Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जसपाले चार सांसद हटाएपछि लुम्बिनीमा सत्ता संकट, मुख्यमन्त्रीले फेरि मत लिनुपर्ने दबाब
जसपाले चार सांसद हटाएपछि लुम्बिनीमा सत्ता संकट, मुख्यमन्त्रीले फेरि मत लिनुपर्ने दबाब
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ २०, २०८३ बागेश्वरी पोस्ट
जसपाले चार सांसद हटाएपछि लुम्बिनीमा सत्ता संकट, मुख्यमन्त्रीले फेरि मत लिनुपर्ने दबाब

दाङ । लुम्बिनी प्रदेशमा सत्ता समीकरण फेरि तरंगित भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना चार प्रदेशसभा सदस्यलाई कारबाही गरेपछि त्यसको प्रत्यक्ष असर मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारको अंकगणितमा पर्ने देखिएको छ ।

जसपाले सन्तोषकुमार पाण्डे, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई पार्टीबाट निष्कासन गरेको हो । यीमध्ये पाण्डे र अहिर अहिले सरकारमा मन्त्री छन् भने अग्रवाल यसअघि मन्त्री भइसकेका सांसद हुन् । जसपाकी सांसद अम्बिका काफ्ले विश्वासको मतको मतदान प्रकृयामा सहभागी भएकी थिइनन् । उनी पार्टी केन्द्रको निर्णयको पक्षमा थिइन् ।

यो निर्णयले सरकारको पक्षमा रहेको पुरानो गणितलाई भने बदलिदिएको छ । आचार्यले भदौ १ मा विश्वासको मत माग्दा ४५ सांसद उनको पक्षमा उभिएका थिए । ८३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४२ मत आवश्यक थियो । आचार्यलाई एमालेका २९, नेकपाका ११, जसपा नेपालका चार र राष्ट्रिय जनमोर्चाका एक सांसदले समर्थन गरेका थिए ।

अर्थात्, त्यतिबेला आचार्यको पक्षमा परेको ४५ मतमध्ये जसपाका चार सांसदको भूमिका महत्वपूर्ण थियो । उनीहरूको समर्थन नहुँदा मुख्यमन्त्रीले बहुमतको संख्या पुर्‍याउन कठिन हुने अवस्था थियो ।

अहिले परिस्थिति त्यही छैन । चारै सांसद पार्टी कारबाहीमा परेका छन् । त्यसमाथि सत्ता पक्षमै रहेका दुई सांसदले सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी बेन्चमा बस्न चाहेको अवस्था छ । यही कारण मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदाको ४५ मतको आधार अहिले कति कायम छ भन्ने प्रश्न उठेको हो ।

विपक्षी दलहरूले भने यही विषयलाई आधार बनाएर मुख्यमन्त्रीले फेरि प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बताउन थालेका छन् । नेपाली कांग्रेसकी सचेतक निमा गिरीले आचार्यले पुनः बहुमत परीक्षण गर्नुपर्ने बताएकी छन् । बहुमत कायम गर्न नसके कांग्रेसले सरकार गठनका लागि पहल गर्ने उनको भनाइ छ ।

कानुन व्यवसायीहरू पनि सरकारको राजनीतिक हैसियतमा परिवर्तन आएपछि विश्वासको मतको विषय पुनः उठ्न सक्ने बताउँछन् । जसपाबाट कारबाहीमा परेका सांसदहरूले अदालतमा कानुनी चुनौती दिन सक्ने भए पनि त्यसले मुख्यमन्त्रीमाथि उठेको राजनीतिक प्रश्नलाई तत्काल समाधान गर्दैन ।

यता जसपा नेपालले भने कारबाहीमा परेका चारै सांसदको पद रिक्त गराउने प्रक्रिया अघि बढाउने तयारी गरेको छ । पार्टीका महासचिव डा. सुरेन्द्रकुमार झाले प्रदेशसभा सचिवालयमा त्यससम्बन्धी पत्र पठाइने बताएका छन् ।

अब प्रदेशसभा सचिवालयमा आउने पत्र र त्यसपछिको संवैधानिक प्रक्रियाले चार सांसदको हैसियत टुंगो लगाउनेछ । त्यससँगै सरकारको बहुमतबारे पनि थप स्पष्टता आउनेछ । लुम्बिनीमा एमाले, नेकपा, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमा छन् । कांग्रेस र जनमत विपक्षमा छन् भने राप्रपा तटस्थ छ ।

त्यसैले अहिलेको मुख्य प्रश्न सरकार तुरुन्तै ढल्छ कि ढल्दैन भन्ने भन्दा पनि मुख्यमन्त्री आचार्यले पुरानै ४५ मतको आधारमा सरकार चलाउन पाउँछन् कि पुनः प्रदेशसभामा बहुमत परीक्षण गर्नुपर्छ भन्ने हो ।

जसपाका चार सांसदको कारबाहीसँगै सुरु भएको यो विवाद अब प्रदेशसभा सचिवालयको प्रक्रिया र त्यसपछि बन्ने नयाँ राजनीतिक समीकरणतर्फ अघि बढ्ने देखिएको छ ।


प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  ११:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपाले चार सांसद हटाएपछि लुम्बिनीमा सत्ता संकट, मुख्यमन्त्रीले फेरि मत लिनुपर्ने दबाब
जसपाले चार सांसद हटाएपछि लुम्बिनीमा सत्ता संकट, मुख्यमन्त्रीले फेरि मत लिनुपर्ने दबाब
राष्ट्रियता केन्द्रित संयुक्त मोर्चा निर्माण गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्णय
राष्ट्रियता केन्द्रित संयुक्त मोर्चा निर्माण गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्णय
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP