prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेको जानकीमा एकद्वार प्रणालीबाट राहत वितरण
बाँकेको जानकीमा एकद्वार प्रणालीबाट राहत वितरण
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख १०, २०७७ बागेश्वरी पोस्ट
बाँकेको जानकीमा एकद्वार प्रणालीबाट राहत वितरण

जानकी गाउँपालिका( बाँके )।बाँकेको जानकी गाउँपालिकाका सबै वडामा लकडाउनबाट प्रभावित नागरिकलाई एकद्वार प्रणालीबाट राहत वितरण कार्य भईरहेको छ ।

paribartan 1

कोरोना भाइरस सङ्क्रमण रोकथामको लागि जारी लकडाउनले प्रभावित विपन्न जनतालाई गाउँपालिकाले एकद्वार प्रणालीका आधारमा वडाकार्यालय मार्फत राहत वितरण गरिरहेको छ । वडा नं। १ साईगाउँले मङ्गलवारदेखि शुरु गरेको राहत वितरण कार्य आज सकिने वडाध्यक्ष मोहम्द रजा राईले जानकारी दिनुभयो ।

मङ्गलवार साईगाउँ, पचपोखरा र जोगागाउँमा वितरण गरेको वडा नं। १ ले आज विहान बढैया गाउँमा वितरण गरेको छ । साँझ शिवपुरीमा वितरण गरी पहिलो चरणको राहत वितरण कार्य सम्पन्न हुने वडाध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार वडा नं। १ का ३ सय ३४ विपन्न परिवारलाई राहत वितरण गरिदैछ । करिव दुई सय परिवार अझै छुट भएकोले राहतको लागि गाउँपालिकासँग पहल भईरहेको छ । वडा नं। २ बेलभारमा राहात वितरणको लागि आवश्यक तयारी भईरहेकोले आज साँझबाट वितरण कार्य शुरु गरिने वडाध्यक्ष चन्द्रिका गुप्ताले जानकारी दिनुभयो ।

वडा नं ३ इन्द्रपुरमा आज विहानदेखि राहत वितरण कार्य भईरहेको छ । आज पहिलो दिन मोतिपुर र रम्वापुरका जनतालाई लक्षित गरी रम्वापुरबाट वितरण कार्य भईरहेको वडाध्यक्ष बिन्देश्वरी बर्माले जानकारी दिनुभयो । वडा नं४ खजुराखुद्र्धमा मङ्गलवारनै राहत वितरण कार्य सम्पन्न भएको वडाध्यक्ष विश्रामकुमार बर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, वडा नं४ मा ४ सय तीन विपन्न घरपरिवारलाई राहत वितरण गरिएको छ ।

वडा नं ५ बेलहरीमा अधिकांश गाउँमा राहत वितरण भईसकेको वडाध्यक्ष रमेश बर्माले जानकारी दिनुभयो । आज साँझसम्म विपन्न सबै ४ सय २० घरपरिवारलाईनै राहत सामग्री वितरण गरिसकिने उहाँको भनाई छ । वडा नं ६ गनापुरमा मङ्गलवारनै राहत सामग्री वितरण भईसकेको छ । लिन नआएका २० जनाको मात्रै वितरण गर्न बाँकी रहेको वडाध्यक्ष सुरेश यादवले बताउनुभयो ।

वडा नं ६ गनापुरमा ३ सय ३६ घरपरिवारको लागि राहत सामग्री उपलब्ध भएको छ । थप केही घरपरिवार छुटेकोले राहतको लागि गाउँपालिकालाई अनुरोध गरेको वडाध्यक्ष यादवले जानकारी दिनुभयो । लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी कामगरी खाने श्रमिक र विपन्न समुदायका नागरिकलाई भोकै हुन नदिन वडाबाट सङ्कलन भईआएका तथ्याङ्कका आधारमा वास्तविक प्रभावितहरुलाई विवादरहित तरिकाले सम्बन्धित वडा कार्यालयहरुबाटै राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले विवादरहित तरिकाले वास्तविक प्रभावितलाई राहत वितरण गर्नको लागि अभिलेख सङ्कलन गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाले कोरोना नियन्त्रण तथा राहत बितरण कार्यविधि–२०७६ को मापदण्ड अनुसार प्रत्येक वडापालिकाले आ–आफ्ना वडामा रहेका ज्यालादारी मजदुरी गर्ने तथा बिपन्न गरिव परिवारको अभिलेखका आधारमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधि समेतको रोहवरमा वडा कार्यालयबाट राहत वितरण गर्ने कार्य भईरहेको जानकारी दिनुभयो ।

गाउँपालिकाका तीन हजार १२ घरधुरीलाई अत्यावश्यकीय खाद्य सामाग्री वितरण कार्य भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनु भयो । राहत प्याकेजमा ५ जना परिवार सदस्य सङ्ख्या रहेकोलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ किलो नुन र एक प्याकेट सोयाबिन दिईने छ । पाँच जनाभन्दा बढी परिवार सदस्य सङ्ख्या रहेको परिवारलाई २५ किलो चामल, ३ किलो दाल, १ लिटर खानेतेल, १ किलो नुन र एक प्याकेट सोयाबिनका दरले बितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताउनु भयो ।


प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १३:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP