नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • क्वारेन्टाइनका लागि रेडक्रसद्वारा नरैनापुरलाई सामग्री सहयोग,अहिलेसम्म एक सय जना क्वारेन्टाइनमा
क्वारेन्टाइनका लागि रेडक्रसद्वारा नरैनापुरलाई सामग्री सहयोग,अहिलेसम्म एक सय जना क्वारेन्टाइनमा
बागेश्वरी पोस्ट
सोमबार, चैत १७, २०७६ बागेश्वरी पोस्ट
क्वारेन्टाइनका लागि रेडक्रसद्वारा नरैनापुरलाई सामग्री सहयोग,अहिलेसम्म एक सय जना क्वारेन्टाइनमा

नरैनापुर(बाँके) । बाँकेको नरैनापुर गाउँपालिकामा सञ्चालित क्वारेन्टाइनका लागि नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले विभिन्न सामग्री सहयोग गरेको छ ।

नेपालगञ्जमा आज रेडक्रसले गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई विभिन्न सामग्री हस्तान्तरण गरेको हो । पछिल्लो समय भारतबाट आएका ठूलो संख्याका स्थानीयलाई वडा नम्बर ६ स्थित जयकिसान माविमा क्वारेन्टाइन बनाएर राखिएपछि सामग्रीको अभाव भएका बेला रेडक्रसको सहयोगले सहज भएको अध्यक्ष शाहले बताउनुभयो ।

रेडक्रसले कम्बल, झुल र मेट २५/२५ थान तथा मग, साबुन र बाल्टी ५/५ थान र त्रिपाल १० थान सहयोग गरेको छ । अहिलेसम्म भोजपुरको जयकिसान माविमा ७४ जना र नेपालगञ्जको एक होटलमा २६ जना गरी एक सय जना क्वारेन्टाइनमा छन् ।

‘कसैलाई पनि बसाईं र खानपिनमा अप्ठेरो नहोस् भनेर हामीले निरिक्षण गरेका छौं, उहाँहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ, स्वस्थ नै हुनुहुन्छ तर १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले बसाएका छौं,’ अध्यक्ष शाहले भन्नुभयो ।

उहाँले मजदुरी गर्न गएका नरैनापुरका स्थानीय भारतबाट आउने क्रम जारी नै रहेकाले व्यवस्थापनमा चुनौति भएपनि उचित प्रबन्ध मिलाउन लागिपरेको बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख मोइन खाँले विभिन्न चुनौतिका बाबजुद् गाउँपालिकामा पछिल्लो समय बाहिरी देशबाट आएका स्थानीयको खोजी गरी गाउँपालिकाको क्वारेन्टाइन वा घरमै आइसोलेशनमा बस्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो ।

स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले वडा नम्बर ४ खोदवाँस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा भारतबाट आएका चार जनालाई आज स्वास्थ्य चेकजाँच गर्दा अवस्था सामान्य भएकाले होम क्वारेन्टाइनमा बस्ने गरी पठाइएको बताउनुभयो ।


प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  २०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP