Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ १९, २०८३ बागेश्वरी पोस्ट
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
राहत रकमको विवरण उपलब्ध गराउँदै नेपालगञ्ज उद्योग बाणिज्य संघको नवनिर्वाचित टिम

नेपालगञ्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ लाख ३७ हजार २ सय ७४ रुपैयाँ सहयोग जम्मा भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा प्राप्त विवरण अनुसार विभिन्न २१ संघसंस्था, विद्यालय, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिले स्वस्फूर्त रूपमा उक्त रकम सहयोग गरेका हुन् ।

कार्यालयका अनुसार गोर्खा स्कुलले १ लाख रुपैयाँ, नेपाल ज्वेलर्सले २ लाख ११ हजार रुपैयाँ, सन्तोष ज्वेलर्सले १ लाख १ सय रुपैयाँ र राजा खानले १ लाख रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै मोहमद सफिक बेहनाबाट १ लाख ५१ हजार १ सय रुपैयाँ, ओलमा फाउन्डेशन नेपालले विभिन्न मस्जिदबाट संकलन गरेको १ लाख ५८ हजार २ सय ३६ रुपैयाँ, सञ्चारिका समूह नेपाल बाँके शाखाबाट २० हजार १ सय ५ रुपैयाँ तथा नेपाली मस्जिद तब्लिगी सञ्चालक समितिबाट ४० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

यसैगरी लाइफलाइन जनरल हस्पिटलबाट ७५ हजार रुपैयाँ, निलु रेग्मी, मुक्ता रेग्मी र अनिशा रेग्मीबाट २५ हजार रुपैयाँ तथा ओलमा फाउन्डेशन नेपालले विभिन्न मस्जिदबाट संकलन गरेको थप १ लाख ३० हजार ९ सय रुपैयाँ कोषमा जम्मा भएको विवरणमा उल्लेख छ । त्यस्तै सुनाखरी रेष्टुरेन्टबाट ५१ हजार रुपैयाँ, रमा शंकर गुप्ताबाट १ लाख ११ हजार रुपैयाँ, नेपाल पत्रकार महासंघ बाँकेबाट ५१ हजार रुपैयाँ र नेपालगञ्ज उद्योग वाणिज्य संघबाट ६ लाख १ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

यसैगरी आदर्श मावि नेपालगञ्ज–१० बाट २ लाख ३४ हजार ५ सय ४० रुपैयाँ, नेपालगञ्ज बहुमुखी क्याम्पसबाट ४२ हजार ६ सय ८२ रुपैयाँ, साइना क्याफेबाट १ लाख १ सय ११ रुपैयाँ, बाँके कला केन्द्र नेपालगञ्जबाट ५१ हजार रुपैयाँ, मंगल प्रसाद नमुना मावि नेपालगञ्जबाट ३२ हजार ५ सय रुपैयाँ तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाट ५१ हजार रुपैयाँ सहयोग प्राप्त भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि बाँकेबाट विभिन्न क्षेत्रका व्यक्ति तथा संघसंस्थाले उल्लेख्य सहयोग गरेका छन् । उनले प्राप्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा उपयोग हुने बताए ।

बाँकेबाट सबैभन्दा ठूलो सहयोग नेपालगञ्ज उद्योग वाणिज्य संघले ६ लाख १ हजार रुपैयाँ प्रदान गरेको छ । त्यसपछि नेपाल ज्वेलर्सबाट २ लाख ११ हजार रुपैयाँ तथा विभिन्न मस्जिदबाट संकलित रकम उल्लेख्य रहेको छ । जिल्ला प्रशासनमा उपलब्ध सहयोग बाहेक पनि विभिन्न संघसंस्था र नागरिक तहबाट स्वस्फूर्त रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उल्लेख्य राहत रकम जम्मा भएको छ ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देशका विभिन्न ठाउँबाट सहयोग जुटिरहेको छ । 


प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १८:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई बाँकेबाट २४ लाख सहयोग
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
१४ वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका, कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २९० पुग्यो
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP