नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँच्न पाउने अधिकारको रक्षा गर्न उच्च अदालतको अन्तरिम आदेश
बाँच्न पाउने अधिकारको रक्षा गर्न उच्च अदालतको अन्तरिम आदेश
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २८, २०७६ बागेश्वरी पोस्ट
बाँच्न पाउने अधिकारको रक्षा गर्न उच्च अदालतको अन्तरिम आदेश

नेपालगञ्ज। उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले आज नेपाल भारत सिमावर्ती क्षेत्रमा रहेका नेपाली नागरिकको स्वस्थ र सम्मानपुर्वक बाँच्न पाउने हकको सुनिश्चित गर्न अन्तरिम आदेश जारी गरेको छ ।

नेपालको जयसपुर नाकामा अस्थायी क्वारेन्टाइन र भारतको नानपारा समेतमा अलपत्र परेका नेपाली नागरिकहरुको बाँच्न पाउने हक रक्षार्थ परमादेश जारीको माग गर्दै बिहिवार उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासमा रिट निवेदन दायर गरिएको थियो ।

न्यायधिश पवन कुमार शर्मा न्यौपानेको एकल इजलाशले आज जिल्ला प्रशासन कार्यालय बाँके, बर्दिया, जिल्ला विपत व्यवस्थापन समिति बाँके, मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ५ नं. प्रदेश, बुटवल समेत १८ निकायलाई सो आदेश दिएको हो ।

अधिवक्ताहरु सुनिल कुमार क्षेष्ठ, भोलासिंह हमाल, प्रहलाद बहादुर कार्की, वसन्त गौतम, विकास आचार्य, बलबहादुर चन्द, विश्वजीत तिवारी, धु्रव प्रसाद वस्याल, इश्वरी प्रसाद ज्ञवाली, गणेश प्रसाद शर्मा, चित्र बहादुर शाही, मो अयूव सिद्यीकी, राम कुमार दिक्षीत, प्रभाकर भटराई, पूर्ण प्रसाद ढकालले अदालतमा बहस गर्नु भएपछि न्याधिश शर्माले १५ दिनभित्र लीखीत जवाफ पेश गर्न विपक्षीका नाममा आदेश दिनु भएको हो ।

सिमामा अलपत्र परेका नागरिकलाई उद्धार गरि क्वारेन्टाईनमा कोभिड– १९ सम्वन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्ड र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यवस्थापन गरि संरक्षण सम्वद्र्धन गर्नु, गराउनु र सुरक्षार्थ खटीएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेतलाई पीपीइको उचित व्यवस्था गर्न आदेश दिइएको छ ।

आदेशमा भारतमा रहेकाहरुलाई समेत नेपाल ल्याई निर्मीत क्वारेनटाइनमा आवश्यक समयावधी समम राखेर थ्रोट स्वाव परिक्षण गरि नागरिकको अधिकार पालना गर्नु, गराउनु र क्वारेन्टाइनमा राखीएकालाई उचित खाना, शद्ध खानेपानी, विछयौना, शुलभ शौचालयको व्यवस्थापन गरि चिकीत्सकको निगरानीमा राख्न लगाउनु÷ राख्नु भनी विपक्षका नाममा मुलुकी देवानी कार्यविधी संहिंता,२०७४को दफा १५८ तथा उच्च अदालत नियमाविली २०७३को नियम ४२(१) वमोजीम अन्तरिम आदेश जारी भएको अदालतका सूचना अधिकारी मुन्नासिंह क्षेत्रीले जानकारी दिनु भयो ।

कोरोना भाइरस (कोभिड –१९) को महामारीको संक्रमण फैलिन नदिन नेपाल सरकारले २०७६ साल चैत्र ११ गते देखि लकडाउन गरेको छ । नानपारा क्वारेनटाइनमा रहेका ३२ नेपाली नागरिकले शुद्ध खाना, खानेपानी, औषधी समेत नपाई कष्टकर अवस्थामा रहेको तथा जयसपुर स्थित क्वारेन्टाइनमा समेत सहज खाना, शौचालय लगायतका समस्या देखीएपछि अदालतमा मुद्धा दर्ता गर्नु परेको रिट निवेदक मध्येका अधिवक्ता प्रहलाद बहादुर कार्कीले बताउनु भयो ।

बारका पुर्व उपाध्यक्ष समेत रहनु भएका कार्कीले मानवीयतासँग समेत जोडीएको यो आदेशलाई तत्काल सम्वोधन गर्ने बातावरण बनाइनु पर्ने बताउनु भयो । यस अघि सम्वाद समूह बाँकेका तर्फबाट नानपारा क्वारेन्टाइनमा रहेकाको अवस्था बारे चासो राखीएपछि समाचारहरु सार्वजनिक भएका थिए ।


प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १९:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP