नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, जेठ १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कुवेतमा आममाफी पाएका ३५ सय नेपाली कामदार नेपाल फर्किने अनुमति कुर्दै
कुवेतमा आममाफी पाएका ३५ सय नेपाली कामदार नेपाल फर्किने अनुमति कुर्दै
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २२, २०७७ बागेश्वरी पोस्ट
कुवेतमा आममाफी पाएका ३५ सय नेपाली कामदार नेपाल फर्किने अनुमति कुर्दै

काठमाडौं । कुवेतमा अबैध काम गर्दै आइरहेका ३५ सय नेपाली कामदारलाई त्यहाँको सरकारले आममाफी दिएको छ। कुवेतमा झण्डै ३ हजार ५ सय नेपाली स्थानीय आश्रयस्थलमा अहिले सरकारबाट नेपाल फर्किने अनुमति कुरिरहेका छन् ।

उनीहरु आममाफी प्रक्रियामा सहभागी भएका अवैध हैसियतका कामदार हुन् । कुवेतले विना कैद तथा जरिवाना गैरकानूनी हैसियतका कामदारका लागि आममाफीका लागि आह्वान गरेपछि त्यस्ता कामदारहरु कुवेतको सरकारी आश्रयस्थलमा पुगेका छन् । अहिले नेपालमा अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइएको छ । विदेशबाट कोही पनि नेपाली स्वदेश आउन पाउँदैनन् ।

तर, कुवेत सरकारले उनीहरुलाई फर्काउने गरी दूतावासमार्फत नेपाल सरकारसँग पहल गरेको छ । नेपाल सरकारले क्वारेन्टाइन राख्ने प्रवन्ध गरेर नेपाल फर्किन अनुमति दिएपछि मात्रै उनीहरु आउन पाउने अवस्था छ । कुवेतको आममाफी प्रक्रियामा सहभागीहरु भएकाहरु घर फर्किन लगेज र आफ्नो बन्दोबबस्तीका समान र आवश्यक तयारीसहित त्यहाँको सार्वजनिक खेल मैदान, विद्यालय, क्याम्पस, सार्वजनिक सभाहल लगायतमा पुगेका त्यहाँको दूतावासले जनाएको छ ।

कुवेतले आश्रयस्थलमा खाना र बस्नको प्रवन्ध गरेपनि व्यवस्थित वातावरण छैन । त्यस्ता आश्रय केन्द्रहरुमा नेपालीसहित थुप्रै देशका नागरिकहरुलाई मिसाएर राखिएको छ । कुवेतले अप्रिल २६ देखि ३० सम्म अवैध नेपाली कामदारलाई घर फर्किने प्रक्रिया सहभागी हुन समय दिएको थियो । यही समयमा अवैध हैसियतमा रहेका कतिपय नेपाली तोकिएका केन्द्रहरुमा पुगेका थिए ।

नेपाली दूतावासका अनुसार ४ दिनका बीचमा करिब ३ हजार नेपालीले स्वदेश फर्किन ट्राभल डकुमेन्ट पाएका छन् । जो राहदानी नबोकी कुवेतमा बसेका थिए । कुवेतले अवैध कामदारलाई आफ्नै स्रोतबाट विमान चार्टर गरेर कामदार फर्काउने व्यवस्था गरेको छ । यसअनुसार यो प्रक्रिया सहभागी कामदारले निःशुल्क स्वदेश फर्किन पाउँछन् । यसरी फर्किने कामदारलाई पुनः कवेत फर्किन दिने निर्णय पनि त्यहाँको सरकारले गरेको छ ।

उनीहरुले कुवेतमा कुनै जरिवाना र कैद सजाय पनि भोग्नु पर्दैन । आश्रयस्थलमा रहेका नेपालीले जतिसक्दो छिटो नेपाल फर्काउने प्रवन्ध गर्न सरकारसँग आग्रह गरेका छन् । उनीहरुले आश्रय स्थलमा बस्न सकस हुने अवस्था रहेको भन्दै कुवेतबाट उद्दारको लागि हवाई मार्ग खोल्न माग गरेका हुन् ।

आश्रय स्थलमा रहेका कामदारलाई फिर्ता ल्याउन दिनेबारे छलफल थालिएको श्रम मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार कुवेतमा करिब ७ हजार यस्ता कामदार रहेको अनुमान गरिए पनि आधा संख्यामा मात्रै आममाफी प्रक्रियामा आएको बताए । ‘हामीले फिर्ता ल्याउने प्रवन्ध कसरी गर्ने भनेर छलफल थालेका छौं, कामदारलाई टिकट कुवेतले नै दिने भएकाले क्वारेन्टाइनको व्यवस्थानको मूल सवाल छ,’ ती अधिकारीले भने,’के गर्ने भनेर छलफलमै छौं ।’

नेपालले कोभिड १९ को संक्रमणको अवधिभरि उनीहरुलाई कुवेतमै क्वारेन्टाइनमा राख्न पनि त्यहाँको सरकारसँग पहल गरेको छ ।श्रोत :अनलाइनखबरबाट।


प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १२:२०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सशस्त्र प्रहरीलाई गोताखोर अनुशिक्षण तालिमः राप्ती नदीमा कृत्रिम घटना अभ्यास
सशस्त्र प्रहरीलाई गोताखोर अनुशिक्षण तालिमः राप्ती नदीमा कृत्रिम घटना अभ्यास
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP