Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, भदौ २३, २०८३ बागेश्वरी पोस्ट
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’

नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको गालीगलौज, चरित्रहत्या तथा अपमानजनक अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै राजनीतिक बहसलाई मर्यादित, तथ्यमा आधारित र जिम्मेवार बनाउन आग्रह गरेको छ ।

भदौ १४ गते बसेको पार्टी सचिवालय बैठक र भदौ १७ गते बसेको बुलेटिन प्रकाशन समितिको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले बाँकेले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा त्यसका केही नेता–कार्यकर्ताबाट व्यक्त हुने अभद्र अभिव्यक्तिले सामाजिक वातावरण संवेदनहीन र विकृत बन्दै गएको आरोप लगाएको हो ।

पार्टीले पीडितले आफ्ना पीडा तथा गुनासा सार्वजनिक गर्दा समेत सामाजिक सञ्जालमा गालीगलौज र व्यक्तिगत आक्रमण गर्ने प्रवृत्ति बढेको जनाएको छ । राजनीतिक विचार फरक हुनु, सरकारको कामको आलोचना गर्नु वा कुनै दल तथा नेताको नीतिमाथि प्रश्न उठाउनु लोकतन्त्रमा स्वाभाविक भए पनि आलोचनाका नाममा आमाको नाम जोडेर गाली गर्ने, चरित्रमाथि प्रश्न उठाउने, अश्लील शब्द प्रयोग गर्ने र व्यक्तिगत अपमानमा उत्रिने कार्य राजनीतिक संस्कार नभएको एमालेको भनाइ छ ।

पार्टीका निर्णयबारे उपसचिव निर्मला सुनारले विज्ञप्ति वाचन गर्दै सामाजिक सञ्जाल विचार आदानप्रदानको लोकतान्त्रिक माध्यम भए पनि त्यसलाई घृणा, आक्रोश र प्रतिशोध फैलाउने माध्यम बनाउन नहुने बताइन् ।

एमाले बाँकेले राजनीतिक असहमतिको जवाफ गाली, धम्की वा व्यक्तिगत आक्रमणबाट नभई तथ्य, तर्क र जिम्मेवार राजनीतिक व्यवहारबाट दिनुपर्नेमा जोड दिएको छ । जनताले सरकार र राजनीतिक दललाई प्रश्न गर्ने अधिकारसँगै राजनीतिक नेतृत्वले ती प्रश्नको जवाफ दिने संस्कार विकास गर्नुपर्ने पार्टीको धारणा छ ।

सामाजिक सञ्जालको दुरुपयोगसम्बन्धी उजुरी ठूलो संख्यामा पर्ने गरेको उल्लेख गर्दै एमाले बाँकेले चरित्रहत्या, अशिष्ट अभिव्यक्ति तथा घृणा र द्वेष फैलाउने गतिविधिमाथि अनुसन्धान र कारबाही प्रभावकारी बनाउन नेपाल प्रहरीसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

‘गाली गर्नेको स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’

पत्रकार सम्मेलनमा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्ने व्यक्तिहरूको स्क्रिनसट संकलन गरी पुस्तिका बनाएर घर–घर पठाउने चेतावनी दिए । त्यस्ता अभिव्यक्ति सार्वजनिक गर्दा सम्बन्धित व्यक्तिको राजनीतिक तथा सामाजिक स्तरबारे नागरिकलाई मूल्यांकन गर्न सहज हुने उनको तर्क थियो ।

गुरुङले सामाजिक सञ्जाललाई व्यक्तिगत आक्रमण र चरित्रहत्या गर्ने माध्यम नभई राजनीतिक विचार तथा आलोचना प्रस्तुत गर्ने सभ्य माध्यम बनाउनुपर्नेमा जोड दिए ।

यसैबीच, एमाले बाँकेले विज्ञप्तिमार्फत भदौ १० गते रुसुवामा आएको बाढी तथा पहिरोमा उद्धार, व्यवस्थापन र राहत वितरणमा सरकार असफल भएको आरोप समेत लगाएको छ । घटनाको गम्भीरता समयमै बुझ्न नसक्दा ठूलो मानवीय क्षति भएको भन्दै पार्टीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको हो ।

पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य सूर्य ढकाल, केन्द्रीय अनुशासन आयोगका सदस्य विजया धिताल लगायत जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताको उपस्थिति थियो ।


प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १३:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
राष्ट्रपति पौडेलको राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठ)
राष्ट्रपति पौडेलको राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठ)
जसपाले चार सांसद हटाएपछि लुम्बिनीमा सत्ता संकट, मुख्यमन्त्रीले फेरि मत लिनुपर्ने दबाब
जसपाले चार सांसद हटाएपछि लुम्बिनीमा सत्ता संकट, मुख्यमन्त्रीले फेरि मत लिनुपर्ने दबाब
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP