Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज ५, २०८३ बागेश्वरी पोस्ट
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ । महासंघको केन्द्रीय आन्दोलन अन्तर्गत सोमबार बाँके शाखाले जिल्ला हुलाक कार्यालयलाई लोककल्याणकारी विज्ञापनको बिल नबुझ्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो । महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गजेन्द्रप्रकाश थारुलाई ज्ञापनपत्र हस्तान्तरण गरे ।

May be an image of hospital and text

महासंघका अध्यक्ष गिरीले सरकारले वार्षिक बजेटमार्फत लोककल्याणकारी विज्ञापनका लागि विनियोजन हुने रकम वृद्धि गर्ने नीति लिएको अवस्थामा त्यससँग बाझिने गरी कार्यविधि संशोधन गरेर सञ्चारमाध्यमले पाउँदै आएको रकम कटौती गर्नु उचित नभएको बताए । उनले संशोधित कार्यविधि तत्काल खारेज गरी पुरानै व्यवस्था कायम गर्नुपर्ने माग गरे । “सञ्चारमाध्यमलाई थप व्यवस्थित र सक्षम बनाउनेतर्फ राज्यको नीति केन्द्रित हुनुपर्नेमा लोककल्याणकारी विज्ञापनको रकम नै कटौती गर्ने गरी कार्यविधि ल्याइनु आपत्तिजनक छ,” अध्यक्ष गिरीले भने, “बजेटमा गरिएको व्यवस्थासँग बाझिने कार्यविधि तत्काल सच्याइनुपर्छ । महासंघको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ ।” जिल्ला हुलाक कार्यालयले विज्ञापनबापतको बिल बुझ्न नरोकेको खण्डमा तालाबन्दीसहितका आन्दोलन गर्ने चेतावनी गिरीले दिए । 

छापा माध्यमले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनबापतको मासिक रकममा भारी कटौती हुने गरी सरकारले हालै कार्यविधि संशोधन गरी लागू गरेको महासंघको भनाइ छ । कुल रकममा वृद्धि गर्ने गरी नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट संघीय संसदबाट पारित भई कार्यान्वयनमा आइसकेको अवस्थामा त्यससँग बाझिने गरी कार्यविधि ल्याइनुले सञ्चारमाध्यमप्रति सरकारको अनुदार व्यवहार देखिएको महासंघले जनाएको छ । महासंघले कार्यविधि खारेजीको माग गरिरहेको अवस्थामा विज्ञापन बोर्डले महासंघको आग्रहलाई बेवास्ता गर्दै लोककल्याणकारी विज्ञापनबापतका बिल बुझ्ने कार्यलाई निरन्तरता दिएको भन्दै आपत्ति जनाएको छ ।

ज्ञापनपत्र बुझ्दै जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख थारुले महासंघको माग र ज्ञापनपत्र सम्बन्धित निकायसम्म जानकारी गराउने बताए । उनले हुलाक कार्यालयबाट हुने कार्यसम्पादन प्रचलित कानुन, कार्यविधि तथा सम्बन्धित निकायबाट प्राप्त निर्देशन अनुसार हुने उल्लेख गर्दै सञ्चारमाध्यमको समस्या समाधानका लागि सम्बन्धित निकायबाट आवश्यक निर्णय हुने विश्वास व्यक्त गरे ।महासंघले माग सम्बोधनका लागि भदौ २५ गते सूचना तथा सञ्चारमन्त्रीसमक्ष ध्यानाकर्षण गराएको थियो । त्यसअघि भदौ २१ गते विज्ञापन बोर्डलाई पत्राचार गर्दै समस्या समाधान नभएसम्म लोककल्याणकारी विज्ञापनको बिल नबुझ्न आग्रह गरिएको थियो । तर, दुवै मागको सुनुवाइ नभएको महासंघको भनाइ छ ।

महासंघले सोमबारदेखि केन्द्रमा विज्ञापन बोर्डबाट आन्दोलन सुरु गरेको जनाएको छ । सोही आन्दोलन अन्तर्गत जिल्ला शाखाहरूले पनि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने तथा अन्य दबाबमूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । जिल्ला हुलाक कार्यालयले विज्ञापनबापतको बिल बुझ्न नरोकेको खण्डमा तालाबन्दीसहितका आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक भएका छन् । 

ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अली, पूर्व अध्यक्ष झलक गैरे लगायत पत्रकारहरूको उपस्थिति रहेको सचिव कृष्ण ओलीले जानकारी दिए ।

May be an image of one or more people, hospital and text


प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १६:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP