नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, माघ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पीपीई माग्ने स्वास्थ्यकर्मीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निस्कासन ग¥यो
पीपीई माग्ने स्वास्थ्यकर्मीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निस्कासन ग¥यो
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख १०, २०७७ बागेश्वरी पोस्ट
पीपीई माग्ने स्वास्थ्यकर्मीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निस्कासन ग¥यो

घोराही, दाङ । पीपीई मागेको बाहनामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यकर्मीहरुलाई निस्कासन गरेको छ । कोरोना भाइरसको महामारीका बीच सेवा प्रदान गरिएका स्वास्थ्यकर्मीहरुलाई कार्य सन्तोषजनक नभएको पत्र थमाउँदै प्रतिष्ठानले निस्कासन गरेको हो ।

मुलुक कोरोनाबाट मुक्त नहुँदासम्म स्वास्थ्यकर्मीहरुलाई बिदा नबस्न सरकारले अपिल गरिरहेको समयमा पीपीई मागेकै कारण प्रतिष्ठानले आफूहरुलाई निस्कासन गरेकोमा स्वास्थ्यकर्मीहरुले दुःख व्यक्त गरेका छन् । कोरोना बिरुद्धको लडाईमा अग्रमोर्चामा रहेर काम गरिरहेको समयमा प्रोत्साहन गर्नुको साटो कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रतिष्ठानले निस्कासन गरेको स्वास्थ्यकर्मी प्रकृति डिसीले जानकारी दिनुभयो ।

बिगत १६ महिनादेखि प्रतिष्ठानको मेडिकल वार्डमा कार्यरत घोराही १५ की स्टाफ नर्स डिसीले पीपीई मागेकै कारण आफू निस्कासनमा परेको जानकारी दिनुभयो । ‘चैतको पहिलो साता कोरोनाको आशंकामा बिरामी भर्ना भएका थिए । मेडिकल वार्डमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पीपीई नहुँदा जोखिम बढ्ने डरले मैले पीपीई मागेकी थिएँ । पीपीई उपलब्ध नभएपछि उक्त कुराको बिरोध गरेकी थिएँ’, डिसीले भन्नुभयो, ‘यही बाहनामा १६ महिना काम गर्दा प्रभावकारी देखिएको मेरो कार्य सम्पादन कसरी कमजोर भयो ? म यो फिल्डमा नयाँ पनि हैन । यसअघि नेपालगञ्ज मेडिकल कजेलमा पनि २ वर्ष काम गरेकी थिएँ । मसँग करिब ४ वर्ष यही क्षेत्रमा काम गरेको अनुभव छ । एकाएक म कसरी असक्षम भएँ ?’

डिसी मात्रै होइन प्रतिष्ठानमा कार्यरत चिकित्सक डा. अमृता श्रेष्ठ पनि पीपीई मागेकै कारण निस्कासनमा पर्नुभएको छ । ‘पीपीई माग्दा नपाएपछि पीपीई नलगाई बिरामी जाँचिरहेको फोटो प्रतिष्ठानका स्वास्थयकर्मीहरुको फेसबुक ग्रुपमा सम्प्रेषण गर्दै यस्तो संवेदनशील अवस्थामा पीपीई माग गर्नुपर्छ भनेर लेखेकी थिएँ’, डा. श्रेष्ठले भन्नुभयो,‘ प्रतिष्ठानले यही कुरालाई आधार बनाएर बैशाख १ गतेदेखि कममा नआउनू भन्ने व्यहोराको अवकाश पत्र थमाएको थियो । पीपीई माग गरेकै कारण मलाई प्रतिष्ठानले निस्कासन गरेको हो ।’


गत भदौ महिनादेखि आफू प्रतिष्ठानमा कार्यरत रहेको बताउँदै डा. श्रेष्ठले थप्नुभयो, ‘कोरोना भाइरसको जोखिमका बीच काम गरेको पुरस्कारबाफत् अवकाश पत्र पाइयो ।’ कोरोना भाइरसबाट आक्रान्त बन्दै गएको समयमा जोखिम मोलेर काम गर्दै आएका चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको साटो धम्काउने, स्वास्थ्य सामग्री माग्दा जागिरबाट नै निस्कासन हुनुपर्ने प्रवृत्ती बढ्दै जाँदा अन्य २ जना चिकित्सकहरुले राजिनामा बुझाएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

स्वास्थ्यकर्मी निस्कासनको विषयलाई प्रतिष्ठानले नियमित प्रक्रिया भएको जानकारी दिएको छ । प्रतिष्ठानका कामु रजिष्टार कैलाश देवले म्याद सकिएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अवकाश गरेको जानकारी दिनुभयो । ‘करार म्याद सकिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काममा रोकेका हौं । सरकारले कार्यरत स्वास्थ्यकर्मीलाई विदा नदिने भनेको हो । म्याद सकिएका कर्मचारीलाई काममा लगाउने बारे सरकारले भनेको होइन’, रजिष्टार देवले भन्नुभयो, ‘केहीले आफैले राजिनामा समेत दिनुभएको छ । उहाँहरुको कार्यसम्पादन सन्तोषजनक नभएकाले अवकाश पत्र थमाइएको हो । ’ 


प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १६:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP