Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • १४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ १९, २०८३ बागेश्वरी पोस्ट
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च

नेपालगञ्ज । नेपालमा बालबालिका बेचविखन तथा बाध्यकारी बालश्रमको अवस्था अझै गम्भीर रहेको एक अध्ययनले देखाएको छ । अध्ययनमा सहभागी गराइएका प्रभावितमध्ये ठूलो संख्याले १४ वर्ष नपुग्दै काममा प्रवेश गरेको पाइएको छ भने कार्यस्थलमा मौखिक, शारीरिक तथा भावनात्मक दुर्व्यवहार समेत भोग्नुपरेको देखिएको छ ।

मानव बेचविखनविरुद्ध क्रियाशील संस्था शक्ति समूहले करिब साढे दुई वर्ष लगाएर गरेको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपालगञ्जमा प्रस्तुत गर्दै यस्तो तथ्य सार्वजनिक गरेको हो । अध्ययनमा मनोरञ्जन क्षेत्र, सीमापार बेचविखन तथा बाध्यकारी श्रमका विभिन्न क्षेत्र समेटिएका छन् । मनोरञ्जन अन्तर्गत मसाज सेन्टर, डान्स बार, दोहोरी तथा खाजा घर, क्याबिन रेस्टुरेन्ट लगायतलाई समेटिएको छ। बाध्यकारी श्रम अन्तर्गत इँटा भट्टा, गार्मेन्ट, गलैंचा, जरी तथा घरेलु कामलाई अध्ययनमा समावेश गरिएको छ ।

अध्ययनका क्रममा २० जिल्लाका ६५४ जना प्रभावितसँग तथ्यांक संकलन गरिएको थियो । तीमध्ये मनोरञ्जन क्षेत्रमा २६५, सीमापार बेचविखनमा १६२, इँटा भट्टामा १२१ र घरेलु काममा १०६ जना प्रभावित समेटिएका छन् । अध्ययनले बालबालिका सानै उमेरमा श्रममा प्रवेश गर्ने र एकपटक काममा लागेपछि भरपर्दो वैकल्पिक अवसर नहुँदा त्यही क्षेत्रमा निरन्तर काम गर्न बाध्य हुने अवस्था देखाएको छ । अध्ययनमा सहभागीमध्ये ३५.५ प्रतिशत अझै सोही क्षेत्रमा काम गरिरहेको पाइएको छ । काममा प्रवेश गर्नुको प्रमुख कारण कमजोर आर्थिक अवस्था रहेको अध्ययनले देखाएको छ । मनोरञ्जन क्षेत्रमा काममा प्रवेश गर्नेहरूमध्ये ९१.७ प्रतिशत, सीमापार बेचविखनमा ८८.९ प्रतिशत, घरेलु काममा ८९.६ प्रतिशत र इँटा भट्टामा काम गर्नेहरूमध्ये ९८.३ प्रतिशतले आर्थिक अवस्थालाई प्रमुख कारण बताएका छन् ।

बालबालिका तथा प्रभावितले कार्यस्थलमा भोग्ने दुर्व्यवहार पनि अध्ययनको गम्भीर पक्षका रूपमा देखिएको छ । विशेषगरी सीमापार बेचविखनमा परेकामध्ये ९३.५ प्रतिशत र मनोरञ्जन क्षेत्रमा रहेका ८१.९ प्रतिशतले कार्यस्थलमा कुनै न कुनै प्रकारको दुर्व्यवहार भोगेको बताएका छन् । दुर्व्यवहारमा सबैभन्दा बढी मौखिक हिंसा रहेको छ । त्यसपछि शारीरिक तथा भावनात्मक हिंसा र अनुचित स्पर्श लगायतका घटना देखिएका छन् । अध्ययनले कार्यस्थलबाट प्रभावितको उद्धार तथा पुनःस्थापनाको अवस्था पनि कमजोर रहेको संकेत गरेको छ । सीमापार बेचविखनमा परेकामध्ये ४७.५ प्रतिशत, घरेलु काममा रहेका २८.३ प्रतिशत र मनोरञ्जन क्षेत्रमा रहेका २०.४ प्रतिशतलाई कार्यस्थलबाट उद्धार गरिएको पाइएको छ ।

अध्ययनमा सन् २०१३ देखि २०२३ सम्म भएका विभिन्न अध्ययनलाई समेत आधार बनाइएको जनाइएको छ । यसले पछिल्लो एक दशकमा बालबालिका बेचविखन तथा बाध्यकारी श्रमका क्षेत्रमा देखिएका प्रवृत्ति र चुनौतीलाई समेत विश्लेषण गरेको छ । शक्ति समूहकी संस्थापक सदस्य एवं रणनीतिक तथा पैरवी निर्देशक चरिमाया तामाङले अध्ययनको पृष्ठभूमिबारे जानकारी दिँदै बालबालिका बेचविखन तथा बाध्यकारी श्रमको जोखिममा पर्ने कारण र उनीहरूको अवस्थाबारे अध्ययन गरिएको बताइन् । उनका अनुसार गरिबी, कमजोर आर्थिक अवस्था, अवसरको अभाव र वैकल्पिक जीविकोपार्जनको सुनिश्चितता नहुँदा प्रभावितहरू पुनः जोखिमयुक्त काममै फर्किनुपर्ने अवस्था देखिएको छ ।

मानव बेचविखनविरुद्ध क्रियाशील शक्ति समूहले द एसिया फाउण्डेशन (The Asia Foundation) को प्राविधिक सहयोग, अमेरिकी विदेश मन्त्रालय अन्तर्गत अफिस टु मोनिटर एण्ड कम्ब्याट ट्राफिकिङ इन पर्सन्स (TIP Office), Department of States, USA को आर्थिक सहयोग तथा न्यू एरा (New ERA) सँगको सहकार्यमा अध्ययन सम्पन्न गरेको हो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष, प्रहरी, प्रशासन, मिडिया, नागरिक समाज लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको शक्ति समूहकी लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेलले जानकारी दिइन् ।


प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १८:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP