prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सर्वोच्चको आदेशविपरीत गुपचुप भूमि आयोग गठन
सर्वोच्चको आदेशविपरीत गुपचुप भूमि आयोग गठन
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख ७, २०७७ बागेश्वरी पोस्ट
सर्वोच्चको आदेशविपरीत गुपचुप भूमि आयोग गठन
देवीप्रसाद ज्ञवाली‌

काठमाडौं । सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेश छलेर मुलुकलाई ठूलो व्ययभार हुने गरी भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको‌ खुलेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण त्रासले देशै संकटमा परेका बेला सर्वोच्चको आदेशविपरीत गुपचुप आयोग गठन गरिएको हो। सुकुम्बासी समस्या समाधान आयोग गठन अवैध रूपमा गरिएको भन्दै सर्वोच्चले २०७१ सालमा अन्तरिम आदेशमार्फत त्यसलाई रोक लगाएको थियो। त्यो आदेश अहिलेसम्म खारेज भएको छैन। आदेश चालू रहेकै अवस्थामा त्यसविपरीत उस्तै प्रकृतिको भूमि आयोग गठन गरिएको हो।

गत चैत ९ गते नै आयोग गठन गरे पनि गुपचुप राखिएको थियो। मन्त्रिपरिषद् बैठकको उक्त निर्णय मंगलबार राजपत्रमा प्रकाशन भएपछि मात्र सार्वजनिक जानकारीमा आएको हो। आयोग पदाधिकारीले बुधबार नियुक्तिपत्र बुझेका छन्।

आयोगको कार्यकाल चार वर्षको रहनेछ। देवीप्रसाद ज्ञवाली‌ अध्यक्ष, भूमि अधिका‌रकर्मी जगत देउजा, पूर्वसभासद् दिनेशचन्द्र यादव, नेकपा कार्यकर्ता भीमबहादुर कार्की र मञ्जली शाक्य सदस्य छन्। ‌आयोग अध्यक्ष ज्ञवाली भरतपुर महानगरपालिकाको निर्वाचनमा एमालेका तर्फबाट पराजित उम्मेदवार हुन्। आयोगका सदस्य–सचिवमा भूमि‌व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव छन्। सात प्रदेश सरकारले तोकेका एक/एक जना सदस्य रहनेछन्।

सर्वोच्चका तत्कालीन न्यायाधीश कल्याण  श्रेष्ठ, गोपालप्रसाद पराजुली र ओमप्रकाश मिश्रको विशेष इजलासले २०७१ माघ ८ गते सुकुम्बासी आयोग गठन अवैध रहेको भन्दै अन्तरिम आदेशमार्फत रोक लगाएको थियो। उक्त आदेश दिने तीनै जना प्रधानन्यायाधीश भएर अवकाश भइसकेका छन्।

सर्वोच्चले त्यति बेला आयोग गठन प्रक्रिया कानुन प्रतिकूल देखिएको र ऐनको परिभाषाअनुरूप नभएको निष्कर्ष निकालेको थियो। तत्कालीन आयोग विवादास्पद देखिएको भन्दै जारी अन्तरिम आदेश कायमै छ। सरकारले २०७१ साउन १९ गते यस्तो आयोग गठन गरेको थियो। राजनीतिक व्यक्ति र आसेपासे कार्यकर्तालाई रोजगारी दिने मनसायले त्यो आयोग गठन गरिएको भन्दै अधिवक्ता चन्द्रमणि पौडेलले रिट निवेदन दिएका थिए।

‘त्यति बेला आयोगमा आफ्ना मान्छे भर्ती गरी राजनीतिक स्वार्थका लागि वनजंगलको विनाश, सरकारी पर्ती र सार्वजनिक जग्गा कार्यकर्ता र आफ्ना मान्छेलाई दिने आशंकामा रिट दिएको थिएँ’, अधिवक्ता पौडेलले अन्नपूर्ण पोस्ट्सँग भने, ‘त्यसलाई अन्तरिम आदेशमार्फत रोकिरहेको अवस्थामा फेरि उस्तै प्रकृतिको अर्को आयोग गठन गरिएको छ। सरकारको यो निर्णय सर्वोच्च अदालतको अन्तरिम आदेशको ठाडै विपरीत छ।’ आयोग खारेजी र अदालतको अवहेलनामा कारबाहीका लागि पुनः सर्वोच्च जाने उनको भनाइ छ।

भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न भन्दै भूमि आयोग गठन गरिएको हो। आयोग अध्यक्षले राज्यमन्त्री र सदस्यहरूले सचिवसरहको सेवासुविधा पाउनेछन्। यसबाहेक ७७ वटै जिल्लामा आयोगका संयोजक‌ हुनेछन्। उनीहरूले पनि सहसचिवसरह सुविधा पाउनेछन्। जिल्ला सदस्य दुई जनाका दरले अधिकृतसरहको सुविधा पाउने गरी १ सय ५४ जना रहनेछन्। उनीहरूका लागि सवारी साधन, सवारी चालक, पेट्रोल, कार्यालयका लागि कर्मचारी, कार्यालय खर्च आवश्यक पर्नेछ।

पूर्वसचिव भीम उपाध्यायले मुलुक संकटबाट गुज्रिरहेका बेला आयोग गठनले अनावश्यक व्ययभार बढ्ने भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन्। उपाध्यायका अनुसार आयोगको खर्च झन्डै सवा अर्ब हुनेछ।

वरिष्ठ अधिवक्ता यदुनाथ खनालले संकटको मौका छोपेर सरकारले कार्यकर्ता पोस्न आयोग गठन गरेको बताए। अब सर्वोच्च गुहार्नुको विकल्प नरहेको उनको भनाइ छ। ‘राज्यको दोहन गरेर आफ्ना कार्यकर्ता पोस्ने योजना मात्र हो’, उनले भने, ‘अहिलेको प्राथमिकता आयोग गठन हो कि कोरोना संक्रमणको रोकथाम र अलपत्र नागरिकको बाँच्न पाउने अधिकार रक्षा ? ’ सर्वोच्चको अन्तरिम आदेश कायमै रहेको अवस्थामा त्यसलाई छलेर अर्को आयोग गठन गर्ने कार्यले विधिको शासनको खिल्ली उडाएको उनको भनाइ छ। अन्नपूर्णबाट


प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  ०८:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP