prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सम्वाद समूहको छ्लफलमा कोरोना विरुद्ध समन्वय र सहकार्यको प्रतिवद्धता
सम्वाद समूहको छ्लफलमा कोरोना विरुद्ध समन्वय र सहकार्यको प्रतिवद्धता
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख ८, २०७७ बागेश्वरी पोस्ट
सम्वाद समूहको छ्लफलमा कोरोना विरुद्ध समन्वय र सहकार्यको प्रतिवद्धता

नेपालगञ्ज । कोरोेना (कोभिड–१९) रोकथाम, नियन्त्रण र व्यस्थापनका लागि समन्वय र सहकार्यलाई जोड दिने प्रतिवद्धता व्यक्त गरिएको छ ।

paribartan 1

सम्वाद समूह बाँकेको पहलमा आज सरोकार निकायबीचको अन्तरक्रियात्मक सम्वादमा सम्वद्ध सरोकार अधिकारीले सो कुरा व्यक्त गरेका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा गरिएको सम्वादमा कोरोना नियन्त्रणका लागि गरिएको हालसम्मको पहल, सरोकारवालावीचको समन्वय र सहकार्य, स्वास्थ्य परिक्षण र थप प्रभावकारी सेवा प्रवाह, सहज र सुरक्षित वातावरण सिर्जनाका लागि गर्नुपर्ने आगामी तयारीका सवालमा व्यापक छलफल भएको थियो ।

सरोकार निकायबीच प्रभावकारी समन्वय र सम्वाद नहुँदा चुनौतिहरु थपिँदै गएको गुनासो आएपछि विवाद र द्वन्द न्यूनीकरणमा क्रियाशील समूहले सम्वादको वातावरण बनाइदिएको हो । जनप्रतिनिधि, स्वास्थ्य विज्ञ, चिकित्सक, सुरक्षा अधिकारी समेतको उपस्थितिमा भौतिक दुरी कायम राख्दै गरिएको अन्तर सम्वादमा सम्वाद समूहका सहजकर्ता एवं पत्रकार शुक्रऋषि चौलागाईले निरन्तर सम्वादले थप स्पष्टता, सहकार्य र सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्दै कार्यक्रमको सहजीकरण गर्नुभयो ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेण्ट डा. राजन पाण्डेले चिकित्सक र स्वास्थ्यकर्मीको पहलले मात्र कोरोना नियन्त्रण हुन नसक्ने भएकाले सामुहिक सम्वेदनशीलता र जिम्मेवारीको आवश्यकतामा जोड दिनुभयो । कोरोना विशेषज्ञ एवं जिल्ला प्रवक्ता डा. पाण्डेले कोरोना परिक्षणलाई व्यापक र प्रभावकारी बनाइनुपर्नेमा जोड दिँदै जिल्लामा १० हजार र्यापिड कीट आवश्यक रहेको बताउनुभयो । भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले कोरोना परिक्षणको प्रक्रिया भेरी अस्पतालबाट शुरु भइसकेकाले अब केही सहज हुने भएपनि सचेतनालाई प्राथमिकतामा राख्न आह्वान गर्नुभयो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कोरोनाको समग्र अवस्था र चुनौतिका बारेमा प्रकाश पार्नुभयो ।

शाहका अनुसार जिल्लाका १८ वटा क्वारेन्टाइनमा सात सय ८२ जना अटाउन सक्ने भएपनि हाल चार सय ४१ जना रहनुभएको र चार सय ५ जनाको आरडिटी गरिएको छ । स्वास्थ्य परिक्षण, नियमित खोप लगायतका कार्यक्रमलाई अब सञ्चालन गर्नुपर्ने उहाँको सुझाव थियो । प्रदेश सांसद् एवं सम्वाद समूह सदस्य कृष्णा केसी (नमूना)ले जनप्रतिनिधिले सरकारका निकायलाई आवश्यक सहजीकरण गरिदिने हो भन्दै समन्वय र सम्वादलाई बढाइनुपर्ने महसुस गरेको बताउनुभयो । नगर प्रमुख डा. धवल शम्शेर राणाले सरकारको कानून सबै ठाउँमा समान ढंगले अवलम्वन गरिनुपर्ने भन्दै स्थानीय प्रशासनप्रति गुनासो व्यक्त गर्नुभयो ।

क्वारेन्टाइनमा बसेर परिक्षण गरिसकिएकालाई गन्तव्यमा पुर्याउन कहाँ कसले रोक्यो ? उहाँको गम्भिर प्रश्न पनि थियो । नगर प्रमुख राणाले स्थानीय प्रहरी, प्रशासन र स्वास्थ्यसँगको समन्वयमै थप कार्यक्रमहरु बढाइने स्पष्ट पार्नुभयो । नगर उपप्रमुख उमा थापा मगरले स्थानीय सरकारले बलबुताले भ्याएसम्म कोसिस गरेपनि सबै पक्षको उत्तिकै जिम्मेवारी रहेको बताउनुभयो । बाँकेका प्रहरी प्रमुख विर बहादुर वलीले स्वास्थ्यप्रति जनता सम्वेदनशील मात्र हैन अटेरी भएपछि प्रहरीलाई थप चुनौति भएको बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले सीमावर्ती जिल्ला भएका कारण अन्य जिल्लाको तुलनामा काम गर्न केही असहज भएपनि सबै पक्ष बीचको सहकार्यलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली सेनाका कर्णेल नकुल थापा, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणका सशस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारी, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, नेपाल औषधि व्यवसायी संघका अञ्चल अध्यक्ष अभय बस्नेत लगायतले आफ्ना अनुभव र सुझाव राख्नुभएको थियो ।


प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  ०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP