Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
RSG-2
भरत गिरी सभापतिमा चयन, वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध
बागेश्वरी पोस्ट
आइतबार, असोज ४, २०८३ बागेश्वरी पोस्ट
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत

दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा भएको वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन् । अधिवेशनले भरत गिरीको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन गर्दै सबै पदमा सहमतिमै नेतृत्व टुंग्याएको हो ।

सर्वसम्मत अधिवेशन सम्पन्न गर्न वडा सभापति भरत राज लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा तिलकबहादुर केसी, भरत गिरी, पदम वैद्य र दिल्लीबहादुर बस्नेत सदस्य रहेका थिए ।

वडा सभापति भरत राज लामिछानेको सभापतित्व तथा पूर्व माननीय शंकर गिरीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय महाधिवेशन प्रतिनिधि सुष्मा लामिछाने गिरी र गोविन्दबहादुर शाह विशिष्ट अतिथिका रूपमा सहभागी थिए । जिल्ला सदस्य, क्षेत्र नं. ३ (क) का उपसभापति लगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

अधिवेशनबाट भरत गिरी सभापति, लिलाधर भण्डारी उपसभापति, उमा भण्डारी महिला उपसभापति र श्यामकुमार आचार्य सचिव र सहसचिवमा निम बहादुर डाँगी सर्वसम्मत चयन भएका छन्।

को–को बने क्षेत्रीय प्रतिनिधि ?

क्षेत्रीय प्रतिनिधितर्फ खुला समूहमा शंकर गिरी, गोविन्दबहादुर शाह, गेहेन्द्र वली, पुष्पराज गिरी, भरत राज लामिछाने, तिलकबहादुर केसी, डम्बरबहादुर भण्डारी, वसन्तबहादुर केसी, लालबहादुर बस्नेत, भीमप्रसाद भण्डारी, कृपाराम वली, ध्रुवप्रकाश गिरी, अशोक भण्डारी र टंकबहादुर खत्री चयन भएका छन् ।

महिलातर्फ सुष्मा लामिछाने गिरी, मञ्जु घिमिरे आचार्य, इन्दिरा शर्मा गौतम, पार्वती बस्नेत, ममता न्यौपाने, कल्पना शर्मा र अनिता केसी भण्डारी चयन भएका छन् ।

पेशागत विषय विज्ञतर्फ गौरव गिरी चयन भएका छन् ।

युवातर्फ राधिका खड्का, झरना केसी, मदन खत्री, जोयल गिरी र सुशील गिरी चयन भएका छन् ।

त्यस्तै, समानुपातिकतर्फ तुलसीराम वली, शेषमणि भण्डारी, धनराज गौतम, प्रमोद बुढाथोकी, कमल कुसुम आचार्य, घनश्याम बस्नेत, खडके कामी, पुष्कर दमाई, विसर्जन राहु मगर, आशा चौधरी र अमृता चौधरी सर्वसम्मत चयन भएका छन् ।

श्रमिकतर्फ मदनकुमार वली तथा प्रजातन्त्र सेनानी, सहिद परिवार एवं द्वन्द्व प्रभाविततर्फ गुरुप्रसाद आचार्य चयन भएका छन् ।

निर्वाचन अधिकृत सन्तोष केसीले वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिका सबै पदमा सर्वसम्मत चयन भएको जानकारी दिए ।

अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिहरूलाई आजै प्रमाणपत्र वितरण गरिएको छ । साथै, नवनिर्वाचित नेतृत्वलाई पद हस्तान्तरण कार्यक्रम समेत सम्पन्न गरिएको निर्वाचन अधिकृत केसीले जानकारी दिए ।

 


प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  १३:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
आज संविधान दिवस
आज संविधान दिवस
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP