prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालमा लकडाउन कहिले सम्म,भारततिर हेर्नुपर्छ:सरकारी सूत्र
नेपालमा लकडाउन कहिले सम्म,भारततिर हेर्नुपर्छ:सरकारी सूत्र
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत २२, २०७६ बागेश्वरी पोस्ट
नेपालमा लकडाउन कहिले सम्म,भारततिर हेर्नुपर्छ:सरकारी सूत्र

काठमाडौं । मुलुकलाई कोरोनाको संक्रमणबाट जोगाउन सरकारले दोस्रोपटक  घोषणा गरेको लकडाउनको अवधि मंगलबार (चैत २५ गते) सकिँदैछ ।

paribartan 1

तर, सरकारले अहिलेसम्म मंगलबारपछि लकडाउनको अवधि बढाउनेरनबढाउने बारे अहिलेसम्म सूचना दिएको छैन । चैत २५ पछि लकडाउन जारी रहन्छ कि खुल्छ भन्ने  सवालमा एक मन्त्रीले भने, ‘हामीले मात्र भनेर हुँदैन, भारतमा के हुन्छ, त्यो पनि हेर्नुपर्छ, किनभने कोरोना अब नेपालको मात्र समस्याको विषय रहेन ।’

तर, सरकारले अहिलेसम्म २५ गतेपछि के गर्ने भन्नेबारे सोच्न र निर्णय लिन बाँकी रहेको उनले बताए । मंगलबारअघि नै उसबारे सरकारले ठोस निर्णय लिने उनको भनाइ छ ।

भारतमा वैशाख २ सम्म लकडाउन

भारत सरकारले अप्रिल १४ अर्थात आगामी बैशाख २ गतेसम्म लकडाउन घोषणा गरेको छ ।

बैशाख २ पछि के गर्ने भन्नेबारे मोदी प्रशासन अहिलेसम्म गृहकार्यमै छ । यसैवीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहीबार सबै राज्यका मुख्यमन्त्रीहरुसँग बैठक गरेका थिए, जसमा अप्रिल १४ पछि के गर्ने भन्नेबारेमा पनि छलफल भएको थियो ।

मोदीसँगको छलफलपछि अरुणाचल प्रदेशका मुख्यमन्त्री प्रेमा खाँडूले यस्तो ट्विट गरेका थिए, ‘१५ अप्रिलमा लकडाउन समाप्त हुनेछ । तर, यसको मतलब यो होइन कि तपाई गल्लीमा खुल्लामखुल्ला घुम्न पाउनुहुनेछ । हामीले कोरोनाको संक्रमण कम गर्नका लागि निरन्तर प्रयास गर्न जरुरी छ । लकडाउन र सोसल डिस्ट्यान्सिङ नै यसलाई समाधान गर्ने सबैभन्दा प्रभावकारी उपाय हो ।’

मुख्यमन्त्री खाँडूले केहीबेरमै ट्विट डिलिट गरे । तर, उनको यही भनाइलाई आधार बनाउँदै भारतीय सञ्चारमाध्यमहरुले भनेका छन् कि अप्रिल १५पछि भारतमा लकडाउन हट्न पनि सक्छ, तर केही निश्चत सर्तहरुका साथ ।

परिस्थितिमा सुधार नआएको अवस्थामा भारतको लकडाउन अरु लम्बिन पनि सक्छ । यसैवीच भारत सरकारले १४ अप्रिलसम्म लकडाउन घोषणा गरे पनि एयर इण्डियाले अप्रिल ३० तारेखसम्मको टिकट बुकिङ बन्द गरेको छ ।

नेपालमा के होला ?

भारतसँग प्रत्यक्ष सीमा जोडिएको नेपालमा चैत २५ पछि के गर्ने भन्ने प्रश्न निररुत्तरित छ । यसका लागि सरकारसँग करिब तीनवटा विकल्प देखिन्छन्

 १-भारतमा लकडाउन जारी रहे पनि नेपालमा खोल्ने ।

२-भारतले जहिलेसम्म लकडाउन गर्छ, त्यसैलाई पछ्याइरहने ।

३- भारतले जे गरे पनि चैत २५ देखि सर्तसहित खुल्ला गर्ने ।

लकडाउन खोल्ने कि जारी राख्ने भन्ने कुरा छिमेकीको भन्दा पनि आफ्नै देशभित्रको अवस्थालाई विचार गरेर निर्णय लिनु बुद्धिमत्ता हुने देखिन्छ ।

देशभित्रको अवस्थालाई विचार गरेर निर्णय लिनु बुद्धिमत्ता हुने देखिन्छ । कोरोना फैलन नदिने सरकारले जसरी लकडाउनको घोषणा गर्‍यो, त्यसले गर्दा भाइरस फैलन नपाएको भन्दै आम जनसमुदायले सरकारको अहिलेसम्मको निर्णयलाई साथ दिएका छन् ।

तर, लामो समयको लकडाउनले जनजीवनमा अप्ठ्यारो परिरहेको छ । अर्कोतर्फ मुलुकको अर्थतन्त्र चौपट बनेको छ । तर, अर्कोतिर लकडाउनलाई खुल्ला गर्दा कोरोनाको महामारी समदायमा फैलिएला कि भन्ने जोखिम नि हटिसकेको अवस्था छैन ।

इरान, इटली र अमेरिकामा हेलचेक्र्याइँ गर्दा ठूलो दुर्घटना निम्तिएको अवस्था छ । भारतको तयारीलाई हेर्दा त्यहाँ निश्चित सर्तहरु राखेर लकडाउनलाई खुकुलो पार्ने विषयमा छलफल भइरहेको देखिन्छ । तर, वैशाख २ सम्म सिंगो देश लकडाउनमै रहनेछ ।

किनभने, भारतमा कोरोना इम्पोर्टेडबाट समुदायमा प्रवेश गर्न थालेको अवस्था छ । नेपाल सरकारले चाहिँ अब २५ गतेपछि के गर्ला त ? चैत महिनाभरि लकडाउनको निरन्तरता ? वा सर्तसहितको खुकुलो ? अहिलेसम्म सरकार अन्योलमा छ ।अनलाइनखबरबाट।


प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP