नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • क्वारेन्टाइनमा कुनै पनि असुविधा हुन नदिने नरैनापुरको निर्णय
क्वारेन्टाइनमा कुनै पनि असुविधा हुन नदिने नरैनापुरको निर्णय
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २१, २०७६ बागेश्वरी पोस्ट
क्वारेन्टाइनमा कुनै पनि असुविधा हुन नदिने नरैनापुरको निर्णय

नरैनापुर(बाँके)। कोरोना भाइरस विरुद्धको अभियानलाई प्रभावकारी बनाउन बाँकेको नरैनापुर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको बैठकले विभिन्न निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमह शाहको अध्यक्षतामा जय किसान माविमा बनाइएको क्वारेन्टाइन स्थलमा शुक्रबार भएको बैठकले क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुलाई कुनै पनि असुबिधा हुन नदिनका लागि ब्यापक तयारीका साथ अगाडि बढ्ने निर्णय गरेको छ ।

जयकिसान माविको क्वारेन्टाइनमा भारतबाट मजदुरी गरेर फर्केका १ सय ५० को संख्यामा रहेका ब्यक्तिहरुको झुल, खानेपानी, साबुन, निर्धारित मापदण्ड अनुसार खाजा नास्ता, शौचालय र स्वास्थ्य परीक्षण लगायतको ब्यवस्थापन गर्नको लागि जिम्मेवारी समेत बाँडफाँड गरेको नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताउनुभयो । यसैगरी भारतीय सीमाबाट अझैं पनि लुकीछुपी नेपालीहरु घर फर्किरहेको पाइएकाले सीमा क्षेत्रमा कडा सुरक्षा ब्यवस्था गरी सीमा नाकाबाट आवतजावतमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय समेत गरिएको सूचना अधिकारी मिश्राले बताउनुभयो ।

कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न सरकारले लागू गरेको ‘लकडाउन’का कारण गैरश्रमिक, बिपन्न परिवार तथा असहाय परिवारहरुमा खाद्यान्न तथा अन्य आवश्यक सामग्रीको अभाव हुन नदिन त्यस्ता परिवारहरुको तथ्यांक संकलन गरी उनीहरुलाई गाउँपालिका मार्फत् एकद्वार प्रणाली अन्र्तगत् यथाशिघ्र राहत सामग्री उपलब्ध गराउन सम्पूर्ण वडालाई जिम्मा दिने बैठकमा निर्णय गरिएको गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो ।

‘लकडाउन’ का कारण बढी मारमा परेको गैर श्रमिक, बिपन्न परिवार तथा असहाय परिवारहरुलाई राहत प्याकेज अन्तर्गत् २० किलो चामल, २ किलो दाल, १ बोतल खाने तेल तथा १ प्याकेट नुन उपलब्ध गराउने गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो । गाउँपालिकाले यसअघि ‘कोरोना भाइरस संक्रमण उपचार कोष’ खडा समेत गरेको छ ।

गाउँपालिकाले १५ लाखको कोष खडा गरेर बिहिवारदेखि खाता संचालन गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो। कोेषमा गाउँपालिका अध्यक्ष शाहले ब्यक्तिगत २५ हजार रुपैयाँ जम्मा गरेर कोषको स्थापना गरेको प्रमुख प्रशासकीय अधिकृत खरालले बताउनुभयो । अध्यक्ष शाहले कोषमा सक्दो रकम जम्मा गरेर कोरोना विरुद्ध गाउँपालिकाले थालेको अभियानमा सहयोग गर्न सबैमा अपिल समेत गर्नुभएको छ ।


प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  २२:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP