नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सांसदसँग सम्वाद : स्वास्थ्य सामाग्रीको पहल गर्ने बाँकेका सांसदको प्रतिवद्धता
सांसदसँग सम्वाद : स्वास्थ्य सामाग्रीको पहल गर्ने बाँकेका सांसदको प्रतिवद्धता
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २०, २०७७ बागेश्वरी पोस्ट
सांसदसँग सम्वाद : स्वास्थ्य सामाग्रीको पहल गर्ने बाँकेका सांसदको प्रतिवद्धता

नेपालगज । बाँकेका सांसदहरुले कोरोना (कोभिड १९)को स्वास्थ्य परिक्षणको दायरालाई बढाइनु पर्ने भन्दै आवश्यक स्वास्थ्य सामाग्रीको पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपालगजमा एक जनामा कोरोना संक्रमण देखिएपछि बाँकेका जनप्रतिनीधीहरुले तत्काल कोरोना परिक्षणको प्रक्रियालाई सहज र व्यापक बनाइनु पर्ने भन्दै आवश्यक सहजीकरणका लागि थप तत्परता देखाएका हुन् । विभिन्न राजनीतिक दलको समेत प्रतिनीधीत्व गर्ने सांसदहरुले कोरोना परिक्षणलाई प्रभावकारी बनाउन चाहीने आवश्यक स्वास्थ्य उपकरण/सामाग्रीको उपलब्धताका लागि साझा पहलकदमी लिइने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
सम्वाद समूह बाँकेको पहलमा शनीबार गरिएको संघीय एवं प्रदेश सांसदहरुसँगको भिडीयो सम्वादमा सो प्रतिवद्धता व्यक्त गरिएको हो । सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाइद्धारा सहजीकरण गरिएको अन्तरक्रियात्मक भिडीयो सम्वादमा कोरोना जोखीम न्यूनीकरणका लागि गर्नु पर्र्ने पहल र सतर्कता, सरोकार पक्षसँगको समन्वय र सहकार्य तथा जनप्रतिनीधीको अबको भूमिकामा केन्द्रीत रहेर अनलाईन भिडीयो कल गरिएको हो । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सांसदहरुले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकिरहेको गुनासो आइरहेका बेला उनीहरुले कोरोना परिक्षणलाई व्यापक र प्रभावकारी बनाउन आवश्यक स्वास्थ्य सामाग्रीका लागि स्वास्थ्य मन्त्रालय लगायतका निकायमा पहल गर्ने जनाएका हुन् । संक्रमित व्यक्तिको घरपरिवार, उनीसँग सम्पर्कमा आएका व्यक्ती तथा आउजाउ गर्ने स्थान र थप जोखीम क्षेत्रमा पनि स्वाव संकलन गरिनुपर्ने भन्दै उनीहरुले ¥यापीड टेष्टलाई बढाइनु पर्ने आवाज उठाएका छन् ।
संघीय सांसद एवं पुर्व शहरी विकास मन्त्री मो इस्तियाक राईले काठमाडौंमा उपलव्ध सांसदहरु मीलेर पीसीआर जाँचका लागि किट, भिटीएम, पीपीई, एन ९५ मास्क लगायत अत्यावश्यक सामाग्री उपलव्धताका लागि पहल गर्ने बचनवद्धता व्यक्त गर्नु भयो । नेपालगञ्ज क्षेत्रको प्रतिनीधीत्व गर्नु हुने राइले नगर क्षेत्रलाई उच्च जोखीम घोषणा गरेर सरकारले प्रभावकारी परिक्षणको व्यवस्था मिलाउनु पर्ने माग गर्नु भयो ।
संघीय सांसद महेश्वर गहतराज (अथक)ले बाँकेमा कोरोनाको थप जोखीम बढ्न नदिन केन्द्र सरकारसँग हर सम्भव पहल गर्ने विश्वास दिलाउनु भयो । कोरोना संक्रमणले चिन्तीत तुल्याएपनि अनुशासीत भएर लकडाउनलाई प्रभावकारी बनाउनु पर्नेमा उहाँको जोड थियो ।
प्रदेश सांसद सुरेन्द्र हमालले कोरोना संक्रमणबाट जोगीन र जोगाउन सचेतनासँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको मनोवल बढाउने बातावरण बनाइनु पर्ने बताउनु भयो । भिडभाड बढी हुने स्थानमा स्यानी टाइजर टनेल निर्माण गर्नु पर्ने पनि उहाँको राय थियो ।
प्रदेश सांसद आइपी खरेलले आपसी समन्वय र सहकार्यलाई बढाउने भन्दै तरकारी खाद्य, तरकारी लगायत अत्यावश्यक वस्तु आपुर्ती व्यवस्थापनलाई पनि ध्यान दिनु पर्ने बताउनु भयो ।
प्रदेश सांसद कृष्णा केसी(नमूना)ले कोरोना रोकथाम र नियन्त्रणका लागि जनशक्ति परिचालन र स्वास्थ्य सामाग्रीको उपलव्धतालाई ध्यान दिनु पर्ने आवश्यक्ता औल्याउन भयो । स्थानीय प्रशासन, स्थानीय सरकार र प्रदेशसरकारबीचको समन्वय र सहजीकरणमा पनि आफुले पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।
सांसद मो याकुव अन्सारीले कोरोना जात, धर्म र क्षेत्र हेरेर लाग्ने नभई लापरवाहीले लाग्ने हुनाले अनुशासित हुन आह्वान गर्दै सामाजिक सदभाव सुदृढीकरणमा जुट्न पनि सबैमा अपील गर्नु भयो । सम्वाद समूह बाँकेले यसअघि सरकारी निकाय, स्थानीय सरकार प्रमुख, राजनीतिक दल लगायत सरोकार पक्षसँग आवश्यक सम्वाद गरिसकेको छ ।


प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  १७:५८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैकुण्ठधाम सिधनियाघाटको प्रथम साधारणसभा सम्पन्न,  ९ सदस्यीय कार्यसमिति चयन
बैकुण्ठधाम सिधनियाघाटको प्रथम साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति चयन
विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य शिविर
विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य शिविर
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP