prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारीमा सुबिधा सम्पन्न क्वारेन्टाइन,सबै सुबिधा ब्यबस्था गरेका छौ:वडा अध्यक्ष बस्नेत
राप्तीसोनारीमा सुबिधा सम्पन्न क्वारेन्टाइन,सबै सुबिधा ब्यबस्था गरेका छौ:वडा अध्यक्ष बस्नेत
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २३, २०७६ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा सुबिधा सम्पन्न क्वारेन्टाइन,सबै सुबिधा ब्यबस्था गरेका छौ:वडा अध्यक्ष बस्नेत

बाँके(अगैया)। बिश्व अहिले कोरोना भाइरस संक्रमणबाट गुज्रिएको अवस्था छ। बिश्व नै अहिले लकडाउनको अवस्थामा छ।

paribartan 1

नेपालमा पनि कोरोना संक्रमण रोक्न सरकारले लकडाउन गरेको छ भने बिदेशबाट आएका र त्यस्तो संक्रमणको संका लागेमा बस्नलाई क्वारेन्टाइन समेत बनाइएको छ।

त्यस्तै राप्तीसोनारी गाँउपालिकाले पनि वाइफाइ सुबिधा सहितको आधुनिक क्वारेन्टाइन सञ्चालनमा ल्याइसकेको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शम्सेरगन्जस्थित शिवशक्ती माध्यामिक बिद्यालयमा क्वारेन्टाइन स्थापना गरिएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन गाउँपालिकाले वडा नम्बर २, ८ र ९ लाई लक्षित गरेर उक्त बिद्यालयमा १५ शैया क्षमताको क्वारेन्टाइन सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो ।

भारत लगायत अन्य देशबाट फर्केर आएका राप्तीसोनारी क्षेत्रका ब्यक्तिलाई उक्त क्वारेन्टाइनमा राखिने उहाँले बताउनुभयो । वडा नम्बर ८ का वडाध्यक्ष खुमबहादुर बस्नेतका अनुसार उक्त क्वारेन्टाइनमा ३ जना स्वास्थ्यकर्मी, एक जना कार्यालय सहयोगी र खाना पकाउने जनशक्ति समेतको ब्यवस्था गरिएको छ ।

क्वारेन्टाइनमा बस्ने ब्यक्तिलाई मनोरञ्जन प्रदान गर्न इन्टरनेट वाइफाइको ब्यवस्था गरिएको उहाँले बताउनु भयो ।साथै, क्वारेन्टाइनमा बस्नेलाई कपडाको समेत ब्यबस्था समेत गरिएको र उनीहरुलाई चाहिने दैनिक बस्तु समेत उपलब्ध गराइएको अध्यक्ष बस्नेतले बताउनुभयो।

बस्नेतका अनुसार अहिले क्वारेन्टाइनमा २२ बर्षका एक ब्यक्ती रहेको र उहाँको लागि सबै प्रबन्ध गरिएको छ। अहिले १५ शैयाको भएपनि आवश्यकता अनुसार बढाएर एक सय शैयासम्म पुर्याउन सकिने वडाध्यक्ष बस्नेतको भनाई छ । ‘अहिले तत्कालको लागि मात्र १५ शैयाको बनाएका छौं, आवश्यकता अनुसार अझै १ सय शैयासम्मको बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो ।

क्वारेन्टाईनमा ४ पटक खाना, पानी, झुल, कम्बल, टाबेल र ब्रुस, मन्जनको ब्यवस्था पनि गरिएको उहाँले जानकारी दिनुभयो ।क्वारेन्टाइनमा बस्नेहरुको पिडा कम गर्न घरमैत्री बाताबरण बनाइएको अध्यक्ष बस्नेतले भन्न्नुभयो। यति मात्रै होइन, क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबैलाई बस्नलाई अलग अलग ब्यबस्था गरिएको बस्नेतले भन्नुभयो।

लकडाउनमा समेत दैनिक मजदुरी गर्ने र बिपन्न परिवारका ब्यक्तिहरुलाई समेत खानाको अभाब नहोस् भन्दै तत्काल राहत बाड्न सुरु गर्न गइरहेको अध्यक्ष बस्नेतले बताउनुभयो।त्यस्ता बर्गको नाम संकलन कार्य भइरहेकोले भोलि सम्ममा राहत बाड्ने भएको बस्नेतले भन्नुभयो।

रेडक्रससँगको सहकार्यमा सन्चालनमा आएको उक्त क्वारेन्टाइन उद्घाटनका क्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत, अध्यक्ष खुम बहादुर बस्नेत, श्री मेहर गणका प्रमुख , कोहलपुर प्रहरी प्रमुख डिएसपी कुलदिप चन्द, रेडक्रसका वरिष्ठ शाखा अधिकृत दोलख डाँगी लगायतले क्वारेन्टाइन अवलोकन गर्नुभएको थियो ।

राप्तीसोनारी गाउँपालिकाले वडा नम्बर १ देखी ९ सम्म भारत लगायत अन्य देशबाट आउने ब्यक्तिलाई निगरानी बढाएको जनाएको छ । गाउँपालिकाले विभिन्न वडामा मास्क वितरण गर्नुका साथै हात धुने ब्यवस्था मिलाएको छ ।साथै अध्यक्ष बस्नेतले कोरोनाबाट बच्न सरकारले लगाएको लकडाउनको पालना गर्दै सवै सुरक्षित रहन आग्रह गर्नुभएको छ।


प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP