prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • निशुल्क पाइने स्यानीटाइजर बिक्री गर्ने नेपालगन्जको कमला मेडिसिनमा प्रहरीको छापा
निशुल्क पाइने स्यानीटाइजर बिक्री गर्ने नेपालगन्जको कमला मेडिसिनमा प्रहरीको छापा
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख ३, २०७७ बागेश्वरी पोस्ट
निशुल्क पाइने स्यानीटाइजर बिक्री गर्ने नेपालगन्जको कमला मेडिसिनमा प्रहरीको छापा

नेपालगन्ज ।निशुल्क रुपमा पाइने स्यानीटाइजर नेपालगन्जमा बिक्री गरेको तथ्य बाहिर आएको छ।

paribartan 1

एसआर नामक ड्रग कम्पनीले केही दिन अघि नेपाल सरकार मार्फत नेपाली जनताका लागि निशुल्क रुपमा उपलब्ध गराईएको स्यानीटाइजर नेपालगञ्ज स्थित कमला मिडिसिन ड्रग हाउसले बिक्री बितरण गरिरहेको पाइएपछी मंगलबार सांझ उक्त हाउसमा प्रहरीले छापा मारेको छ ।

नेपालगञ्जको सुर्खेत रोडमा रहेको होटेल कृण्णा सिग्नेट होटेलका मालिक समेत रहेका दीपेन्द्र अग्रवालले सञ्चालन गरिरहेको कमला मेडिसिन फर्मको नामबाट एसआर ड्रग कम्पनीले नेपाल सरकार, स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई  निशुल्क उपलब्ध गराएको एस आर केयर हयाण्ड स्यानीटाइजर ५०० एमएलको प्रति शिशि रु ६०० मा बिक्री बितरण गरेको पाइएपछी प्रहरीले मंगलबार सांझ उक्त कमला मेडिसिनमा छापामारि सिलबन्दी गरेको हो ।

बिश्व नै कोरोना भाइरस महामारीबाट ग्रसित भएको अवस्था र नेपालमा समेत कोरोनाको रोकथामको लागि सबै जुटिरहेको अवस्थामा दीपेन्द्र अग्रवालले भने भ्रष्टाचारीहरुसंगको मिलेमतोमा नेपाली जनताको लागि निजि फर्मले सरकारलाई सहयोग उपलब्ध गराएको स्यानीटाइजर मिलेमतोमा बिक्री गरेको पाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

अग्रवाल परिवारले लामो समयसम्म नेपालका बिभिन्न जिल्ला जनस्वास्थय प्रमुखहरुसंग मिलेर औषधीको सप्लायर्सको काम गर्ने गरेकोमा केही भ्रष्ट स्वास्थ्यकर्मिहरुसंगको हिमचिम बढाएर निजि क्षेत्रबाट औषधीमा माफियाकै रोल निभाउने गरेको मंगलबारको घटनाक्रमले समेत पुष्टी गर्ने गरेको छ ।

कमला मेडिसिनका मालिक समेत रहेका दीपेन्द्र अग्रवालले स्वाथ्य कार्यालयका भ्रष्ट कर्मचारीसंग मिलेर सयौं लिटरको हजारौं शिशिमा रहेको ५ सय एमएलको प्रति शिशि रु ४ सयमा खरिद गरि आफनो नजिकैको एक जना साथीलाई प्रति शिशि रु ४ सय ५० मा किन्न सिफारिस सहित गएकोमा उक्त ब्यक्तीले यसरी यस्तो अवस्थामा गलत गरेर पैसा कमाउन मलाई छैन भनी फिर्ता गरिदिएकाले उक्त भ्रष्ट स्वाथ्यकर्मिले अग्रवालको सहयोग अन्य ठाउंमा समेत उक्त निशुल्क स्यानिटाइजर बिक्री बितरण गरेको हुनसक्ने आशंका गरिएको छ ।

दीपेन्द्र अग्रवालकै रहेको होटेल सिग्नेट कृष्णा सगै जोडिएर रहेको उक्त कमला मेडिसिन मार्फत बिगतमा समेत बिभिन्न बिवादमा आउने गरेका थिए । मंगलबारको स्यानिटाइजर काण्डमा एसआर नामक ड्रग कम्पनीले सरकारलाई शिशि बाहिर मुल्य नै नराखेर नटफर सेल्स समेत लेखेको र निशुल्क रुपमा दिएको एसआर केयर नामक स्यानीटाईजर नेपालगञ्जको सुर्खेत रोडमा दिपेन्द्र अग्रवालले सञ्चालन गरिरहेको कमला मेडिसिन मार्फत बिक्रि बितरण भएको पाईएको थियो ।

उक्त स्यानिटाईजरमा लेवल समेत अर्को छोपिएको र नटफर सेल्स लेखिएको तर प्रति शिशि रु ६०० का दर बिक्री बितरण गरेको पाइएपछी एक जना मदन भण्डारी नामक ब्यक्तीले उक्त शिशिको फोटो समेत हाली सरोकारवाला निकाय हेलो सरकार र नेपाल प्रहरीको फेस बुकमा ध्यानाकर्षण गराउनुभएको थियो ।

भण्डारीले आफनो फेसबुक पेजमा पोष्ट गरेपछी तुरुन्तै प्रधानमन्त्री कार्यालयबाट प्रहरी प्रधान कार्यालयमा छानबीन गरि आवश्यक काम कार्बाहीको जानकारी गराउन निर्देशन दिइएको थियो । प्रहरी प्रधान कार्यालयबाट प्रहरी प्रमुख आइजिपिले आफै जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुखलाई फोन मार्फत स्यानिटाइजर काण्ड के कसो हो र छानबीन गरि जानकारी गराउन निर्देशन गर्नु भएको थियो ।

आइजिपिको फोन पछी वडा प्रहरी कार्यालय नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुख बीर बहादुर वलीको समेतको टोली उक्त कमला मेडिसिनमा पुगेर आवश्यक प्रक्रिया पुरा गरेर छापा मारि मेडिसिनको सम्पूर्ण कारोबार सिल गरेको छ । मंगलबार राती अबेर सम्म उक्त कमला मिडिसिनका लेखापाल सम्पर्कमा नआएकाले के – कतीको बाट खरिद गरिएको र को–कस्लाई कति बेचेको भन्ने रेकर्ड नपाइएकाले छानबीन टोलीले सिल गरेर छानबीन गरिरहेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रमुख प्रहरी उपरिक्षक बीर बहादुर वली जानकारी दिनुभएको छ।

प्रमुख वलीले कमला मेडिसिनमा माथीको निर्देशन बमोजिम जिल्ला प्रहरी कार्यालयको अनुसन्धान सहितको टोलीले छापा मारेर सिल गरि छानबीन भईरहेको तर उक्त मेडिसिनका सञ्चालक पक्राउ नगरिएको आवश्यक परे बुधबार पक्राउ गर्न सकिने जानकारी दिनुभएको छ ।

दीपेन्द्र अग्रवाल होटेल तथा आफुले सञ्चालन गरेका ब्यावसायक फर्ममा घटना आफै घटनाउने र सम्वन्धीत निकायबाट छानबीन हुनलागेमा काम गर्ने मजदुरलाई अगाढी सारेर मालिक उम्कने गरेको अग्रवाल निकट ब्यक्तीहरुले जानकारी दिने गरेका छन ।

उक्त स्यानीटाइजर कोरोना भाईरस प्रतिरोधक एक किसिमको इस्प्रीट रहेको र उक्त इस्प्रीटले हात सफा गरेमा कोरोना भाइरस निस्तेज हुनेभएकाले सरकार मार्फत सजिलै निशुल्क रुपमा पाउन भनेर बिभिन्न संघ–संस्था तथा कम्पनीहरुले सरकारलाई निशुल्क रुपमा नट फर सेल्स भनेर स्यानीटाइजर उपलब्ध गराएका थिए । सोही स्यानीटाइजर अग्रवालले कमला मेडिसिन मार्फत बिक्री गरेको खुलेको हो । हाम्रोसंरचनाबाट साभार।


प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १०:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP