नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारी राहत वितरण,क्विक रेस्पोन्स टिमले घरमै राहत पुर्याउने ब्यवस्था
राप्तीसोनारी राहत वितरण,क्विक रेस्पोन्स टिमले घरमै राहत पुर्याउने ब्यवस्था
RSG-2
फोन गरेको ३० मिनेटमा राहत पुर्याइन्छ: प्रमुख प्रशासकीय अधिकृत-बस्नेत
बागेश्वरी पोस्ट
शनिबार, चैत २९, २०७६ बागेश्वरी पोस्ट
राप्तीसोनारी राहत वितरण,क्विक रेस्पोन्स टिमले घरमै राहत पुर्याउने ब्यवस्था

बाँके(अगैया)।राप्तीसोनारी गाउँपालिकाले दैनिक ज्याला मजदुरी गर्ने परिवारका लागि शनिबारबाट राहत वितरण सुरु गरेको छ ।

गाउँपालिकाले वडा नम्बर २ बाट राहत वितरण सुरु गरेको हो । यसका लागि गाउँपालिकाले वडा नम्बर ९ वटै वडाबाट करिव ४ हजार परिवारको तथ्यांक संकलन गरेको थियो । ती परिवारलाई प्याकेजसहित राहत वितरणको काम सुरु गरिएको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष खुम बहादुर बस्नेतले बताए। बिशेष गरेर ‘दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई प्याकेजसहित राहत वितरण सुरु गरेका छौं,’ बस्नेत भने ।

‘ वडाबाट चार हजार बराबर सम्भावित तथ्यांक आएको छ, सोही तथ्यांक अनुसार अब प्रत्येक वडाले राहत वितरण गर्नेछन् ।’ दैनिक ज्याला मजदुरी गर्ने परिवारले ‘खान नपाएको’ भनि वडाका जनप्रतिनिधीलाई फोन गर्ने वित्तिकै आधा घण्टा भित्रमा घरमै गएर क्विक रेस्पोन्स टिमले राहत सामाग्री पुर्याउने ब्यवस्था गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।

 ‘कसैले खाना खाए पाएन, भोकै बसेको छु, मेरो चुलो बलेेेन भनेर फोन गर्यो भने आधा घण्टाभित्रै उपलब्ध हुने गरी राहत प्याकेज घरमै पुर्याउने ब्यवस्था मिलाइएको छ, यसका लागि राहत सामाग्री वडामा गइसकेको ’ प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने।

गाउँपालिकाले राहत वितरणका लागि परिवार संख्याको आधारमा तीन प्रकारको प्याकेज बनाएको छ । ‘एक जनाको परिवारलाई चार किलो, चार जना सम्मको परिवारलाई १२ किलो र पाँच जनाभन्दा बढी भएको परिवारलाई १६ किलो चामल तथा त्यसमा दाल, नुन, तेल दिइन्छ,’ बस्नेतले भने ।

वडा अध्यक्ष बस्नेतले राहत वितरणको काम सुरु भइसकेकाले दैनिक ज्याला मजदुरी गर्ने परिवारले सम्बन्धित वडामा सम्पर्क गरेर लिन सक्ने बताए । ‘उहाँहरुको सुबिधाको लागि हामीले राहत सामाग्री घरमै पुर्याइदिने ब्यवस्था मिलाएका छौं, लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवार कोही पनि भोकै नबस्नु होला,’ बस्नेतले भने ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन लम्बिदाँ राप्तीसोनारी क्षेत्रभित्र दैनिक ज्याला मजदुरी गर्ने परिवारको बिचल्ली भएको छ । लकडाउनबाट प्रभावित गरिव तथा विपन्न परिवारप्रति गाउँपालिका सम्बेदनशिल रहेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।

राहत वितरणको काम ब्यवस्थित र पारदर्शी रुपले सञ्चालन गर्न सबै वडाका जनप्रतिनिधीलाई निर्देशन समेत दिइसकेको छ। गाउँपालिकाले राप्तीसोनारीका सबै १५ हजार परिवारका लागि पनि एक लिटर तेल, एक किलो नुन र साबुन दिने भएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने।

लामो समयदेखी चलेको लकडाउनका कारण आर्थिक रुपले सक्षम परिवार पनि बाहिर निस्कन नपाएको हुँदा यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै क्विक रेस्पोन्स टिममा गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सबै वडा अध्यक्षहरु, नेपाल प्रहरी र रेडक्रसका प्रतिनिधि रहेका छन्।


प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  १९:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP