नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • डुडुवा गाउँपालिकाले घर घरमा साबुन र मास्क वितरण शुरु गर्‍यो
डुडुवा गाउँपालिकाले घर घरमा साबुन र मास्क वितरण शुरु गर्‍यो
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २१, २०७६ बागेश्वरी पोस्ट
डुडुवा गाउँपालिकाले घर घरमा साबुन र मास्क वितरण शुरु गर्‍यो

डुडुवा (बाँके) । कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्नका लागि डुडुवा गाउँपालिकाले घर घरमा साबुन र मास्क वितरण शुरु गरेको छ ।

गाउँपालिकाको वडा नम्बर १ देखि ६ नम्बर वडाका झण्डै १० हजार घरधुरीलाई महामारीको संक्रमणबाट जोगिन सरसफाईमा विशेष ध्यान दिने उद्देश्यले साबुन र मास्क वितरण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकामा अति गरिब तथा विपन्न परिवारसंगै मधेशी समुदायको बाहुल्यता बढी भएकाले नागरिकहरुले सरसफाईमा विशेष ध्यान दिन र मास्कको प्रयोगको बानी बसाल्नका लागि साबुन र मास्क वितरण शुरु गरिएको हो । प्रत्येक घरधुरीलाई दुई वटा साबुन र ४ वटा मास्क वितरण गरी स्वास्थ्य सचेतना र परामर्श दिने प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले बताउनुभयो ।

उहाँका अनुसार त्यसका लागि ३–३ जनाको १८ समूह बनाई ५४ जनालाई परिचालन गरिएको छ । अभाव हुने स्थानमा सामग्री ओसारपोसारका लागि थप ६ जनालाई तयारी अवस्थामा राखिएको छ । समुदायमा परिचालित समुहलाई विशेष सर्तकताका साथ ह्याण्डवास, सेनीटाइजर, मास्क, ग्लोब्स सहितको सामग्री प्रदान गरिएको छ । टोलीले समुदायका हरेक घर घरमा गएर रोगको संक्रमण, सरसफाईका बारेमा जानकारी, लकडाउनको पूर्ण पालना गराउनुका साथै नागरिकका गुनासा र सुझाव समेत संकलन गर्नेछ ।

वडा नम्बर १ होलियामा टोलीलाई आज सामग्री हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष चौधरीले अहिलेको महासंकटका बेला नागरिकहरुले उच्च सतर्कता अपनाई स्वास्थ्य सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्नुभयो ।

सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत उपाध्याय, बेतहनी स्वास्थ्य चौकी इन्चार्ज हेमन्त शर्माले कोरोनाको संक्रमणका बारेमा बोल्नु भएको थियो । यसैबीच गाउँपालिका अन्तर्गत् निर्माण गरिएको ११ बेडको क्वारेन्टाइन र औषधि भण्डारण गरिएको स्टोरको समेत अनुगमन गरिएको थियो ।


प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १६:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP