Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रियता केन्द्रित संयुक्त मोर्चा निर्माण गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्णय
राष्ट्रियता केन्द्रित संयुक्त मोर्चा निर्माण गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्णय
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ १०, २०८३ बागेश्वरी पोस्ट
राष्ट्रियता केन्द्रित संयुक्त मोर्चा निर्माण गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्णय

नेपालगञ्ज । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले राष्ट्रियता, जनतन्त्र र अग्रगामी राजनीतिक एजेन्डामा सहमत राजनीतिक शक्तिहरूबीच संयुक्त मोर्चा निर्माण गर्ने निर्णय गरेको छ ।

पार्टीका प्रवक्ता हेमन्त प्रकाश वली ‘सुदर्शन’ले बुधबार बिहान नेपालगञ्जमा आयोजित पत्रकार भेटघाटमार्फत गत साउन २६ र २७ गते सम्पन्न पोलिटब्युरो बैठकका निर्णय सार्वजनिक गर्दै वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन र संयुक्त मोर्चा निर्माणलाई बैठकका दुई महत्वपूर्ण निर्णयका रूपमा प्रस्तुत गरे ।

उनका अनुसार राष्ट्रियतालाई केन्द्रमा राख्दै समान राजनीतिक एजेन्डा भएका राजनीतिक शक्तिहरूसँग संयुक्त मोर्चा निर्माणका लागि पार्टीले आह्वान गरेको छ । त्यसका लागि नौ बुँदे आधारपत्र समेत तयार गरिएको उनले जानकारी दिए ।

सुदर्शनले देशभक्त, क्रान्तिकारी र लोकतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने निष्कर्ष बैठकले निकालेको बताए । उनका अनुसार सन् १९५० देखि हालसम्म भएका असमान सन्धि–सम्झौता खारेज गर्नुपर्ने, साम्राज्यवाद र बाह्य हस्तक्षेपको विरोध गर्नुपर्ने, कालापानी–लिम्पियाधुरा–लिपुलेक क्षेत्र फिर्ता गर्नुपर्ने तथा भारत र चीनबीच भएको लिपुलेकसम्बन्धी सम्झौता खारेज गर्नुपर्ने विषयलाई संयुक्त मोर्चाको आधारपत्रमा समेटिएको छ ।

त्यस्तै, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज, स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विरोध, ‘जेनजी’ विद्रोहलाई साम्राज्यवादी प्रायोजनमा भएको निष्कर्ष, वर्तमान सरकारको कार्यशैलीलाई ‘फाँसीवादी’ प्रवृत्तिको रूपमा मूल्यांकन तथा अग्रगामी संविधान निर्माणको विषयमा सहमत शक्तिहरूबीच मोर्चाबन्दी गर्ने आधार तय गरिएको सुदर्शनले बताए ।

May be an image of one or more people

बैठकले वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ विद्रोहलाई आफूहरूले ‘तथाकथित विद्रोह’का रूपमा विश्लेषण गरेको उनले बताए । “यो परिस्थिति निम्तनुमा पुराना सत्तासीन राजनीतिक दलहरूले गरेका भ्रष्टाचार, अत्याचार र काण्डैकाण्डविरुद्धको विस्फोटन हो भन्ने हामीलाई लाग्दछ,” सुदर्शनले भने, “तर त्यसबाट अग्रगमन निस्कनुपर्नेमा पश्चगमन निस्कियो ।”

उनले वर्तमान बालेन्द्र नेतृत्वको सरकार ‘कठपुतली सरकार’ बन्न पुगेको आरोप समेत लगाए । उक्त घटनाक्रम अमेरिकी साम्राज्यवादको प्रायोजनमा भएको पार्टीको स्पष्ट निष्कर्ष रहेको उनले दाबी गरे ।

पत्रकार भेटघाटमा पार्टीका भेरी–कर्णाली क्षेत्रीय ब्युरो सेक्रेटरी दीपकबहादुर शाही लगायत नेताहरूको उपस्थिति थियो ।


प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ११:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियता केन्द्रित संयुक्त मोर्चा निर्माण गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्णय
राष्ट्रियता केन्द्रित संयुक्त मोर्चा निर्माण गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्णय
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP