जुनसुकै समयमा सवारी चलाउनुपर्ने अवस्था हुन्छ । त्यसक्रममा दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ । यस्तो अवस्थामा पत्रकारलाई केही राहत प्रदान गर्न सकियोस् भन्ने हाम्रो उद्देश्य हो ।’ अध्यक्ष खत्रीले स्थापना गरिने कल्याणकारी कोषलाई क्रमशः करिब १० लाख रुपैयाँ पु¥याउने लक्ष्य रहेको बताए ।

यसैबीच, युनियन बाँकेले १३औँ जिल्ला अधिवेशन सफल बनाउन भूमिका निर्वाह गर्ने युनियनका केन्द्रीय प्रतिनिधि, पदाधिकारी, लुम्बिनी प्रदेश समिति, निर्वाचन समिति, अग्रज नेता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ ।

नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूले सोमबार नै पदभार ग्रहण गरेका छन् । निर्वाचन समिति संयोजक केशवराज कोइरालाले निर्वाचित पदाधिकारी तथा प्रदेश र संघीय प्रतिनिधि परिषद्का सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

पदभार ग्रहण कार्यक्रममा युनियनका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि मुक्तबाबु रेग्मी, लुम्बिनी प्रदेश महासचिव नवीन गिरी, सचिवालय सदस्य गौरब गिरी, पूर्व केन्द्रीय सदस्य उमा थापा, युनियन बाँकेका पूर्व अध्यक्षहरू अर्जुन ओली र जयनारायण शाह, नेपाली कांग्रेस बाँकेका प्रेस सल्लाहकार निरज गौतम लगायतको उपस्थिति थियो ।

सो क्रममा केन्द्रीय प्रतिनिधि रेग्मीले युनियन बाँकेले सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेर अन्य शाखालाई समेत सकारात्मक सन्देश दिएको बताए । उनले पत्रकारहरूको हकहित र पेशागत सुरक्षाका लागि नयाँ कार्यसमितिले रचनात्मक काम गर्ने विश्वास व्यक्त गरे ।

प्रदेश महासचिव गिरीले नयाँ उर्जा र उत्साहका साथ क्रियाशील रहन नयाँ कार्यसमितिलाई आग्रह गरे । उनले निर्वाचित हुँदाको उत्साह र उर्जा कार्यकालको अन्तिमसम्मै कायम राख्न जोड दिए ।

कार्यक्रमका अध्यक्ष तथा निवर्तमान अध्यक्ष प्रियास्मृति ढकालले आफ्नो तीन वर्षे कार्यकालमा सक्दो रचनात्मक काम गर्ने प्रयास गरिएको बताए । उनले आफ्नो कार्यकालमा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको उल्लेख गर्दै नवनिर्वाचित अध्यक्ष खत्रीलाई पदभार हस्तान्तरण गरे ।


प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  २२:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युनियन बाँकेको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण, पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय
युनियन बाँकेको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण, पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय
‘दौडिन्छिन् हजुरआमा’को दोस्रो संस्करण भदौ २१ गते हुने
‘दौडिन्छिन् हजुरआमा’को दोस्रो संस्करण भदौ २१ गते हुने
प्रेस युनियन बाँकेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार सम्मानित
प्रेस युनियन बाँकेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार सम्मानित
प्रेस युनियन बाँकेमा खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
प्रेस युनियन बाँकेमा खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP