prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नियोजित योजनासाथ आएको अध्यादेश फिर्ता हुनुपर्छ: कांग्रेस
नियोजित योजनासाथ आएको अध्यादेश फिर्ता हुनुपर्छ: कांग्रेस
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख ९, २०७७ बागेश्वरी पोस्ट
नियोजित योजनासाथ आएको अध्यादेश फिर्ता हुनुपर्छ: कांग्रेस

काठमाडौं । सरकारले ल्याएका दुइटा अध्यादेश फिर्ता लिनुपर्ने अडान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राखेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले गलत समयमा गलत ढंगले सरकारले अध्यादेश ल्याएकोले फिर्ता लिनुपर्ने बताएको हो।

सभापति देउवाले पदाधिकारीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई बोलाएर छलफल गरेका हुन्।

‘नियोजित खेल खेल्ने योजनासाथ सरकारले अध्यादेश ल्याएको हो,’ बैठकपछि पत्रकारहरूसँग प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘संविधानको मर्मविपरीत अध्यादेश फिर्ता लिन दवाव दिन्छौं। सार्वजनिक अपिल गर्छौं।’

उनले सडकबाट अहिले दवाव सिर्जना गर्न नमिल्ने पनि बताएका छन्। ‘भातृ तथा शुभेच्छुक संगठनबाट विरोध हुन्छ। सामाजिक सञ्जालबाट पनि विरोध गर्छौं। सबै राजनीतिक दललाई यसबारे गम्भीर बन्न पनि आग्रह गर्छौं,’ शर्माले भने।

कांग्रेसले राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएको छ। राष्ट्रपतिले परामर्श नगरी अध्यादेश अनुमोदन गरेकोबारे बैठकमा छलफल भएको थियो।

‘राष्ट्रपतिले कुनै छलफल वा परामर्श नगरी समय नलगाइकन, उहाँले हठात् तत्कालै प्रमाणीकरण पनि गर्नुभएको छ,’ प्रवक्ता शर्माले भने।

सरकारले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धीका दुइटा अध्यादेश सोमबार मन्त्रिपरिषदबाट निर्णय गराएर राष्ट्रपतिसमक्ष अनुमोदनका लागि पठाएको थियो। अध्यादेश राजपत्रमा प्रकाशितसमेत भइसकेका छन्।

कोरोनाभाइरस महामारी संकटका बेला नियोजित खेल खेल्न सरकारले अध्यादेश ल्याएको कांग्रेसको ठहर छ। ‘सरकारले हिजो जारी गरेका दुइटै अध्यादेश कोरोना संत्रास लड्नेसँग सम्बन्धित छैन,’ प्रवक्ता शर्माले भने, ‘लकडाउनका बेला जनता घरमा छन्, यस्तो बेला सरकारको यो खेलप्रति कांग्रेस गम्भीर छ।’

कांग्रेसले दुवै अध्यादेश फिर्ता लिन पनि आग्रह गरेको छ। ‘अहिलेको यो प्रकारको खेलमा हाम्रो पार्टी गम्भीर छ। दुइटै अध्यादेश फिर्ता लिनुपर्छ,’ प्रवक्ता शर्माले भने, ‘नियोजित योजनासाथ सरकारले कर्म गर्‍यो भन्ने हाम्रो ठहर छ।’

हेर्नुस् विज्ञप्ति:

सेतोपाटीबाट


प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १६:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP