नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भारतीय एसएसबीले नेपाली कुटपिट गरेपछी तनाब
भारतीय एसएसबीले नेपाली कुटपिट गरेपछी तनाब
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २३, २०७७ बागेश्वरी पोस्ट
भारतीय एसएसबीले नेपाली कुटपिट गरेपछी तनाब
फाइल फोटो

वीरगञ्ज । भारतीय एसएसबीले नेपाली कुटपिट गरेपछी तनाब उत्पन्न भएको छ।

बाराको बिश्रामपुर गाउँपालिका वडा नं ४ बलिरामपुरमा नेपाली र भारतीयबीच झडप भएको छ । बिहान भएको झडपमा केही नेपाली घाइते भएका छन् । झडपमा अशोक कुमार साह, कमलेश शर्मा, हिरालाल शर्मा, दीपक शर्मा, छोटेलाल साह, मदन साह लगायत घाइते छन् । अशोकको टाउकोमा चोट लागेको छ ।

अन्यको अवस्था सामान्य रहेको वडा अध्यक्ष मदन प्रसाद यादवले जानकारी दिए । ‘खेतमा काम गर्न गएका स्थानीयलाई एसएसबीले कुटपीट गरेपछि स्थिति बिग्रिएको हो। दुवैतिरबाट सर्वसाधारण झडपमा उत्रिएका थिए,’ उनले भने, ‘नेपाली सुरक्षाकर्मीको तुलनामा भारतीय सुरक्षाकर्मी बढी आएका थिए ।’

सीमा क्षेत्रमा स्थानीय छोटेलाल साहको १५ कठ्ठा खेत छ । पानी परिरहेकाले खेत जोत्नका लागि योग्य छ कि छैन भनी उनी हेर्न गएका थिए । खेतमै रहेको अवस्थामा भारतीय सशस्त्र सीमा बल ९एसएसबी०का जवानले कुटपीट गरेको उनी बताउँछन् । ‘खेतको बीच भागमा पुगेको थिएँ, एसएसबीले आएर घे¥यो, समातेर सीमामा हिँड् भन्दै थिए ।

दुईचार डण्डा पनि लगाइहाले,’ उनले भने । आफूलाई एसएसबीले ज्यादती गरेको भन्दै उनले गाउँलेसँग गुहार मागेका थिए । त्यसपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए । एसएसबीविरुद्ध नेपालीहरु जाइलागेपछि भारतीय पनि लाठी भाटा लिएर आएपछि स्थिति तनावपूर्ण बनेको थियो । पछि दुवै तर्फका सुरक्षाकर्मीले स्थानीयलाई सम्झाइबुझाइ गरेर स्थिति सामान्य पारेका थिए ।

बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले लकडाउनका कारण दुवैतर्फका मानिसहरु तनावमा रहेकोले सामान्य विवाद भएको बताए । ‘लकडाउन छ, मानिसहरु तनावमा छन्, सीमा क्षेत्रमा दुवै देशका नागरिकबीच सामान्य विवाद भएको हो,’ उनले भने, ‘अहिले स्थिति सामान्य भइसकेको छ ।’

लकडाउनलाई कडाइ गर्न बाराका सीमा क्षेत्रमा सशस्त्र प्रहरीको जनशक्ति थपेर परिचालन गरिएको छ ।अनलाइनखबरबाट।


प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  १४:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP