नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाढीपीडितलाई बेहनाको १ लाख ५१ हजार सहयोग
बाढीपीडितलाई बेहनाको १ लाख ५१ हजार सहयोग
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ १३, २०८३ बागेश्वरी पोस्ट
बाढीपीडितलाई बेहनाको १ लाख ५१ हजार सहयोग

नेपालगन्ज । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि नेपालगन्जका युवा व्यवसायी एवं नेकपा (एमाले) का युवा नेता मोहम्मद सफिक बेहनाले १ लाख ५१ हजार १ सय रुपैयाँ सहयोग गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–४ का पूर्व वडाध्यक्ष समेत रहेका बेहनाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । रकम जम्मा गरेपछि प्राप्त रसिद उनले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई हस्तान्तरण गरेका छन् ।

विपद् तथा दुःखमा परेका नागरिकलाई आफ्नो तर्फबाट सहयोग गर्दै आएका बेहनाले भोटेकोशी बाढीबाट पीडित आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीको राहतका लागि सहयोग गरेको बताए ।

उनले विपद्को समयमा सबैले आ–आफ्नो क्षमता अनुसार सहयोग गरेर प्रभावित परिवारको साथ दिनुपर्ने बताए । आफ्नो सानो सहयोगले पनि पीडित परिवारको राहतमा केही योगदान पुग्ने उनको भनाइ छ ।

रकमको रसिद बुझ्दै प्रमुख जिल्ला अधिकारी तामाङले बाढीपीडितको राहत तथा उद्धारका लागि बेहनाले गरेको व्यक्तिगत सहयोग प्रशंसनीय रहेको बताए। विपद्को कठिन समयमा प्राप्त हुने यस्ता सहयोगले प्रभावितको राहत व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे ।


प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १२:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढीपीडितलाई बेहनाको १ लाख ५१ हजार सहयोग
बाढीपीडितलाई बेहनाको १ लाख ५१ हजार सहयोग
भोटे कोशी बाढी: ६१६ जनाको शव फेला
भोटे कोशी बाढी: ६१६ जनाको शव फेला
रसुवा बाढी: ५५३ जनाको शव भेटियो
रसुवा बाढी: ५५३ जनाको शव भेटियो
भोटे कोशी बाढीमा सम्पर्कविहीन भएका कोहलपुरका चौधरीको शव चितवनमा भेटियो
भोटे कोशी बाढीमा सम्पर्कविहीन भएका कोहलपुरका चौधरीको शव चितवनमा भेटियो
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP