नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, माघ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • व्यक्तिगत खर्चमा कांग्रेस युवा नेता केसीद्वारा राप्तीसोनारीमा ९५ क्वीन्टल चामल सहयोग
व्यक्तिगत खर्चमा कांग्रेस युवा नेता केसीद्वारा राप्तीसोनारीमा ९५ क्वीन्टल चामल सहयोग
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख १२, २०७७ बागेश्वरी पोस्ट
व्यक्तिगत खर्चमा कांग्रेस युवा नेता केसीद्वारा राप्तीसोनारीमा ९५ क्वीन्टल चामल सहयोग

बाँके(राप्तीसोनारी) । लकडाउनले पूरै देश अस्तव्यस्त छ । यस्तो अवस्थामा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आइरहेका, गरिब र अतिविपन्न परिवारलाई दैनिक रुपमा हातमुख जोर्न हम्मेहम्मे परिरहेको अवस्था छ ।

हुन त सम्बन्धित स्थानीय सरकारले आफ्नो मातहतमा परेका जनतालाई राहत वितरण गरिरहेको छ । तर पनि केही स्थानीय तहमा भने समस्यामा परेकालाई सघाउने नाममा अनियमितता गरेको थुप्रै घटना सार्वजनिक भइरहेका छन् ।

राप्तीसोनारी गाउँपालिकामा त्यस्तो घटना सार्वजनिक नभए पनि केही स्थानीय तहले वितरण गरेको राहत पहुँचवालाले पाउने तर वास्तविकले नपाएको घटना विभिन्न मिडिया र सामाजिक सञ्जाल मार्फत् सार्वजनिक भइरहेका छन् ।

यस्तो अवस्थामा नेपाली कांग्रेसका युवा नेता पोषण केसीले भने व्यक्तिगत रुपमा राप्तीसोनारी गाउँपालिकालाई ९५ क्वीन्टल चामल दिएर उदाहरणीय काम गर्नुभएको छ । राप्तीसोनारी गाउँपालिकामा रहेका कुनै पनि जनताले दैनिक रुपमा खाना खानकै लागि पिरोलिन नपरोस् भन्ने उद्देश्यले ९५ क्वीन्टल चामल सहयोग गरेको केसीले बताउनुभयो ।

उहाँले गाउँपालिकाद्वारा निर्देशित एकद्वार प्रणालीलाई ध्यानमा राखेर जनसंख्याको आधारमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ लाई १५ क्वीन्टल चामल उपलब्ध गराउनुभएको छ । त्यस्तै २ नम्बर वडा कार्यालयदेखि ९ नम्बर वडा कार्यालयलाई प्रति वडा १० क्वीन्टल चामलका दरले सहयोग गर्नुभएको छ ।

‘देशमा जारी लकडाउनका कारण गाउँका थुप्रै जनता अहिले अप्ठ्यारोमा छन् । उनीहरुलाई दैनिक रुपमा के खाने भन्ने चिन्ताले पिरोलिरहेको अवस्था छ । यस्तो अवस्थामा हामीले जनताको पीडा र मर्मलाई बुझ्नु जरुरी छ,’ युवा नेता केसीले भन्नुभयो, ‘हामी गाउँवासीले एकलाई पर्दा अर्कोले सहयोग नगरे हाम्रो जीवन व्यर्थ हो ।’

केही स्थानीय तहमा पदको दुरुपयोग गर्दै नातावाद र कृपावादको आधारमा राहत वितरण भइरहेको कुरालाई इंगित गर्दै उहाँले भन्नुभयो,‘धेरै स्थानीय तहमा नातावाद र कृपावादका आधारमा राहत वितरण भएको समाचारहरु आइरहेका छन् । यस्तो महाविपतको बेलामा राजनीति, नातावाद र कृपावादबाद माथि उठेर सोच्नु पर्ने समय हो । नत्र भने हामीलाई यस समयले धिक्कार्नेछ ।’

राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले युवा नेता केसीले गरेको कामको प्रशंसा गर्दै भन्नुभयो,’ यस्तो महाविपतको बेलामा गाउँपालिकावासीलाई चामल सहयोग गरेर उदाहरणीय काम गर्नु भएको छ ।

उहाँ जस्तै युवा नेता सबै ठाउँमा भइदिने हो भने कसैले खाली पेट रात बिताउनु पर्दैन ।’ राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष खुमबहादुर बस्नेत, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेत, नेपाली कांग्रेस राप्तीसोनारीका सचिव तुलाराम खत्री, वडा सदस्यहरु र कार्यकर्ताको रोहवरमा चामल सहयोग गरिएको हो ।

युवा नेता केसी बाँके जिल्लाका लोकप्रिय नेता समेत हुनुहुन्छ  भने उहाँ नेपाल पत्रकार महासंघका पुर्व महासचिब समेत भइसक्नु भएको छ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  ०७:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP