नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेमा कोरोना कहर:रोकथाम र राहत एकसाथ जारी
बाँकेमा कोरोना कहर:रोकथाम र राहत एकसाथ जारी
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २०, २०७६ बागेश्वरी पोस्ट
बाँकेमा कोरोना कहर:रोकथाम र राहत एकसाथ जारी
नेपाल आर्मीको सहयोगमा निर्माण भएको क्वारेन्टाइन

नेपालगञ्ज। कोरोना भाइरस(कोभिड–१९) रोकथाम र नियन्त्रण तथा राहतका काम बाँकेमा एक साथ जारी रहेको छ । भारत र नेपालमा लकडाउन गरिएपनि भारतका विभिन्न स्थानबाट सीमा नाका पुगेर पनि अलपत्र परेपछि आजदेखि उनीहरुको व्यवस्थापन गरिदैछ ।

रुपैडिया पुगेका एक सय ८१ जनालाई भारतीय प्रहरीले गत मंगलबार राती नेपाली भूमिमा पु¥याइदिएपछि उनीहरु सुख्खा वन्दरगाह क्षेत्रमा विचल्लीमा परेका हुन् । जिल्ला प्रशासन कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाको पहलमा उनीहरुलाई जहाँ छन् त्यहीं टेण्ट निर्माण गरेर क्वारेन्टाईनमा राख्ने तयारी गरिएको छ । नेपाल सरकारले नेपाल प्रवेशमा अनुमती नदिएपछि जहाँ छन् त्यही टेण्ट राखेर परिक्षण गरिन लागीएको हो ।

आपको वगैंचामा राम्ररी खान र बस्न नपाएका उनीहरुलाई विभिन्न संघसंस्थाहरुले खानापानीको व्यवस्था गर्दै आएका थिए । ४५ वटा टेण्ट राखेर स्वास्थ्यकर्मी, खाना, पानी लगायतको व्यवस्था गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले जानकारी दिनु भयो ।

सम्वाद समूह बाँकेले सीमामा अलपत्र परेकाको उद्धार, क्वारेन्टाईनमा राखेर परिक्षण तथा उपचारका लागि अनुरोधसहितको आवश्यक सहजीकरणको पहल गरेको थियो ।

समूहका तर्फबाट शुक्रऋषि चौलागाईले पुर्वमन्त्री मो इस्तियाक राई, उपमहानगरपालिका उपप्रमुख एवं सम्वाद सदस्य उमा थापामगर, प्रमुख जिल्ला अधिकारी कुमार वहादुर खडका लगायत सरोकारवालासँग सम्वाद गर्नु भएपछि विहीबार व्यवस्थापनको ठोस कदम चालिएको छ ।

यसैबीच सम्वाद समूह सदस्य एवं प्रदेश सांसद कृष्णा केसीको पहलमा स्थापना गरिएको कोभीड १९ रिलीफ फण्ड बाँकेले स्थानीय तह मार्फत राहत प्रदान गरेको छ । दैनिक ज्यालादारी र मजदुरी गर्ने विपन्न परिवारको राहतका लागि प्रती स्थानीय तह ८६ हजार ५ सयका दरले आज खाद्यान्न वितरण गरिएको छ ।

राहत वितरण कार्यमा संलग्न नेकपाका यूवा नेता सुर्यप्रकाश घर्तीमगरका अनुसार–बीहीबार नरैनापुर, राप्तीसोनारी, वैजनाथ, खजुरा, जानकी गाउँपालिका र कोहलपुर नगरपालिकामा १ हजार केजी चामल , २ सय केजी दाल , १ सय लिटर खाने तेल , १ सय केजी नुन , एक सय ३५ वटा नुहाउने साबुन गरेर प्रत्येक स्थानीय तहलाई ८६ हजार ५ सय रुपैयाँ बराबरको अत्यावश्यक सामाग्री हस्तान्तरण गरिसकीएको छ । यस्तै डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा भोली राहत प्रदान गरिनेछ । 


प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १७:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP