नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेका जनप्रतिनिधिसँग सम्वाद स्वास्थ्य सेवा,अत्यावश्यक वस्तु व्यवस्थापनमा पूर्ण प्रतिवद्धता
बाँकेका जनप्रतिनिधिसँग सम्वाद स्वास्थ्य सेवा,अत्यावश्यक वस्तु व्यवस्थापनमा पूर्ण प्रतिवद्धता
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १५, २०७७ बागेश्वरी पोस्ट
बाँकेका जनप्रतिनिधिसँग सम्वाद स्वास्थ्य सेवा,अत्यावश्यक वस्तु व्यवस्थापनमा पूर्ण प्रतिवद्धता

नेपालगन्ज । बाँकेका जनप्रतिनिधिहरुले आपतकालीन स्वास्थ्य सेवा, अत्यावश्यक उपभोग्य वस्तु व्यवस्थापनमा पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।

कोरोना (कोभिड –१९) को जोखिम न्यूनीकरण, उपभोग्य वस्तुको सहज परिपूर्ति, जनप्रतिनिधिको भूमिका र सरोकार पक्षसँगको सहकार्यका सन्दर्भमा जनप्रतिनिधिसँग आज गरिएको भिडियो सम्वादमा सो प्रतिवद्धता सार्वजनिक भएको हो ।

सम्वाद समूह बाँकेको पहलमा सात वटा स्थानीय तहका प्रमुख, उपप्रमुख बीच गरिएको अनलाइन भिडियो कलमा कोरोना रोकथाम र नियन्त्रण, विपन्नलाई राहत वितरण, खाद्यान्न, तरकारी सहज विक्री व्यवस्थापन आदिलाई प्राथमिकतामा राखेर काम गरिएको जनाइयो ।

स्वास्थ्य, सुरक्षा, वाणिज्य, सामाजिक, नागरिक संघसंस्था लगायत सम्वद्ध सरोकार निकायसँग प्रभावकारी समन्वय नगरेको गुनासो सार्वजनिक भइरहेका बेला जनप्रतिनिधिले भने आपतकालीन अवस्थामा सबैसँग समन्वय र सहकार्य गर्ने हर प्रयास गरिएको दावी गरेका छन् । सम्वाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले सम्वादको आवश्यकतामाथि प्रकाश पार्दै सहजीकरण गर्नुभएको अन्तरक्रियात्मक सम्वादमा स्थानीय सरकार प्रमुखहरुले खाद्यान्न, तरकारी, कृषि सामग्री जस्ता अत्यावश्यक बस्तुको सहज पूर्ति, मापदण्ड अनुसार प्रभावकारी राहत वितरण र आधारभुत स्वास्थ्य (खोप) सेवा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले अलपत्र परेकाको उद्धार, व्यवस्थापन, विपन्नलाई राहत वितरणमै ध्यान केन्द्रित गरिएको स्वीकार्नुभयो । सरोकार पक्षबीच समन्वय गरिएपनि स्थानीय तह बीचमा पनि समन्वय र सहकार्य बढाइनु पर्ने आवश्यकता उहाँले औंल्याउनु भयो । उहाँले अब शिक्षा, स्वास्थ्य सेवा, कृषि विउ विजन व्यवस्थापन, तरकारी बजारीकरण लगायतका कार्य गर्नुपर्ने बताउनुभयो ।

कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कोरोना जोखिम न्यूनीकरणका लागि सचेतनामूलक पर्चा, पम्पलेट, राहत वितरणसँगै अब दोस्रो चरणको राहत वितरणलाई प्रभावकारी बनाउन कार्यविधि बनाइएको स्पष्ट पार्नुभयो । भारतबाट आयातित तरकारीमा पूर्ण रोक लगाइएको र स्थानीय तरकारी वजारीकरणलाई प्रवर्द्धन गरिएको पनि उहाँले जानकारी दिनुभयो । खजुरा गाउँपालिकाका प्रमुख किष्मत कुमार कक्षपतिले सम्भावित कोरोना संक्रमितका लागि क्वारेन्टाइन, आइसोलेसन स्थापना गरिएकोे, आपतकालीन स्वास्थ्य सेवा, कृषि एम्वुलेन्स सेवा सञ्चालन गरिएको बताउनुभयो ।

उहाँका अनुसार वास्तविक तथ्यांक संकलनका लागि स्वास्थ्य स्वयंसेविका पनि परिचालन गरिएको छ । राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सतर्कता अपनाउँदै सामाजिक विकास निर्माणका कार्यलाई पनि बढाउने तयारी भइरहेको जनाउनुभयो । थप राहत वितरणलाई प्रभावकारी बनाइने, तरकारी उत्पादनलाई बजार सम्म पु¥याउने, विद्यार्थी लक्षित शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको पनि उहाँले प्रष्ट्याउनुभयो ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले १९ गतेबाट नियमित आधारभुत स्वास्थ्य सेवा सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले कोरोना नियन्त्रणका लागि हरसम्भव प्रयास गरेको र अझैं जोखिम न्यूनीकरणका कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक, जानकी गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धिताल, खजुरा गाउपालिका उपाध्यक्ष एवं सम्वाद सदस्य एकमाया विक लगायतले आफुहरुले गरिरहेको प्रयास र आगामी तयारीबारे पनि अनुभव शेयर गर्नुभएको थियो ।


प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १९:५१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैकुण्ठधाम सिधनियाघाटको प्रथम साधारणसभा सम्पन्न,  ९ सदस्यीय कार्यसमिति चयन
बैकुण्ठधाम सिधनियाघाटको प्रथम साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति चयन
विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य शिविर
विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य शिविर
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP