Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज ६, २०८३ बागेश्वरी पोस्ट
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?

नेपालगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत देशभर गाउँपालिका र नगरपालिकाको नेतृत्व चयनका लागि बुधबार अधिवेशन हुँदैछ । बाँकेमा पनि जिल्लाका आठवटै स्थानीय तहमा नयाँ नेतृत्व चयनका लागि गाउँ तथा नगर अधिवेशन हुँदैछ ।

नेपाली कांग्रेसले सार्वजनिक गरेको महाधिवेशन कार्य तालिकाअनुसार असोज ७ गते गाउँ तथा नगर अधिवेशन, असोज १० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन तथा क्षेत्रीय अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुने कार्यक्रम छ ।

बाँकेका ८१ वटै वडामा वडा अधिवेशन सम्पन्न भएसँगै बुधबार गाउँ तथा नगर अधिवेशन हुन लागेको हो । वडा अधिवेशनका क्रममा अधिकांश वडामा सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि तथा वडा कार्यसमिति चयन गरिएको प्रमुख निर्वाचन अधिकृत वीरबहादुर रोकायले जानकारी दिए ।

असोज ३ गतेदेखि देशभर सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनको प्रारम्भिक चरण अन्तर्गत बाँकेमा वडा अधिवेशन उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत रोकायले बताए ।

यसैबीच गाउँ तथा नगर अधिवेशनमा नेतृत्वका लागि विभिन्न आकांक्षीहरूले उम्मेदवारी घोषणा गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको सभापतिका लागि विनोद रिजाल र धनराज बर्माले उम्मेदवारी घोषणा गरेका छन् । कोहलपुर नगरपालिकाको नेतृत्वका लागि चिन्तामणि धिताल र वीरेन्द्रकुमार शाहले पदाधिकारीसहितको प्यानल घोषणा गरेका छन् । धिताल नेतृत्वको समूहबाट उपसभापतिमा सविता चौधरी र भरत शर्मा, सचिवमा दीपेन्द्र कठायत तथा सहसचिवमा ओमजंग शाही उम्मेदवार रहेका छन् ।

त्यस्तै, वीरेन्द्रकुमार शाह नेतृत्वको समूहबाट उपसभापतिमा सुभद्रा शर्मा र दीपेन्द्रकुमार चौधरी, सचिवमा रविनकुमार शर्मा तथा सहसचिवमा रामबहादुर वली उम्मेदवार छन् । खजुरा गाउँपालिकाको सभापतिका लागि महेन्द्र मल्ल, बैजनाथ गाउँपालिकाको नेतृत्वका लागि निर्मला रोकाय र भूमिसरा रानाको नाम चर्चामा छ । जानकी गाउँपालिकाको सभापतिका लागि अजय बर्माको नाम पनि चर्चामा रहेको कांग्रेस नेताहरूले बताएका छन् । राप्तीसोनारीमा वर्तमान सभापति भिम बहादुर राना क्षेत्री र बालकृष्ण थारुबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

बाँकेका अन्य स्थानीय तहमा पनि नेतृत्वका लागि आकांक्षीहरू बीच आन्तरिक छलफल र तयारी भइरहेको बताइएको छ । बुधबार हुने अधिवेशनबाट स्थानीय तहको नयाँ नेतृत्व चयन हुनेछ ।


प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  २०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
आज संविधान दिवस
आज संविधान दिवस
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP