नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, माघ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारीको विपद ब्यवस्थापन समितिले गर्यो महत्वपुर्ण निर्णय
राप्तीसोनारीको विपद ब्यवस्थापन समितिले गर्यो महत्वपुर्ण निर्णय
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख १४, २०७७ बागेश्वरी पोस्ट
राप्तीसोनारीको विपद ब्यवस्थापन समितिले गर्यो महत्वपुर्ण निर्णय

(राप्तीसोनारी),बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको विपद ब्यवस्थापन समितिले महत्वपुर्ण निर्णय गरेको छ । राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम् स्थानीय विपद ब्यवस्थापन समितिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा आइतबार गाउँपालिका कार्यालय अगैयामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरसको संक्रमणका कारण सरकारले गरेको लकडाउनबाट प्रभावित परिवारका लागि अहिलेसम्म गरिएको राहत वितरणको समिक्षा गर्नुका साथै अहिलेसम्म राहत वितरणको काम सन्तोषजनक रहेको निस्कर्ष निकालेको छ । यस्तै बैठकमा राहत वितरणका क्रममा भएका अप्ठ्यारा तथा अब गर्नुपर्ने कामबारे बिस्तृत रुपमा छलफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो ।

गाउँपालिकाभरी रहेका सबै घरधुरीलाई साबुन, तेल र नुन वितरणको काम सम्पन्न भइसकेको र अति गरिब तथा विपन्न परिवारका लागि चामलसहितको राहत प्याकेज वितरण गर्ने निर्णय बैठकले गरेको उहाँले बताउनु भयो । राहत प्राप्त गर्ने अति गरिब तथा विपन्नको तथ्यांक इन्ट्री गर्ने र स्थानीय प्रहरी, रेडक्रस, राजनीतिक दल लगायतसँग समन्वय गरेर वडामार्फत राहत वितरणलाई प्रभावकारी बनाउने बैठकले निर्णय गरेको छ,’ बस्नेतले भन्नुभयो ।

कोरोना भाइरसको संक्रमणका कारण राप्तीसोनारी गाउँपालिकासहित देशभरका विकास निर्माणका काम ठप्प भएका छन् । कोरोना भाइरसका कारण अवरुद्ध भएका ठुला विकास निर्माणका कामलाई सामाजिक दुरी कायम गरेर अगाडी बढाउने निर्णय विपद ब्यवस्थापन समितिको बैठकले गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनु भयो ।

‘अहिले विकास निर्माणका सबै काम ठप्प भएको स्थिती छ, अब चाही सामाजिक दुरी कायम गरी सुरक्षा सतर्कता अपनाएर ठुला विकास निर्माणका काम अगाडी बढाउने विपद ब्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ,’ अध्यक्ष थारुले भन्नुभयो ।

यसका लागि जिल्ला समन्वय समिति बाँकेसँग आवश्यक समन्वय गरेर अगाडी बढ्ने निर्णय भएको उहाँको भनाई छ । यसैगरी कोरोना भाइरसका कारण आर्थिक संकट निम्तिने खतरालाई मध्यनजर गर्दै गाउँपालिका क्षेत्रभित्र छिटो उत्पादन हुन सक्ने कृषि मुलक कार्यक्रम ल्याउने निर्णय बैठकले गरेको अध्यक्ष थारुले जानकारी दिनुभयो ।

सो क्रममा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, स्थानीय सुरक्षा निकायका प्रमुख, रेडक्रसका प्रतिनिधी, राजनीतिक दल लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १९:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP