prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोहलपुर चौराहामा दिनरात मानवीय सेवा ,अलपत्र यात्री भन्छन्, : ‘यो सरकारको असली रुप अहिले देख्न पाइयो'…
कोहलपुर चौराहामा दिनरात मानवीय सेवा ,अलपत्र यात्री भन्छन्, : ‘यो सरकारको असली रुप अहिले देख्न पाइयो'…
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख ८, २०७७ बागेश्वरी पोस्ट
कोहलपुर चौराहामा दिनरात मानवीय सेवा ,अलपत्र यात्री भन्छन्, : ‘यो सरकारको असली रुप अहिले देख्न पाइयो'…

कोहलपुर। कर्णाली र सुदुरपश्चिम प्रदेशको मुख्य प्रवेशद्धारको रुपमा रहेको कोहलपुर चौराहामा अचेल दिनहुँ देखिएको एउटा दृश्यले जो कोहीलाई भावुक बनाउँछ ।

paribartan 1

कोरोना भाइरसको संक्रमणलाई लिएर सरकारले गरेको लकडाउनका कारण भोकै राजमार्गमा पैदल यात्रा गरिरहेका सर्बसाधारणका लागि खानपिन मात्र होइन, गाडी चढाएर बर्दिया र सुर्खेतको सिमासम्म पुर्याउने काममा दिनरात निरन्तर खटिरहेका छन् ।

कोहलपुरस्थित प्रजातान्त्रिक व्यवसायी संघ र नेपाली काँग्रेस कोहलपुर वडा नम्बर ११ इकाइ समितिले दिनरात मानव सेवामा जुटेको हो । अलपत्र परेका पैदल यात्रीले खाना खुवाएर सिमासम्म पुर्याउने काम दिनहुँजसो गरिरहेको प्रजातान्त्रिक उद्योग ब्यापार संघका सहसचिव लक्ष्मणराज पौडेल बताउँछन् ।

राप्तीसोनारी गाउँपालिकाले कोहलपुरसम्म पुर्याएका यात्रीलाई खाना खुवाएर मानखोला र बबईसम्म पुर्याउने गरिएको उनले जानकारी दिए । अलपत्र ब्यक्तिको उद्धारका लागि कोहलपुर नगरपालिका, प्रहरी, कोहलपुर क्षेत्रमा रहेका बोर्डिङ स्कुल, खानेपानी उपभोक्ता समिति लगायतसँग समन्वय गरिएको उनले बताए ।

‘सरकारले गरेको लकडाउनका कारण देश अहिले ठप्प छ, अरुबेला हामीहरु कोही ब्यापार ब्यवसायमा त कोही राजनीतिमा ब्यस्त हुन्छौं,’ पौडेलले भने ‘सरकारले गर्नुपर्ने दायित्व बिर्सेपछि हामीहरु मानवीय सेवामा जुटेका हौं ।’ चारदिन देखी निरन्तर खाना खुवाउने र गाडीको ब्यवस्था गरेर सिमासम्म पुर्याउने गरिएको उनले बताए । नेपाली कांग्रेस कोहलपुर वडा नम्बर ११ का इकाइ सभापति मोहन चापागाईका अनुसार चार दिनको अबधीमा एक हजार ४ सय ९० जना पैदल यात्रीलाई खाना खुवाएर घरतर्फ पठाइएको छ ।

‘राजमार्गमा जबसम्म पैदल यात्रीको लस्कर रोकिदैन, तबसम्म हामीले खाना खुवाउने कामलाई निरन्तरता दिन्छौं,’ उनले भने । नेपाली कांग्रेस र प्रजातान्त्रिक उद्योग ब्यापार संघले थालेको मानवीय कार्यको सबैले खुलेर प्रशंसा गरिरहेका छन् । राजमार्गका यात्रीको सेवाका लागि आवश्यक सहयोग जुट्दै गएको छ ।

उक्त अभियानमा सक्रिय भइरहेका तरुण दलका केन्दिय प्रतिनिधी एवम् समाजसेवी लुटबहादुर केसीले राजमार्गमा सर्बसाधारण नागरिक भोकै पैदल हिडिरहेको समाचार आउन थालेपछि मानवीय सेवामा जुटेको बताए ।

‘सरकार गैर जिम्मेवार भएपछि राजमार्गमा पैदल हिड्ने सर्बसाधारण भोकै हिड्न बाध्य भए, उनीहरुको पीडामा मल्हम लगाउन हामीहरु यो मानवीय सेवामा जुटेका हौं,’ उनले भने । पैदल यात्रीलाई खाना खुवाउनुका साथै गाडीको ब्यवस्था गरेर हरेक दिन बाँकेको सिमाक्षेत्रसम्म पुर्याउने गरेको केसीले जानकारी दिए ।

भोकै हिडेका सर्बसाधारणले खाना खान पाउँदा राहत महसुस गरेका छन् । ‘यो सरकार हामीजस्ता गरिब, असहाय र मजदुरको लागि बनेकै रहेनछ, महिनौंसम्म लकडाउन गरेर गरिब जनतालाई दुःख दिनुसम्म दियो, न जनतालाई राहत दियो, न त घरसम्म जान दियोे, यो सरकारको असली रुप त अहिले देख्न पाइयो,’ जुम्लाका लालबहादुर रोकायाले भने ।


प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  २२:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP